Wednesday, January 10, 2018

चिसोका कारण सिरहामा थप एकको मृत्यु

लहान ।  पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । 
अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो । 
यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर निवासी ४१ बर्षीय माकोदेवी पासवान र कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे । 
चिसोका कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । 
यसअघि, गत आइतबार सिरहाको गोलबजार नगारपालिका–४ निवासी शम्भु साहका छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२, लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । 
अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् । 

आरक्षणकोटामा षडयन्त्र गरेको भन्दै आइओएम मा मधेशी विद्यार्थीहरुद्धारा तालाबन्दी

काठमाडौं, २७ पुस । मधेशी दल सर्मथित विद्यार्थीहरुले चिकित्सा विज्ञान संस्थान, महाराजगंजमा तालाबन्दी गरेका छन् । आरक्षण कोटामा षडयन्त्र गरेर हटाउन खोजेको भन्दै मधेशी दल सर्मथित विद्यार्थीहरुले आज विहानै तालाबन्दी गरेका छन् । मधेशी विद्यार्थी नेता मनिष मिश्रले मधेशीको लागि छुट्याइएको कोटा विभिन्न प्रपन्च र षडयन्त्र गरी हटाउन खोजेको भन्दै माग पुरा नहुँदा सम्म तालाबन्दी जारी रहने बताएका छन् ।



तिलाठी कोइलाडी गाँउपालिका वडा नं. १ खुला दिशामुक्त क्षेत्र घोषणा

राजविराज, २७ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्र्तगत वडा नं. १ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवको प्रमुख आतिथ्य र सोही गाँउ पालिकाका अध्यक्ष सतिश सिंहको विशेष आतिथ्यमा वडा नं. १ लाई खुल्ला दिशामुक्त क्षेत्र सँगै पूर्ण खोप क्षेत्रमुक्त घोषणा गरिएको हो ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञान बहादुर वस्नेत तथा जिल्ला खानेपानी तथा सरसफाई प्रमुख लोकेन्द्र यादव समेतको उपस्थिती रहेको थियो ।

‘सहमतिबिना प्रदेश राजधानी तोकिदैन् ’


जनकपुरधाम  । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विष झन पेचिलो बन्दै गएको छ । प्रदेश राजधानीका लागि विभिन्न जिल्ला सदरमुकामहरुमा आन्दोलन हुन थालेपछि सरकार  प्रदेशको अस्थायी राजधानी तोक्नबाट पछि हटेकोछ  ।
प्रदेश प्रमुखको नियुक्तीमा वाम–गठबन्धनले सरकारलाई देखाएको घुर्की अब प्रदेशको अस्थायी राजधानी नियुक्तीमा सरकारले वाम–गठबन्धनलाई घुर्की देखाउन थालेको छ ।सरकार प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले प्रदेशको मुकाम तोक्ने विषयमा सरकार पछाडि हटेको स्वीकारेका छन् ।
विराटनगरमा मंगलवार आयोजित एउटा कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘सरकारले प्रदेश प्रमुखको नियुक्ती गर्ने भएपनि अस्थायी राजधानी तोक्ने पक्षमा छैन् ।’
‘दलिय सहमति विना प्रदेशको राजधानी तोकिदैन्’ उनले भने, ‘प्रदेशको अस्थायी राजधानी तोक्न वाम गठवन्धनले सहमति दिएको छैन् ।वाम–गठबन्धनको सहमति विना सरकारले अस्थायी राजधानी नतोक्ने जनाउँदै उनले वाम–गठबन्धनकै कारण सरकार अस्थायी राजाधानी तोक्नबाट पछि हटेको छ ।
‘दलीय सहमतिमा प्रदेशको अस्थायी मुकाम  तोक्न सरकार तयार छ’ मन्त्री बस्नेतले भेन, ‘अस्थायी मुकाम तोक्न वाम–गठबन्धनको सहमति अनिवार्य छ ।’
प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा अन्यौल बढ्दै गए समस्या थप जटिल बन्दै जाने उनले जनाए ।सरकारल अस्थायी मुकाम  नतोके प्रदेश सभालाई तोक्न झन कठिन हुने उनले बताउँदै भने, ‘प्रदेश प्रमुखले प्रदेशसभा सदस्यहरुको सपथग्रहण राजधानीमा नै गराउन सक्छन् ।
‘प्रदेश मुकाम तोक्ने काम तत्काल समाधान हुन जरुरी छ’ मन्त्री बस्नेतले भने, ‘ तत्काललै समाधान नखोजिए यो विषय अझ पेचिलो बन्दै जाने छ । ’ यसलार्ई दलीय सहमतिबाट चाडो भन्दा चाडो टुङ्ग्याउनु आवश्यक रहेको उनले औल्याए ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी मानिने काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँडले प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको बताए । तर अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधानसम्मत हुने उनले बताए ।
तर काँग्रसमा पनि एकथरी नेताले प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकाम तोक्ने दायित्वबाट सरकार पछि हटन् नहुने सुझाव दिदै आएका छन् ।सरकार अस्थायी राजधानी तोक्ने आन्तरिक तयारी गरिसकेको जनाउँदै काँग्रेस निकट उच्च स्रोतले भने,‘वाम–गठबन्धनले सहमति दिए सरकारले दुवै काम एकसाथ नै गर्नेछ । तर वाम–गठबन्धनको सहमतिकै लागि सरकारले प्रदेश प्रमुखको नियुक्तीमा पनि ढिला गरेको उनले बताए ।
प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्या देवी भण्डारीले सोमवारको भेंटमा प्रदेश प्रमु्ख र प्रदेश सभाका अस्थायी राजधानी तोक्न सुझाव दिएकी  थिईन् । तर प्रधानमन्त्री देउवा वाम–गठबन्धनलाई सहमतिको घुर्की देखाईरहेका छन् ।
प्रदेश सभाको चुनाव सम्पन्न भएपछि सरकारले प्रदेशको राजधानी र प्रदेश प्रमुखको नियुक्ती गर्ने तयारी गरेपछि एमाले अध्यक्ष के पी ओलीले देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथग्रहण नगर्ने धम्की दिएपछि सरकार निर्णय लिएनन् ।
वाम–गठबन्धनले सर्वदलिय बैठकमा प्रदेशको अस्थायी मुकाम र प्रमुख नियुक्तीमा सहमति नदिएपछि सरकार अहिले वाम–गठबन्धनकै निर्णयलाई ‘पर्ख र हेर’को रणनीति लिएको छ ।

