Thursday, January 11, 2018

मन्त्रीपरिषद्को बैठक सुरु, प्रदेश प्रमुख तोक्ने तयारी

काठमाडौँ – प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।  
बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले बताए। 
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै नै प्रदेश प्रमुख तोक्ने तयारी रहेको बताएका थिए। 
प्रधानमन्त्री देउवाले  बिहीबार बस्नुपर्ने बैठक सार्वजनिक बिदा परेकाले शुक्रबारलार्इ डाकेका  थिए । 

प्रथम मिस गोरखाको उपाधि शाहलाई


८ पुस, गोरखा । प्रथम मिस गोरखाको उपाधि इशा शाहले जितेकी छन् ।
१९ जना प्रतिष्पर्धीलाई पछि पार्दै शाहले उपाधि हात पारेकी हुन् ।

गोरखा नगरपालिका स्वाँराकी २१ वर्षीया शाहलाइ सौन्दर्य कला व्यवसायी संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले मिस गोरखाको ताज पहिर्याइन् ।
शाहले एक लाख बरावरको पुरस्कारसँगै विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् । त्यस्तै एयर होस्टेज पढ्नका लागि छात्रवृत्ति पनि प्रदान गरिएको मिस गोरखाको आयोजक तथा सौन्दर्य कला व्यवसायी संघ गोरखाकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगीताको फष्ट रनर अप गोरखा नगरपालिका–६ ठूलो आगँनकी २१ वर्षीया प्रकृति श्रेष्ठ भएकी छिन् । श्रेष्ठले क्राउनको साथमा ३० हजार बराबरको पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगीताको सेकेण्ड रनर अप गोरखा नगरपालिका–६ बसपार्ककी २० वर्षीया विष्णुकुमारी घले भएकी छन् भने थर्ड रनर अपको उपाधि गोरखा नगरपालिका–६ चाइनिज धाराकी १७ वर्षीया सिर्जना मगरको पोल्टामा परेको छ ।
उनीहरुले क्रमशः २० हजार र दश हजार बरावरको पुरस्कार प्राप्त गरेका छन् ।
सौन्दर्य कला व्यवसायी संघ गोरखाको सक्रियतामा गोरखामा पहिलोपटक मिस गोरखा प्रतियोगिता भएको हो ।

जापानी पहरोमा बुद्धमूर्ति खोप्दै नेपालका नयाँ अरनिको !

चार नेपाली युवा, जसले पाँच वर्ष जापानी भित्तो फोर्नेछन्



२८ पुस, इटहरी । जापानको कामिआमाकुसा सहरको एउटा विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछ । विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु अहोरात्र खटिरहेका छन् ।
मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मितेरीसँगै काम गर्छन् मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा ।
लाग्छ, यिनीहरु आधुनिक ‘अरनिको’हरु हुन्, जसले विदेशमा गएर ललितकलामा देशको ख्याती कमाउँदैछन् ।
कामिआमाकुसा सहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खट्छन् नेपाली मूर्तिकारहरु ।
सन् २०१६ को सेप्टेम्बरबाट सुरु गरिएको बिशाल मूर्ति निर्माण अभियान ५ बर्षमा सक्ने भनिए पनि समय लम्बिने सम्भावना पनि रहेको मितेरी बताउँछन् ।
पाँच बर्षभित्र ६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति बनाइसक्नु छ,’ जापानबाट अनलाइखबरसँग कुरा गर्दै मितेरीले भने, ‘यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाएर विश्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ ।’
जापानमा बुद्धमूर्ति निर्माणको साइत जुराउने त्यो पल
जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने । जुन, परिकल्पना साकार पार्ने अवसर पाएका मितेरीलाई भने जापानको इन्टरनेसनल कन्टि्रब्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन् ।
सिजुकीको बुद्ध मूर्ति परियोजना सुनेपछि लामिछानेले मञ्जुल मितेरीको नाम सिफारिस गरेका थिए । अन्ततः मितेरीका आकर्षक मूर्तिहरु हेरेर ओसिमा सेकिबुतुयामा भन्ने कम्पनीले स्वीकार गर्‍यो । जहाँ म्यानेजरकै भूमिकामा छन् दिलिप लामिछाने, जसले मितेरी र सिजुकीको विद्यार्थी हुँदै लिंक गरिदिएका थिए ।
‘नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण’

