Saturday, January 20, 2018
प्रदेश नम्बर २ को सांसदहरुको सपथ ग्रहणको तयारी पुरा, अबको केहि समय पछि सपथ ग्रहण सुरु हुने
जनकपुर, ७ माघ । प्रदेश नम्बर २ का प्रदेश सांसदहरुको सपथ ग्रहणको सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुर स्थिती जनकपुर उद्योग बाणिज्य संघको भवनमा सम्पूर्ण तयारी पुरा भएको छ । अब के केही समय पछि प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायास्थले प्रत्यक्ष निर्वाचित तथा समानुपातिक मनोनित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
सहारा टाइम्स पढेर किन रन्किनुभयो राजेन्द्र महतो ?
काठमाडौ माघ ६ गते । सहारा टाइम्सको समाचार पढेपछि राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो रन्किनु भएको छ ।
उहाँले समाचार पढेपछि मधेशी पत्रकारमाथि खिनिनु मात्र भएन मधेशी पत्रकारलाई कथाकथित मधेशी पत्रकार पनि भन्नुभयो ।
त्यति मात्र होइन, उहाँले मधेशी पत्रकारलाई दुई पैसे पत्रकार पनि भन्नुभयो ।
राजपा नेपालको पार्टी कार्यालय बबरमहलस्थित पार्टीका संयोजक महन्थ ठाकुरको कार्यकक्षमा उहाँले मधेशी पत्रकारप्रति यस्तो शब्द प्रयोग गर्दै भन्नुभयो, मधेशी पत्रकारहरु जहिले पनि मधेशी दलकै विरोधमै लेख्छन्, के मधेशी दलले सबै गल्ती नै गरेको छ त, सबै कुरा उसको निगेटिभ नै हो त ।’
सहारा टाइम्सलाई देखाउँदै उहाँले भन्नुभयो, यी हेर्नुस् त यसमा एउटा पनि समाचार मधेशको पक्षमा छैन । सबै निगेटिभ समाचार छन् । यो समाचार लेखेर कसलाई खुस पार्न खोजिएको हो, कसको गुलामी गरिरहेको छ, यसरी कहाँ हुन्छ, मधेशी दललाई गाली गरेर मधेशी पत्रकारले पत्रिकारिता गरिरहेका छन् ।’
त्यही कार्यकक्षमा उपस्थित गोरखापत्रका पत्रकार सुरेशकुमार यादवले राजेन्द्र महतोलाई भन्नुभयो, तपाई कसलाई दुई पैसाको पत्रकार भन्नुभयो, कसलाई कथाकथित मधेशी पत्रकार भन्नुभयो, तपाईलाई पनि कथाकथित मधेशी नेता भन्दियो भने के हुन्छ ।’
अनि अध्यक्ष महतोले भन्नुभयो, तपाई मात्र किन रन्किनु भयो तपाईलाई भनेको हुँ र, तपाई मात्र मधेशी पत्रकार हो र, म अरु अरुलाई भनेको छु, पाठकपत्र लेख्नेलाई भनेको छु ।
अनि पत्रकार यादवले भन्नुभयो, म यहाँ छु र म मधेशी पत्रकार भएको कारणले तपाईले मलाई नै भन्नुभएको छ, यदि तपाईले मलाई भन्नुभएको छैन भने अरुलाई पनि दुई पैसे, तथाकथित मधेशी पत्रकार किन भन्नुभयो तपाईले माफी माग्नुपर्छ ।’
अध्यक्ष महतोले राजपा नेपालमा प्रदेश सभा सदस्यमा दलित सदस्य बन्न नपाएकोमा पार्टी दोषी छैन, निर्वाचन आयोग दोषी रहेको पनि धारणा राख्नुभएको थियो । सहारा टाइम्स अनलाइनले दलित नेता बैठाले भन्नुभयो, ‘पार्टीले सम्पूर्ण मधेशी दलितलाई अपमान गरेको छ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
त्यसमा पनि उहाँको आपत्ति थियो । अर्को कुरा सहारा टाइम्सका पाठकपत्रमा सरोजकुमार यादवले कलैयाबाट लेख्नु भएको मधेशी दलको विरुद्धमा विद्रोह भनि शीर्षकमा पनि उहाँको आपत्ति थियो ।
सरोज यादवले मधेशवादी दलले एमालेसँग मिलेर सरकार बनायो भने मधेशी दलको विरुद्ध मधेशमा विद्रोह हुन्छ भनि लेख्नु भएको छ । त्यसमा महतोलाई जित्त बुझेको थिएन । गोरखापत्रका पत्रकार धिरेन्द्र साहले अब मधेशमा आन्दोलन होइन, विकास गरौं भनि शीर्षकका लेखमा पनि उहाँको चित्त बुझेको छैन ।
पाठकपत्र लेख्ने सरोजकुमार यादव को हुन् भनि उहाँले सोध खोज गर्नुभयो । गोरखापत्रका पत्रकार सीताराम अग्रहरीको ‘मैले मधेशवादी दलमा सामन्तवादी सोच पाएँ’ भनि शीर्षकको अन्तरवार्तामा पनि अध्यक्ष महतोको चित्त बुझेको थिएन ।
यी सब कारणले उहाँ मधेशी पत्रकार माथि विभिन्न लाछना लगाउनुभएको पत्रकार यादवको दावी छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका पत्रकार यादवले सहारा टाइम्ससँग भन्नुभयो, यदि कुनै समाचारमा चित्त बुझेको छैन भने त्यसको खण्डन गर्नुपर्छ या प्रेस काउन्सिलमा जानु पर्छ पत्रकारलाई बेइज्जत गर्न पाइदैन ।’
सहारा टाइम्स पत्रिका पत्रकार यादवका श्रीमती लाली यादवको नाममा दर्ता छ ।
पत्रकारप्रति अध्यक्ष महतोले गरेको टिप्पणी प्रति सहारा टाइम्सले घोर भत्र्सना पनि गरेको छ ।
सातै प्रदेशका सांसदको सपथ आज, यस्तो छ तयारी