डा. केसी तारेखमा रिहा


काठमाडौं- न्यायालयको अपहेलना मुद्दामा गिरफ्तार गरिएका डा. गोविन्द केसीलाई बुधबार तारेखमा रिहा गरिएको छ । सर्वोच्च अदालतको न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको आदेशमा केसी सामान्य तारेखमा रिहा भएका हुन् ।  
इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका नागरिकता प्रमाणपत्रका प्रतिलिपि, उनको उमेरका विषयमा न्यायपरिषद्बाट भएका निर्णय र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि झिकाउन पनि आदेश दिएको छ ।
 
सर्वोच्च अदालतको इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र माग्यो  
यसैगरी इजलासले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशि शर्माको मुद्दामा भएको फैसलासहितको मिसिलसमेत झिकाउने आदेश दिएको छ ।
सर्वोच्च अदालतले नै अपहेलना मुद्दामा पक्राउ गर्न आदेश दिएका प्रतिवादी डा. केसीले उठाएका विषयमा आधारित भएर प्रधानन्यायाधीशको नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि झिकाएको सम्भवतः यो पहिलो पटक हो ।
डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश पराजुलीको राजीनामालगायत माग राखेर अनशन थालेका थिए । उनले पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा प्रधानन्यायाधीश पराजुलीमाथि विभिन्न आरोप लगाउँदै छानबिन र राजीनामा मागिएको थियो । सोही विज्ञप्तिलाई आधार मान्दै सोही दिन सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतप्रति अपहेलना गरेको र न्यायाधीशहरूमाथि अपमानजनक शब्द बोलेको भन्दै केसीविरुद्ध निवेदन दर्ता गरेका थिए ।
सोमबारै न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा आदेश दिएको थियो । प्रहरीले सोमबार राति नै केसीलाई गिरफ्तार गरी हिरासतमा लिएको थियो । आदेशअनुसार प्रहरीले मंगलबार बिहान केसीलाई सर्वोच्च अदालतमा पेस गरेको थियो । केसीले मंगलबार आफ्नो बयान दिएका थिए । मुद्दामा बुधबार बहस भएको थियो ।
‘अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरूलाई सम्मान गर्छु । अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना गरी अदालत र समाजलाई घच्घच्याएको मात्रै हुँ भनी बयान गर्नुभएको देखिन्छ’, संयुक्त इजलासको आदेशमा भनिएको छ, ‘स्वास्थ्यको ख्याल गर्दै डाक्टर केसीलाई मुलुकी ऐन ४७ बमोजिम तारेखमा राखी निजका तर्फबाट बहसमा उपस्थित वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नू ।’
‘प्रधानन्यायाधीश पराजुलीको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरूसमेत झिकाउनू’, इजलासले भनेको छ, ‘निवेदक प्राडा शशि शर्माको विपक्षी त्रिवि कुलपति भएको मुद्दामा पुस २३ को फैसलासहितको मिसिल झिकाई साथै राख्नू ।’
इजलासले डा. केसीलाई फागुन ८ मा अदालतमा उपस्थित हुन भनेको छ । अदालतको आदेशपछि प्रहरी हिरासतबाट रिहा भएका डा. केसीलाई बुधबार साँझ त्रिवि टिचिङ अस्पताल, महाराजगञ्ज लगिएको छ । केसीले अस्पतालमै अनशन जारी राखेका छन् ।
 
के–के भयो इजलासमा
मंगलबारजस्तै बुधबार पनि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । डा. गोविन्द केसीलाई १० बजे सर्वोच्च अदालतमा पु¥याइएको थियो ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा दिनभर डा. केसीविरुद्धको मुद्दाको पक्षविपक्षमा दिनभर बहस भयो ।
सर्वोच्च अदालततर्फ (प्रतिवेदक) बाट बोल्ने वकिलले डा. केसीले अदालतका प्रमुख व्यक्तिविरुद्ध बोलेकाले अपहेलना भएको जिकिर गरेका थिए । उनीहरूले अदालत भनेको न्यायाधीश हो, न्यायाधीशविरुद्ध बोल्नु अपहेलना भएको र डा. केसीलाई सजाय हुनुपर्ने माग राखेका थिए ।
प्रतिवेदकतर्फबाट वरिष्ठ अधिवक्ताहरू श्याम खरेल, प्रकाश केसी, रमनकुमार श्रेष्ठ, कुमार रेग्मी, अधिवक्ताहरू माधव बस्नेत, ज्ञानेन्द्रराज आरणलगायतले बहस गरेका थिए । उनीहरुले प्रधानन्यायाधीशविरुद्ध बोल्नु अदालतको अपहेलना भएको बताए । मुद्दाको पक्षबाट बहस गर्दै कानुन व्यवसायीहरुले मुद्दा हार्ने सबै पक्षले अनशन बस्न थालेपछि के हुन्छ भन्ने प्रश्न पनि उठाएका थिए ।
विपक्षी डा. केसीतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, श्रीहरि अर्याल, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, एकराज भण्डारी, गोपाल शिवाकोटी, अधिवक्ता ओमप्रकाश अर्यालय, कपिलदेव ढकाल, लेखनाथ भट्टराई, यज्ञमणि न्यौपाने, समीक्षा बाँस्कोटालगायतले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्रले कानुनमा टेकेर पक्राउ पुर्जी जारी नभएकाले गिरफ्तार डा. केसीलाई रिहा गर्नुपर्ने बताए । संविधान अनुसार केसीले अदालतको कुनै पनि अपहेलना नगरेको जिकिर उनको थियो ।  मुद्दा विपक्षका कानुन व्यवसायीले सर्वोच्च अदालतले हतास मानसिकतामा डा. केसीविरुद्ध हतारमा मुद्दा दर्ता र पक्राउ आदेश दिएर संविधान र कानुनविपरीत काम गरेको जिकिर पनि गरेका थिए ।
बहस क्रममा सुरेन्द्रले प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग पनि गरेका थिए । डा. केसीलाई अपहेलनाको मुद्दामा जेल पठाउँदा अदालतको गरिमा नबढ्ने जिकिर उनले गरेका थिए ।
प्रधानन्यायाधीशले आवेशमा आएर डा. केसीलाई पक्राउ गर्न लगाएको भनाइ पनि कानुन व्यवसायीले राखेका थिए । संसद्  नभएको अवस्थामा सार्वजनिक महŒव र चासोको विषयलाई डा. केसीले सत्याग्रहमार्फत उठाएकाले उनको पक्षमा सामान्य नागरिक रहेको ती कानुन व्यवसायीले बताएका थिए ।  
 