आफूले काम गरेबापत पाउने रकमभन्दा पनि देशको प्रतिनिधित्व ठूलो भएको मितेरीको भनाइ छ । ‘यहाँ हामीले पाएको पारिश्रमिकले त्यति अर्थ राख्दैन, जति अर्थ यहाँ बुद्धका देशका मूर्तिकारहरुले छाडी गएको विशाल बुद्ध मूर्तिले राख्नेछ’, मितेरी भन्छन्, ‘अझ विश्व सम्पदामा सुचीकृत भएपछि त हाम्रोभन्दा हाम्रो देशको शान बढ्नेछ । बुद्धको जुन्मभूमि नेपाल भन्ने प्रमाण हुनेछ ।’
नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण आफूले बनाइरहेको मूर्ति भएको मूर्तिकार मितेरी बताँउछन् ।
‘अहिले मूर्ति निर्माणका दौरानमै पनि धेरै जापानीहरुले बुद्ध नेपालमा जन्मेका भन्ने थाहा पाइसकेका छन्’, अनलाइनखबरसँग कुरा गर्दै मूर्तिकार मितेरी भन्छन, ‘अझ विश्व सम्पदा सूचिमै सूचीकृत भएपछि त झनै विश्वभरबाट यो क्षेत्रमा घुम्न आउने पर्यटकहरुले थाहा पाउँनेछन ।’
नेपालका पाखा भित्तामा मूर्ति उभ्याउन सकिन्छ
मितेरीसहितका ४ नेपाली मूर्तिकारहरुले जापानमा बुद्धको मूर्ति निर्माणको ३५ प्रतिशत काम सकेका छन् । सन् २०२३ भित्र सबै काम सकेर नेपाल फिर्ने योजना छ उनीहरुको ।
तर, नेपालीले जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्तावसमेत ल्याएको नेपाली मूर्तिकारहरु बताउँछन् ।
‘हामी हाम्रो यो परियोजना सकेर नेपाल र्फकने सोचमै छौँ’, मितेरी भन्छन, ‘तर हामीलाई यहीँ नै अन्य मूर्तिहरु बनाउनुपर्छ भन्ने प्रस्ताव आएका छन् ।’
नेपालमा आएर नै थप मूर्तिकर्म गर्ने बताएका मितेरी नेपालमा आफूले प्रतिवद्धता जनाएको देशलाई हजार मूर्ति उपहार दिने अभियान जारी राख्ने बताउँछन् ।
विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाइसक्ने र राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् ।
हजार मूर्ति राज्यलाई हस्तान्तरण गर्ने आफ्नो अभियानसँगै जापानी अनुभवबाट नेपालका भित्ताभित्तामा मूर्ति बनाउन सकिने पनि मितेरी समूहको तर्क छ ।
‘आज एक सामान्य पहरोमा जापानका एक व्यापारीको खर्चले बुद्ध मूर्ति बन्दैछ । भोलि यहाँको पर्यटन र विश्वसम्पदा सूचिमा परेपछि यहाँको लागत शुल्क उठीहाल्छ’, मितेरी भन्छन, ‘नेपालमा पनि नेपालसँग जोडिएका भगवानहरुका मूर्तिहरु नेपालका पहरामा बनाएर मूर्ति पर्यटन बढाउन सकिन्छ ।’
बुद्ध, बुढासुब्बा वा फाल्गुनन्द आदि नेपाली माटोसँग जोडिएका आध्यात्मिक तथा धार्मिक धरोहरहरुको मुर्ति बनाएर पर्यटन र ललितकलासँगै अगाडि बढ्ने मितेरीको भनाइ छ ।
तर, यो सबै काम गर्न कुनै व्यक्ति नभएर राज्य नै लाग्नुपर्छ । नेपालका ललितकला प्रतिस्ठान, पर्यटन बोर्डलगायतको पहलमा यस्तो काम गर्न सकिने मितेरीको सुझाव छ ।
‘नेपालका भित्ताभित्ताका पहरामा आकर्षक र विशाल मूर्ति बनाएको खण्डमा नेपाली पर्यटनमा अथाह कमाइ बढ्छ । साथै नेपाली ललितकलाको पनि उचाइ बढ्छ’, मितेरी भन्छन्, ‘यो सबै गर्न अब बन्ने प्रदेश वा संघीय सरकारले पनि पहल र नेतृत्व गर्न सक्छ ।’