७ माघ, काठमाडौं । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।
प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।
तर, यी प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने छ ।
सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।
गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए ।
सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
यसरी हुँदैछ सपथ कार्यक्रम
प्रदेश १ को सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुनेछ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलका अनुसार सोही स्थानमा नै प्रदेशसभाको पहिलो बैठक पनि बस्ने छ ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित झापाका ७४ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बाबाट सबैभन्दा पहिले सपथ लिनेछन् । त्यसपछि सरावगीले अन्य सांसदलाई सपथ गराउनेछन् ।
प्रदेश २ को सपथ ग्रहण समारोह जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा हुनेछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार बिहान पदभार सम्हाल्नेछन् र त्यसलगत्तै उनले प्रदेश सांसदलाई शपथ गराउने कार्यक्रम छ ।
प्रदेश ३ मा बिहान ११ बजेे सपथ ग्रहणको कार्यक्रम बनाइएको छ । मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेश सांसदहरुको सपथ र पहिलो बैठक बस्ने छ । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई पहिले सपथ खुवाउने र त्यसपछि पौडेलले अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
प्रदेश ४ को सपथ ग्रहण कार्यक्रम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा राखिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहणपछि सपथ ग्रहणको कार्यक्रम हुनेछ ।
प्रदेश ४ मा एमालेबाट नवलपरासीको बर्दघाट सुस्तापूर्व-२ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठ ज्येष्ठ सदस्य छन् । जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
प्रदेश ५ को सपथ ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले बिहान १० बजे प्रदेश प्रमुखको पदभार सम्हालेपछि सम्बन्धित प्रदेशका सांसदहरूलाई शपथ गराउने कार्यतालिका छ ।
प्रदेश ६ को सपथ ग्रहण समारोह बिहान ११ बजेपछि जिल्ला समन्वय समिति सुर्खेतको हलमा राखिएको छ । त्यसअघि बिहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नेछन् । उनले एमाले समानुपातिक सांसद हिमबहादुर शाहीलाई सपथ खुवाएपछि शाहीले अन्य सदस्यहरुलाई सपथ खुवाउने छन् ।
दैलेखको चामुण्डा विन्द्रासैनी घर भएका शाही कांग्रेसका समानुपातिक सांसद बनेका हुन् ।
प्रदेश ७ को सपथ ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बिहान ११ बजेपछि राखिएको छ । त्यसअघि प्रदेश प्रमुख मोहनराज मल्लले पदभार सम्हाल्ने छन् । मल्लले पदभार सम्हालेपछि कांग्रेस समानुपातिकबाट सांसद बनेकी ७४ वर्षीया दिव्यश्वरी शाहलाई सपथ खुवाउने छन् । त्यसपछि शाहले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ ।
प्रदेशको सपथमा ९ पूर्वप्रधानमन्त्रीको तस्वीर, सगरमाथादेखि भोजपुरे खुकुरीसम्म !

७ माघ, बिराटनगर । प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर सजाइएको छ । साथै सपथ ग्रहण समारोहस्थलमा प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको छ ।
सपथ ग्रहणका तयार पारिएको मञ्चमा शाहीकालीन पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको समेत तस्वीर राखिएको छ । ‘१ नम्बर प्रदेशका विशिष्ट व्यक्तित्वहरु’ देखिएको तुलमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालादेखि केपी ओलीसम्मको तस्वीर समेटिएको छ ।
तस्वीरमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला, वीपी कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीलाई समेटिएको छ । त्यसको छेउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको छ ।
सपथ ग्रहणस्थलमा प्रदेश ९ का पर्यर्टकीय एवं पहिचान झल्काउने ठाउँमा तस्वीरसमेत राखिएका छन् । सगरमाथादेखि अन्य हिमालहरु र भोजपुरे खुकुरी एवं बराहक्षेत्रका तस्वीरहरुले सपथ ग्रहणस्थल झकिझकाऊ पारिएको छ ।