सजाय दिए भोग्न तयार : डा. केसी
सर्वोच्च अदालतमा डा. गोविन्द केसीले आफू जुनसुकै सजाय भए पनि भोग्न तयार रहेको बताए । उनले इजलासमा आफूले न्यायालयको मानमर्दन होइन यसलाई सुधारको बाटोमा लैजान चाहेको पनि बताए ।  
डा. केसीको विपक्षमा बहस गर्ने कानुन व्यवासायीले सरकारी कर्मचारी (केसी) ले बिदा नलिई अनसन बस्ने गरेको टिप्पणी गरेका थिए । त्यसको जबाफमा डा. केसीले आफूले बिदा लिएर अनशन बसेको इजलासमा बताएका थिए । ‘टिचिङ अस्पतालबाट तपाइएंले प्रमाण झिकाएर हेर्न सक्नुहुन्छ । मैले बिदा लिएको छु ।’
डा. केसीले भने, ‘म रैती हुँ कि सार्वभौम नागरिक हुँ । अदालतले बोलाएपछि म आउँथे । म सोमबार ४ बजेदेखि अनशन बसें, बेलुकी ८ बजे प्रहरी पुगे । मलाई अदालतको आदेशपत्र दिइएन ।’
केसीले आफूले प्रमाणका आधारमा प्रधानन्यायाधीशमाथि  आरोप लगाएको बताए । उनले इजलासमा भने, ‘अदालतलाई सम्मान गर्छु । तर, न्याय बिक्री गर्ने चाहे न्यायाधीश होस् वा अरु म त्यसविरुद्ध बोल्छु । अदालतबाट जे सजाय हुन्छ भोग्न तयार छु ।’

५१ वर्षमै मृत्युवरण गरेका पृथ्वीनारायणका भित्री कुरा

'खान, खस, बाहुन, मगर, गुरुङ र ठकुरी बलिया सिपाही'



