सप्तरी, ९ माघ । सप्तरी जिल्लाको बलान बिहुल गाँउपालिका वडा नं. २ बस्ने एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । सोही गाँउपालिका अध्यक्ष दायानन्द गोइतले दिएको जानकारी अनुहार आज विहानै वडा नं. २ दिधिया टोल बस्ने वेचन यादवको श्रीमति राधा देबि यादव तर देखि दक्षिण पट्टि खाली ठाँउमा रहेको रूखमा झुन्डिएर अवस्थामा बटुलाहरुले देखे पछि गाँउलेहरुले थाहा पाएका थिए । मृतक यादवको २ छोरा दिपेन्द्र यादब ,आकास यादब र १ छोरी काजल कुमारि यादब रहेकी छिन ।
९ माघ, काठमाडौं । अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि यो संकट अस्थायी रुपमा हटेको हो ।
अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् । यसअघि कर्मचारीहरुलाई केही दिन बेतलवी विदा दिइएको थियो ।
सिनेटमा सरकारी खर्चका लागि यस अस्थायी बिलको पक्षमा ८१ जनाले मत दिएका थिए । १८ जनाको मत भने विपक्षमा परेको थियो । यद्यपि यो अस्थायी सम्झौता साढे दुई हप्ताको लागि मात्र हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक मञ्जुरीपछि ८ फेब्रुअरीसम्म संघीय सरकारको कामकाज विना वित्तीय संकट अन्त्य हुन सक्नेछ । तर ८ फेब्रुअरीपछि के हुन्छ अझै स्पष्ट भइसकेको छैन ।
यद्यपि डेमोक्रेट सिनेटरहरु यस बिलमा आफ्नो आपत्तिबाट पछि हट्नका लागि तयार भएका छन् । र, बदलामा रिपब्लिकन सिनेटरले आप्रवासिहरुको मुद्दामा उनीहरुलाई भरोसा दिलाएका छन् ।
डेमोक्रेट सिनेटर चक शुमरले भनेका छन्, यदि रिपब्लिकन सिनेटर्सले युवा आप्रवासीहरुलाई मुलुक निर्वासित हुनबाट बचाउने कार्यक्रम ल्याउँछन् भने डेमोक्रेट्स यस बिलको समर्थन गर्नेछौं ।