राजपा भित्र यस कारण फेरि बबण्डर सुरु भयोः विवादको मुख्य जड यस्तो छ ?



काठमाडौं, २८ पुस ।निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायबाट क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्च्याउन निर्देशन दिनुपर्ने थियो । त्यस्तो केही नगरी आयोगले सबै सूची मधेसी कोटालाई स्वीकार गरेको थियो ।
राजपाले प्रदेश २ मा १० सिटमा सात महिला र तीनजना पुरुषलाई मधेसी कोटाभित्रका पनि दलित, मुस्लिम, थारू र मधेसीको क्लस्टर मिलाएर नाम पठाएको थियो । तर, आयोगले सूचीमा मधेसी मात्रै भएको भन्दै १० सिटमा सातजना महिला र तीनजना पुरुषलाई क्रमसंख्याअनुसार पठाउन पत्र पठाएको छ ।
तर, राजपाभित्र अहिले आयोगको पत्रअनुसार गर्ने कि नगर्ने भन्नेमा विवाद छ । मधेसका दलित, मुस्लिम र थारू आयोगको पत्र स्वीकार गर्न नहुने बताइरहेका छन् भने केही मधेसी नेता भने आयोगको पत्रअनुसार नामावली पठाउनुपर्ने तर्क गरिरहेका छन् ।
तर, राजपाभित्र अहिलेसम्म समानुपातिकको नाम टुंगो लगाएर आयोगमा बुझाउनेबारे निर्णय हुन नसकेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार आयोगको गलत कदमविरुद्ध अदालत जाने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।
त्यसैगरी, प्रदेश नम्बर ५ को बन्दसूचीमा पनि थारू र खर्सआयलाई मधेसी लेखिएको छ । समानुपातिकमा पाएको एक सिटमा खसआर्य महिला पठाउनुपर्ने हुन्थ्यो । तर, राजपाले मुस्लिम पुरुष मोहम्मद कादिर शेख पठाएको छ । सूचीअनुसार विना पन्तको नाम पठाउनुपर्ने थियो ।
त्यस्तै, प्रदेश नम्बर ७ पुरुषलाई महिला भनिएको छ । समानुपातिक बन्दसूचीमा अम्वादत्त तिवारी पुरुष हुन् तर थारू महिलामा नाम लेखिएको छ र कृष्णकुमारी राना महिला हुनुपर्नेमा पुरुषमा सूचीकृत गरिएको छ । राजपाले उक्त प्रदेशमा पाएको एक सिटमा सुनीता चौधरीको नाम पठाएको थियो । तर, आयोगले उनको सट्टा क्रमसंख्याको सुरुमा रहेकी मालामाति राना पठाउन भनेको छ ।
राजपाले आयोगसँग छलफल गर्ने
राजपा अध्यक्षमण्डलले आयोगसँग छलफल गर्न लागेको छ । राजपाका नेताहरूले दिएको जानकारीअनुसार शुुक्रबार महन्थ ठाकुरसहितको टोली आयुक्तहरूसँग छलफलका लागि जान लागेको छ । ठाकुरसहितको एक पक्ष प्रदेश २ का १० वटा सिट आयोगले दिएको निर्देशनअनुसार बन्दसूचीको क्रमसंख्याअनुसार नै पठाउने मनस्थितिमा छ ।

३ थप सहित जाडोले सप्तरीमा मर्नेको संख्या २३ पुग्यो


राजविराज, २७ पुस (रासस) ः अत्यधिक चिसोका कारण सप्तरीमा आज साँझ तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
Powered by Blogger.