पृथ्वीनारायण शाहले पूर्वको टिष्टासम्म आधुनिक नेपालको साँध तयार पारिसकेका थिए । पश्चिममा बाँकी थियो । बाइसे, चौबीसे राज्यहरु भित्र पनि सामन्त, दान र बकस दिएका राज्यहरु थिए । आधुनिक नेपालको सरहद बाहिर ठूला साम्राज्यहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । डचहरु आइरहेका थिए । र स्पेनिस, डच र फ्रेन्चहरुबीच लडाईं चलिरहेको थियो ।
यस क्षेत्रमा सबैभन्दा शक्तिशाली मुगलहरु थिए, त्यसबेला । उनीहरुलाई परास्त गर्दै नाविक शक्तिले जित्दै थियो । नाविक शक्ति भनेको युरोपली मुलुक थिए ।
नेपालमा मुगल अथवा टर्किसहरुले गर्ने जस्तो शक्तिको अभ्यास खसहरुले थालेका थिए । तिनै खसहरुका उत्तराधिकारीका रुपमा पृथ्वीनारायण शाह उदाए । त्यतिबेला अहिलेको भारतमा ६ सयभन्दा बढी ‘पि्रन्स्ली स्टेट’हरु थिए । कुनै कसैको मातहतमा थिए, कुनै स्वतन्त्र ।
नाविक शक्तिले तिनीहरुलाई आपसमा जुधायो र कब्जामा लियो । र, शक्ति केन्दि्रकृत गर्‍यो ।
त्यस्तो अवस्थामा यहाँका मान्छेको विचार जित्नु थियो, पृथ्वीनारायण शाहलाई । र, त्यो लडाइँबाट मात्र सम्भव थिएन । लडाईंको पनि सामरिक व्यवस्थापन र मानिसको मनोविज्ञान जित्नु थियो । मानिसको मनोविज्ञान जित्नमा पृथ्वीनारायण शाहको मुख्य योगदान रह्यो ।
त्यसलाई अहिले अपव्याख्या गरिएको छ । र, विदेशी लेखकहरुले बढी अपव्याख्या गरेका छन् । हाम्रो आन्तरिक अपव्याख्याको त खेती नै छन् ।
खासगरी, पहाडी क्षेत्रमा बढी असुरक्षा थियो, त्यतिबेला । आन्तरिक शक्ति केन्दि्रकृत नहुँदाको असुरक्षा पहिलो थियो । बलियो अस्तित्व निर्माण नहुँदाको अर्को असुरक्षा थियो । र, त्यसैमा खेलेर बाह्य आक्रमणको सम्भावना थियो ।
भक्तपुरले कान्तिपुरलाई कतिबेला आक्रमण गर्ने हो, पाटनले कोसँग मिलेर कसलाई खत्तम पार्ने हो भन्ने त्रासको भावना थियो । चौदण्डी, विजयपुर, तनहुँ, लमजुङ, गोरखा, पर्वत, जुम्लालगायत सबै राज्यबीच हानाहानको अवस्था थियो ।
मध्य बर्खामा खेती लगाइरहेका बेला कुनै राज्यले आक्रमण गरेर सखाप बनाइदिन्छ । कहिले बाली उठाउने बेलामा डढेलो लगाएर खत्तम पारिदिने ।
त्यही भएर शक्ति केन्दि्रकृत हुनु आवश्यक देखे, पृथ्वीनारायण शाहले । भारतका सबै राज्यहरु अंग्रेजले धमाधम निल्दै गरेको अवस्थामा उनी उदाएका थिए ।
पृथ्वीनारायण शाहको नीति नै थियो, स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने । त्यसका लागि जोगीहरुको मण्डलीलाई आफ्नो हातमा लिए । अनि, गोरखाली राजाले चलाएको अभियानका रुपमा गाउँ-गाउँमा प्रचार गराए ।
गन्धर्वहरुलाई पनि प्रयोग गरे, त्यसक्रममा । जोगी र गन्धर्वले गाउँ-गाउँ पुगेर गोरखाको गीत गाए । अब गोरखा जागेको छ, राजाको शक्ति जागेको छ, गोरखनाथले आशिर्वाद दिनु भएको छ इत्यादि ।
र, धर्म र सामरिक रक्षाको युग आउँदै गरेको आभाष दिलाए, जन-जनमा । भुरेभारे राज्यहरु नटिक्ने सन्देश दिए । र, एउटै गोरखा राज्य निर्माण हुने विश्वास दिलाए ।
त्यतिबेलाका सञ्चारमाध्यम बने, जोगी र गन्धर्वहरु । र, धर्म, संस्कृति, आदर्श र पारस्परिक सुरक्षाको मनोबल खडा गरे ।
‘जाई कटक नगर्नु, झिकी कटक गर्नु’ यसो भनेर कूटनीतिक चातुर्यको माध्यमबाट सकेसम्म राज्यहरुलाई आफूमा गाभ्ने र नगाभिने या आक्रमण गर्न तम्सिनेलाई सैन्य प्रयोगद्वारा आफूमा मिलाउने नीति लिए ।
जब अरुण पारि तर्नुपर्‍याे, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे
उनले भनेका छन्, ‘मैले जयप्रकाशको स्थिति सुधार हेरेँ । राम शाह, महेन्द्र मल्लको हेरे, पढेँ । म पनि केही गरी जाँला भन्ने थियो । तर, मलाई रोग लाग्यो ।’
५१ वर्षको उमेरमा लडाईं लड्दा लड्दै उनको निधन भयो ।
राज्यहरु माथि विजय पाउन दुईथरि नीति अपनाए । एउटा, पहिले आह्वान गर्ने र नमानेमा आक्रमण गर्ने ।
युद्धका क्रममा भोगेका अनुभवहरु जोड्दै निर्देशिका बनाउन थाले । दिव्योपदेश त्यस्तै दस्तावेज हो । ‘सबैलाई चेतना भया’ वाक्यांशको उल्टो अर्थ लगाइयो अहिले । सबैले यो कुरा बुझेदेखि राज्य बलियो हुने उनको आशय थियो । ‘भया’ अर्थ भएदेखि हो, आदेशात्मक शब्द होइन ।
उनले नेपाललाई चार वर्ण, ३६ जातको फूलबारी भनेका छन् । अर्थात्, सबै जातजाति र वर्णको साझा हो भनेका छन् । साझा संस्कृतिमा जोड दिएका छन् । सबैलाई चेतना भएदेखि सबैको फूलबारी हो भनेका छन् ।
उनले आ-आफ्नो कुलधर्म नछाड्नु भनेका छन् । विगतदेखि जसले जस्तो परम्परा मान्दै आएको छ, त्यसलाई निरन्तरता दिनु भनेको हो त्यो । र, अंग्रेजलाई पस्न नदिनु भनेका छन् । विदेशी साहु, महाजन पसे भने देशलाई कंगाल पार्ने बताएका छन् ।
एकीकरणपछि पनि आफू मुल राजा हुने र अरु राज्यको अस्तित्व स्वीकार्ने बताएका छन् । र, अधिनमा आएका राज्यहरुको जस्ताको तस्तै रक्षा हुने बताएका छन् । उनीहरुका थिति स्वीकारेका छन् ।
जब मगरात क्षेत्रमा शक्ति केन्दि्रत गर्न थाले, मगरहरुको राजा आफू नै भएको बताए । नेपाललाई असली हिन्दुस्थान र प्रकृतिले बनाएको किल्लाका रुपमा व्याख्या गरे ।
१९ वटा ठूला युद्धपछि उपत्यकामा विजय गरे । तर, कान्तिपुरलाई कब्जामा लिँदै गर्दा कुमारीको हातबाट तिलक नलगाएसम्म राजाज्ञा जारी गरेनन् ।
त्यसैले पृथ्वीनारायणले राजनीतिक र सामरिक जित गरे । तर, सांस्कृतिक रुपमा आत्मसमर्पण गरे ।
बृद्ध धर्मावलम्बी वाणाकी छोरी कुमारीको गोडामा ढोगेर अब आफूलाई नै जयप्रकास मल्लको रुपमा देख्दै रक्षा गरिदिन आशिर्वाद मागे ।
र, उपत्यकाको लोक संस्कृति ग्रहण गर्न सबैलाई अह्राए । हालको भारतमा प्रचलनमा रहेको मुजुरा नाचको साटो नेवारी झाँकीहरुमा रमाउन भावी शासकहरुलाई सचेत गराए ।
भुटानबाट लामा झिकाएर राजगुरुको दर्जा दिए । र, २० वटा गुम्बालाई राजकीय गुम्बा बनाए । लामाहरुलाई लालमोहर दिएर बुद्ध धर्मलाई सन्तान, दरसन्तानसम्म चलाउन आग्रह गरे । त्यो उनको सबैलाई संरक्षण गर्ने नीति थियो ।
कहीं कतै झैझगडा भए पुरानो थिति बुझेर फैसला लिन अह्राए । त्यसबाट पनि नभएमा मात्र प्रमाणहरु बटुलेर राज्यलाई पठाउन आदेश दिए ।
त्यसो हुनाले लोकधर्म, लोकसंस्कृति, लोकपरम्परा, स्थानीय धर्म, स्थानीय मान्यता, स्थानीय सीप, स्थानीय उत्पादनमा जोड दिए ।
माझकिराँतमा सबैभन्दा ठूलो लडाईं भयो । तर, त्यो क्षेत्रलाई किराँतीहरुले नभई सेनहरुले कजाएका थिए । सेनहरु पृथ्वीनारायण शाहकै सुसुराली खलक थिए । आफ्नै ससुरालीलाई जितेका थिए, उनले ।
मकवानपुरका राजा हेमकर्ण सेनको छोरी बिहे गरेका थिए । आफ्नै जेठान दिगबन्धन सेन अंग्रेजसँग मिल्न गए भनेर मकवानपुर विजयपछि छिँडीमा थुनेरै देहत्याग गर्न बाध्य बनाए ।
कुनै राज्य अंग्रेजसँग मिलेको थाहा पाए १/२ महिनामै कब्जा गरिसक्ने उनको रणनीति देखिन्छ । अहिलेसम्म पश्चिमा इसाईहरुले पृथ्वीनारायण शाहमाथि दागा धरिरहनुको कारण पनि त्यही हो ।
विजयपुर राज्यमा बुद्धिकर्ण राय राजा थिए । उनी पनि दिगबन्धन सेनकै जस्तो अंग्रेजसँग मिल्न गए । त्यसैले उनीविरुद्ध सैन्य प्रयोग गरेको देखिन्छ, पृथ्वीनारायण शाहले ।
जयप्रकाश मल्ललाई सहयोग गर्न आएको अंग्रेज फौजलाई सिन्धुलीगढीमा ढुकेर सखाप बनाइदिए ।
जब अरुण पारि तर्नुपर्‍यो, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे । उनीहरुलाई कहिल्यै नमास्नु भनेका छन्, उनले । र, फकाई फुल्याई आफ्नो बनाउने नीति लिएका छन् ।
उनीहरुलाई कब्जामा लिँदा आश्रति राज्यका रुपमा स्वीकारेका छन् ।
मगरहरुलाई विचारी बनाउन नछुटाउनु, गुरुङहरुलाई उमराओ बनाउन नछुटाउनु, खान, खस, बाहुन, मगर, गुरुङ र ठकुरीहरुलाई आफ्ना बलिया सिपाही बताएका छन् । उनीहरुलाई मास्नु हुँदैन भनेका छन् । ठाउँ-ठाउँमा जिमिन्दारी दिँदै जित्दै गए किरातहरुलाई ।
त्यसैले स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने मुख्य श्रेय पनि पृथ्वीनारायण शाहलाई नै जान्छ ।

डा.केसीको समर्थनमा जनकपुरका युवाहरुले गरे प्रदर्शन

जनकपुरधाम, पुस २६ गते । 
डा.गोविन्द केसीको समर्थन र उनको पक्राउको विरोधमा जनकपुरमा युवाहरुले प्रदर्शन गरेका छन् । समाजिक युवा अभियन्ताहरुले अभियन्ता सुमित कर्णको अगुवाईमा बुधबार जनकपुरको जनकचोकमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले सर्वोच्च अदालतको अबहेल्ना मुद्दामा प्रहरी हिरासतमा रहेका डा. केसीलाई तत्कालै रिहाइको माग गरेका छन् । यदि सरकारले डा.केसीको रिहाइ नगरे कडा आन्दोलन गर्ने प्रदर्शनमा सहभागि युवा अभियन्ताहरुले चेतावनी दिएका छन् ।

धनकुटामा बिहानैदेखि यातायात र बजार बन्द


धनकुटा– प्रदेस नं. १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै बिहीबार धनकुटामा यातायात बन्द जारी छ । बिहान ६ बजेदेखि नै धनकुटाको जिरोप्वाइन्ट, बसपार्क, आत्मारा र सल्लेरीमा आन्दोलनमा उत्रेका धनकुटा जिल्लाबासीले गाडी छेकेका छन् ।
सोमबार आमहड्ताल स्थगन गरेका धनकुटाबासी बिहीबार पुनः आमहड्ताल गर्दैै यातायात र बजार बन्द गराएका हुन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेस प्रमुख र राजधानीको टुंगो लगाउने भएकाले दबाब दिन आमहड्ताल गरेको संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।
कोसी राजमार्ग दैनिक एकघण्टा चक्काजाम, राँके जुलुस, ब्लाक आउट लगायतका कार्यक्रम गरिरहेको संघर्ष समितिले जनाएको छ ।

आइओएम डिनमा फेरि चलखेल


काठमाडौं- सम्बन्धन र कलेजका सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्सा शिक्षा अध्यायन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिको चलखेल सुरु भएको छ ।
चार वर्षअघि बर्खास्तगीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधिसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरि आफूअनुकूलको डिन ल्याउने चलखेलमा देखिएका छन् । डा. शर्माको कार्यकालसमेत बिहीबार सकिँदैछ ।
 
अदालतले शर्माको पुनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्तिसमेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले ‘पुरानोको पुनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन’ भएको अर्थ लगाएर आफूअनुकूल डिन बनाउन चलखेल थालेका छन् ।
यसबीचमा अदालतले शर्माको पुनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्तिसमेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले ‘पुरानोको पुनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन’ भएको अर्थ लगाएका छन् । त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकैपटक दुई डिन हुननसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।
खनियाँसहित त्रिविका तीन पदाधिकारी हाल उपत्यकाबाहिर छन् । ‘उहाँहरु आउँनासाथ सुरुमा कसैलाई निमित्त दिने र पछि सर्च कमिटी बनाएर नयाँ डिन ल्याउने तयारी छ,’ त्रिवि स्रोतले भन्यो । अदालतले चार दिनअघि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएकै दिन उनीसहित त्रिविका प्रमुख पदाधिकारी बसेर यो योजना बनाएका हुन् । सोही राति अबेरसम्म कार्यालय खोलेर उनलाई पदबहाली गराइएको थियो । अदालतको आदेशमा टेकेर फेरि शर्मालाई नै डिन नियुक्त गर्ने योजनामा त्रिवि पदाधिकारी छन् । शर्मालाई डिन बनाउन निजी मेडिकल कलेजले समेत लबिङ गरिरहेको स्रोतले बतायो ।
डा. गोविन्द केसीको अनशन दबाबपछि वरिष्ठताका आधारमा नियुक्ति पाएका डा. अग्रवाल कुनै दबाबमा नझुक्ने डिनको रुपमा चिनिन्छ । २०७३ कात्तिक १८ मा उनी डिन नियुक्त भएका थिए । सर्वोच्चको आदेशमै आफ्नो नियुक्तिलाई कानुनसम्मत भनेकाले आफू पनि डिन नै रहेको अग्रवालले बताए । ‘मेरो नियुक्ति कानुनसम्मत छ भन्नुको मतलब मेरो पनि नियुक्ति कायमै छ,’ उनले भने, ‘म काममै छु ।’
आइओएममा नयाँ डिन ल्याउन सुरु चलखेलमा प्रमुख तीनै दलनिकटका प्राध्यापकको साथ छ । ‘सधैंझैं आफूअनुकूलको डिन ल्याउन निजी कलेज सञ्चालक जति पनि खर्च गर्न तयार छन्,’ आइओएम स्रोतले भन्यो, ‘त्यसमा पनि उनीहरुको पहिलो रोजाइ डा. शर्मा नै हुन् ।’
डिनमा चलखेलकै लागि नियोजित रुपमा चार दिन बाँकी रहँदा शर्माको पुनर्बहाली भएको डा. केसीको आरोप छ । ‘३५ वटा पेसी सरिसकेको थियो, चार दिन बाँकी रहँदा मेडिकल माफियाकै इसारामा डिन नियुक्तिका लागि यी चलखेल भइरहेका छन्,’ डा.केसीले भने, ‘यो हुन दिइन्न ।’ मानहानि मुद्दामा अदालतबाट साधारण तारेखमा छुटेलगत्तै उनले त्रिवि शिक्षण अस्पताल पुगेर अनशनलाई निरन्तरता दिएका छन् ।
२०७० पुसमा शर्मालाई डिन बनाउँदा करोडौंको चलखेल भएको चर्चा चलेको थियो । उनले पदबहाली गरेसँगै नयाँ कलेजलाई सम्बन्धन दिने घोषणा गरेका थिए । उनलाई पुनः डिन बनाउँदा आफूहरुलाई समेत लाभ हुने अवस्था बनेकाले तीन दलको भागबन्डामा आएका पदाधिकारी यो विषयमा एकठाउँमा देखिएका छन् ।
अहिले नियुक्ति गरिहाल्ने र डा. केसीको अनशनको दबाबमा बीचमा हटाउनुपरे पनि फेरि अदालत गएर निरन्तरता दिने तयारी त्रिवि पदाधिकारीको छ । ‘नियुक्ति गरेपछि हटाउनै परे पनि अहिलेको नजिरबाटै पुनर्बहाली हुन्छ भन्ने आशा छ,’ स्रोतले भन्यो ।
डा. अग्रवाल हट्दा अधिकांश सहायक डिनले समेत राजीनामा दिने भएकाले दलीय भागबन्डामै पदपूर्ति गर्ने अवस्था आउँछ । त्यही लोभमा अधिकांश प्राध्यापकसमेत केसी र अग्रवालविरुद्ध छन् । महाराजगन्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीसमेत डा. अग्रवाललाई असहयोग गर्न पटकपटक तालाबन्दी गर्दै आएका छन् । केही महिनाअघि एक महिना लामो तालाबन्दी गरेको स्ववियुले पछिल्लोपटक समेत तीन साताअघि आइओएममा तालाबन्दी गरेको छ । तालाबन्दी जारी छ । उनीहरुले चार दिनका लागि डिन बनेका शर्मासँगको सहमति गरी बिहीबार ताल खोल्ने योजना बनाएका छन् । स्ववियु सभापति मिलन गैरेले डा. शर्मासँग सहमति भइसकेको र कार्यान्वयनमा जानासाथ ताला खोलिने बताए ।
पछिल्लोपटक चार दिनमै आफूले धेरै कुरा मिलाइसकेको छाप पार्न लागेका शर्मालाई तीनै प्रमुख दलनिकट प्राध्यापकले साथ दिएका छन् ।

पृथ्वीनारायण शाहको परराष्ट्र नीतिका पञ्चतत्व

राष्ट्रनिर्माताको दिव्योपदेश आर्थिक समृद्धिको मानक



जुनसुकै देशको परराष्ट्र नीतिका तीनवटा लक्ष्य हुन्छन् । पहिलो- देशको स्वाधीनता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको रक्षा गर्ने । दोस्रो- आर्थिक, सामाजिक विकास र तेस्रो- विदेशी हस्तक्षेप एवं घुसपैठबाट बच्ने । ठूला शक्ति राष्ट्रहरुले कमजोर देशभित्र हस्तक्षेप गर्छन् । सानाले त्यो हस्तक्षेपलाई रोक्ने प्रयास गर्छन् ।
बडामहाराजधिराज पृथ्वीनारायण शाहको परराष्ट्र नीतिलाई यसैको आलोकमा हेरिनुपर्छ । उनको परराष्ट्र नीतिमा पाँच वटा मुख्य तत्व देखिन्छन् । उनको परराष्ट्रनीतिको लक्ष्य पनि नेपालको सुरक्षा नै हो ।
हिमालयको काखमा एउटा हिन्दूराष्ट्र निर्माण गर्ने र त्यसलाई सुरक्षित राख्ने उनको परराष्ट्र नीतिको प्रमुख लक्ष्य देखिन्छ । त्यसैकारण उनले नेपाल एकीकरण गरे । किनभने, जनतामा एकता नभइकन सुरक्षा हुँदैन भन्ने उनलाई थाहा थियो । भारतमा त्यो प्रष्ट देखेका थिए ।
१९ वर्षको उमेरमा उनी राजा बने । २० वर्षको उमेरमा हतियार किन्न बनारसको यात्रामा गए । गोरखाको राजपाठ आफ्नी आमा र कालु पाण्डेलाई जिम्मा लगाएर बनारस गएका थिए । बनारस जाँदा उनले हतियार मात्रै किनेनन्, बिहे पनि गरे । आफ्नो गोत्र बदले ।
त्यतिबेला गंगाजीको दायाँ-बायाँ रहेका हालको उत्तर भारतका राजा, रजौटाहरुको अवस्था कमजोर थियो । तिनीहरुलाई अंग्रेजहरुले कपाकप खाँदै जाने सम्भावना पृथ्वीनारायण शाहले देखे । नेपालमा बाइसे र चौबीसेलगायत काठमाडौं उपत्यका र पूर्वका किराँत राज्यहरु समेत एक भएन भने अंग्रेजले त्यसैगरी खान्छ भन्ने उनले देखे । र, नेपाल एकीकरण नै उनको परराष्ट्र नीतिको पहिलो तत्व हो ।
दोस्रो तत्व हो, त्यो एकीकरणका लागि आवश्यक कुटनीति र राजनीति । त्यही उनले गरे । काठमाडौं र नुवाकोटतर्फ लडाईं शुरु गर्नुअघि उनले बाइसे, चौबीसे सबै राजाहरुकहाँ आफ्ना दूत पठाए । लमजुङ, तनहुँ, कास्की, पर्वत, पाल्पा, रुकुम, सल्यान सबैतिर दूत पठाए ।
काठमाडौंमा समेत पठाइएका छन् । उनले सबैलाई कूटनीतिक र राजनीतिक तवरले सहमत गर्ने कोशिस गरे, ‘हामी एक भएनौं भने अंग्रेजको दास हुनेछौं । एक हुने कि नहुने ? हेर्नुस्, तराईभन्दा पारि भारतमा के भइरहेको छ ?’
यसो भनेर सबैलाई सहमत बनाउने कोशिस गरे ।
एकीकरणकै सिलसिलामा उनले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीसँग बिहे गरेका थिए । तर, बिहे मात्रै गरे, राजकुमारीलाई गोर्खा ल्याएनन् । त्यो खटपट अर्कै छ । मकवानपुरका राजाको सम्पर्क तराईका मुसलमान राजाहरुसँग पनि थियो । र, उनीहरुले हातहतियार ल्याउनका लागि मद्दत गर्छन् कि भनेर बिहे गरेका थिए । तर, व्यवहारमा आफूलाई अपमान गरेको महशुस पृथ्वीनारायण शाहलाई भयो ।
उनले भनेका छन्, ‘डोला पनि ल्याउँ, मकवानपुरसँग कुरा पनि गरौं भनेर गयौं तर कुरा मिलेन । त्यसपछि मैले नौलाखे हीरा र एकदन्त हात्ती दिन्छौ भने डोला पनि लैजान्छु र दिँदैनौ भने फर्केर जान्छु भनेर निहुँ झिकेँ ।’
आफ्नो माग पूरा नभएपछि पृथ्वीनारायण शाह चन्द्रागिरी हुँदै गोरखा फर्किए । अहिले केबलकार बनेको ठाउँबाट काठमाडौं उपत्यका हेर्दा साह्रै राम्रो देखे । उनका साथमा आएका ज्योतिषीहरुले ‘तपाईंको इच्छा पूरा हुन्छ’ भनिदिए ।
‘कसरी मेरो मनको इच्छा तिमीहरुले बुझ्यौ’ भनेर सोध्दा उनीहरुले भने, ‘जसै तीन शहर नेपाल खाल्डोमा नजर भएथ्यो, सहसा हात जुँगामा गयो ।’ त्यो भनेको ‘त्यहाँको राजा हुन पाए त’ भन्ने भाव झल्किन्छ उनको भनाइमा ।
तेस्रो, उनको परराष्ट्रनीतिको तत्व हो, सेना । यदि राजनीति र कूटनीतिले काम गरेन भने सेना प्रयोग गर्ने । त्यतिबेला उनीसँग १५/१६ सय सैनिक थिए होलान् । सुनेअनुसार गोर्खामा १२ हजार घरधुरी थिए । ती धुरीबाट १/१ जना लडाका मागेर लडाईं थालिएको थियो । त्यतिबेला न बर्दी थियो, न त कवाज हुन्थ्यो ।
बनारसबाट फर्केर आउँदा गोरखपुरबाट उनले तीन जना मुसलमान साथमा लिएर आएका थिए । उनीहरुलाई बन्दुक बनाउने, चलाउने र मर्मत गर्ने तरिका थाहा थियो । उनीहरुले गोर्खाली फौजलाई तालिम दिए ।
सिन्धुलीगढीमा क्याप्टेन किनलकको फौजलाई गोरखाको फौजले परास्त गरेको थियो । ‘उहाँ पनि काटी पत्थर काला च्याती ल्यायाँ’ भनेका छन् । ‘पत्थर काला’ भनेको बन्दुक हो । खोसेर त ल्याइयो तर कसरी चलाउने हो भन्ने थाहा थिएन । ती मुसलमानलाई थाहा रहेछ । उनीहरुको सहयोगमा अरुले पनि सिके ।
पृथ्वीनारायण शाहको परराष्ट्र नीतिको चौथो तत्व हो प्रतिरक्षात्मक लडाईं । दिव्योपदेशमा उनले भनेका छन्, ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु ।’ यसको अर्थ हो, आफैं निहुँ खोजेर जाइनलाग्नु तर निहुँ खोज्न आउनेलाई त्यसै नछोड्नु ।
नेपाल पहाडी मुलुक भएकाले परम्परादेखि नै पहाडमा लड्न हामी अभ्यस्त छौं । अग्लो ठाउँमा टाकुरामा बसेर तल बसेका शत्रुलाई ढुंगा गुल्टाएर वा धनुकाँड हानेर लड्ने हाम्रो शैली हो ।
हामी मैदानमा सक्दैनौं, त्यसैले आक्रमण गर्दै नजानु भनेर उनले भनेका छन् । उनले ‘सानालाई मिलाऊ, ठूलालाई नचलाऊ’ पनि भनेका छन् । यसैअनुरुप उनले बाइसे, चौबीसेलगायत राज्यहरुलाई आफूमा मिलाए तर भारत र चीनजस्ता महाशक्तिहरुलाई जिस्क्याउन गएनन् ।
पृथ्वीनारायण शाहले अपनाएको परराष्ट्र नीतिलाई नै जंंगबहादुर राणा, भीमसेन थापा, राजा महेन्द्रदेखि केपी ओलीसम्मले पछ्याएको देखिन्छ । किनभने, परराष्ट्र नीतिको पहिलो निर्धारक तत्व भनेको भूगोल हो । अरु चिज बदलिन सक्छ, भूगोल बदलिँदैन । यही भूगोलका आधारमा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भनेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक छ ।
आर्थिक नीतिहरु
पृथ्वीनारायण शाहले मुलुकको आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा भनेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहँदैन भन्ने उनको मान्यता थियो ।
उनले पूर्व र पश्चिमको रास्ता बन्द गरी यहीँ रसुवाबाट, जहाँ अहिले चीनले बाटो खन्ने भनेको छ, काठमाडौंसम्म यातायातको बाटो खुलाउने इच्छा राखेका थिए । सिक्किम र गोरखाभन्दा पश्चिमका बाटो बन्द गर्ने उनको आशय हो ।
सिक्किममा अंग्रेजको पनि नियन्त्रण थियो । त्यतातिरको बाटो बन्द गरेर यताबाट व्यापार गर्‍यो भने कर उठ्छ र हामी सम्पन्न हुन्छौं भन्ने उनको विश्वास हो ।
उनले समयमै भनेका थिए, ‘दक्षिणका बादशाहसँग घाहा राख्नु । त्यो महाचतुर छ ।’ घाहा भनेको शान्ति, मैत्री हो । त्यो भनेको अंग्रेजलाई खुशी राख्नु भनेको हो ।
‘हिन्दूस्तानमा विद्रोह भयो भने अंग्रेज फौज किल्ला खोज्दै आउन्या छन्’ भनेर उनले भनेका छन् । किनभने, हिन्दूस्तानमा विद्रोह भयो भने सुरक्षाका लागि अंग्रेजहरु पहाडतिर स्वाभाविकै हुन्थ्यो । ‘आयो भने चुरेमा खुबै काटिन्या छ, ५/७ पुस्तालाई खजाना पनि मिल्न्याछ’ भन्नुको तात्पर्य हो, अंग्रेजहरु आए भने चुरेमा काट्छौं र ५/७ पुस्तालाई पुग्ने गरी हतियार खोस्छौं ।
उनले भनेका छन्, विदेशका साहु-महाजनलाई गौर, पर्साहा (पर्सा) देखि उँभो आउन नदिनु, आया भन्या मुलुक कंगाल गरी छाड्न्या छन् ।’
यस्तै, अर्को ठाउँमा भनेका छन्, ‘आफ्ना देशका कपडा बुन्न जान्यालाई नमूना देखाई कपडा बुन्न सिकाउनु । आफ्ना देशका कपडा लाउनु । विदेशका कपडा लाउन मनाही गरिदिनु ।’ भन्नुको तात्पर्य, स्वदेशी उत्पादनलाई प्रश्रय दिनु र विदेशी उत्पादनलाई निरुत्साहित गर्नु । यो आजका सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।
‘गह्रो बन्या जग्गामा घर भया घर सारी गह्रो बनाउनु’ भनेका छन् । यसको अर्थ हो, घर भएको जग्गा खेतियोग्य छ भने भिरालोमा घर सारेर त्यहाँ खेति गर्नु । यसैगरी, ‘खानी भयाका जग्गामा गाउँ भया गाउँ सारी खानी खन्नु’ भनेका छन् । यसको अर्थ कुनै गाउँको जग्गामा खानी भेटियो भने गाउँ अन्यत्र सारेर भए पनि खानी निकाल्नु भन्ने हो । यो पनि समृद्धिको एउटा ‘प्रेस्त्रिmप्सन’ हो ।
‘आफ्ना देशको जडिबुटी विदेश लगी बेच्नु र नगद खैंचनु’ भनेका छन् । जसको अर्थ हो, स्वदेशका जडिबुटी विदेशमा बेचेर विदेशी मुद्रा आर्जन गर्नु । ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भन्ने उनको नीति थियो । अर्थात्, जनता सम्पन्न भए मात्र सरकार पनि बलियो हुन्छ । यदि जनता तन्नम भने उनीहरुले सरकारको विरुद्ध विद्रोह गर्न सक्छन् भन्ने उनको राय थियो ।
कर उठाउने ठेक्का कसैलाई नदिएर सरकार आफैंले उठाउनुपर्छ भन्ने उनको मान्यता थियो । यदि कसैलाई वर्षमा १५ सय रुपैयाँ उठाएर ल्याऊ भन्यो भने उसले जनतालाई निचोर्छ । जनता निचोरिन थालेपछि सरकारप्रति विद्रोही हुन्छन् । जनतालाई ‘एक्सप्लोइट’ गर्नु हुँदैन । प्रत्येक गाउँमा सरकारकै मान्छे पठाएर सरकारले तोकेबमोजिम मात्रै ट्याक्स लिनु भनेका छन्, उनले ।
टक (पैसा) चोखो चलाउनु भनेका छन् । त्यतिबेला तिब्बतको सिक्का काठमाडौंका नेवार बाणाहरुले बनाएर पठाइदिन्थे । तिब्बतीहरुले चाँदी दिन्थे र त्यसको उनीहरुले सिक्का बनाएर तिब्बतमा जान्थ्यो । तर, नेवारहरुले चाँदीको सिक्का बनाएर पठाउँदा अलिकति मिसावट गर्थे ।
जब पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यतिबेला तिब्बतीका केही सिक्का यहाँ थिए, जुन नेपाली व्यापारीले तिब्बतीलाई सामान बेचेपछि उनीहरुले तिरेको पैसा थियो । त्यतिबेला तिब्बतका शासकले गोर्खाको एक रुपैयाँ र तिब्बतको एक रुपैयाँ बराबर हुनुपर्ने बताए । तर, पृथ्वीनारायण शाहले त्यो मानेनन् ।
‘हाम्रो शुद्ध छ, तिमीहरुकोमा मिसावट छ । त्यसैले तिमीहरुको सय पैसा बराबर हाम्रो ८० पैसा मात्र हुन्छ’ भन्ने उनको अडान थियो । उनको समयमा यो विवाद सुल्झिएन ।
एक ठाउँमा उनले भनेका छन्, ‘मलाई एउटा कुराको सन्देह (डर) लागिरह्या छ । नगिचैै हिन्दूस्तान रह्या छ । त्यहाँ छोकडा पात्रिया (उरन्ठेउला नर्तक नर्तकीहरु) छन् । राजा-महाराजको नाचगानमा बडो मोह हुन्छ । उनीहरु ती पात्रियाको नाचगानमा भुल्लान् । मुजुरा बजाएर तिनका नाच हेर्न थाल्यो भने राज्य डुब्छ । नाचगान हेर्ने मनसुवा भया तीन शहर नेपालको नेवारहरुको नाच झिकाएर हेर्‍या हुन्छ । यिनलाई दियाको पनि आफ्नै देशमा रहन्छ ।’
हिन्दूस्तानतिरबाट आएका नर्तक-नर्तकीलाई बक्सिस दिनुभन्दा यहीँका नेवारहरुलाई दिँदा आप\mनो देशको पैसा बाहिर जाँदैन भन्ने उनको अभिव्यक्तिको आशय हो ।

‘गरिब मर्दा दाउराखर्च पनि पाइएन’


सिरहा – परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना । त्यसमाथि पातलो सुकुल ओछ्याइको छ । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ । यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको बिछ्याउना हो । यही ओछ्यानमा कठयांग्रिएर मंगलबार राति उनकी श्रीमती माकोदेवी पासवान (४५) ले प्राण त्याग गरिन् ।
खाना खाएर परालको ओछ्यानमा निदाउन गएकी उनको सुतेकै ठाउँमा सास चुँडियो । बिहान ४ बजे घुर बालेर उठाउन जाँदा उनी टसमस नभएपछि परमेश्वरले चिच्याउँदै छिमेकी गुहारेका थिए । ‘हामी पुगेर हल्लाउँदा उनको शरीर कक्रक्क परिसकेको थियो, ’ स्थानीय रामलाल पासवानले बताए ।
 
गरिबहरूको बस्तीमा एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ । उनीहरूका लागि जाडोको सहारा नै घुर हो । एक सातादेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मुसहर बस्तीमा अत्यास बढेको छ ।
मुटु कमाउने चिसोमा मजदुरी गरेर साँझ घर फर्केकी थिइन् उनी । राति घुर तापेर ओछ्यानमा गएकी उनको अधिक चिसोका कारण मृत्यु भएको वडाध्यक्ष राजेश्वर साह (सुडी) ले बताए ।
गाउँको ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ । जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका परमेश्वरलाई श्रीमती गुमाउनुको पीडाले निकै दुखाएको छ । भक्कानिँदै उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आयो, परिवारको सहारा श्रीमती खोसेर लग्यो ।’
शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला आफूहरूका लागि महँगो ओढ्नेओछ्याउने खरिद गर्ने समस्या रहेको उनले बताए ।
न्यानो ओढ्नेओछ्याउने नहुँदा श्रीमतीको प्राण गएको दुखेसो गर्दै उनले मौसम र सरकार दुवै गरिबमारा रहेको गुनासो पोखे । ‘चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ,’ उनले भने, ‘गरिब मरे पनि सरकारले चासो देखाउँदैन ।’
चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका बासिन्दाहरू बताउँछन् । स्थानीय राजदेव पासवानले भने, ‘चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थ्यो, अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन । चिसोले गरिब मर्दा दाउराखर्च पनि सहयोग भएन ।’
चिसोले कठ्यांग्रिएर माकोदेवीको मृत्युपछि ७८ परिवारको बसोबास रहेको यो सुकुमवासी पासवान बस्तीमा त्रास फैलिएको छ । गरिबीले गर्दा अरूहरू पनि चिसोका कारण यसरी नै मर्ने हुन् कि भन्ने डर स्थानीयमा पलाएको हो । बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ । सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो । जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी ।
न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यो बस्तीका महिला पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्ने गर्छन् । असह्य जाडो भए उनीहरू परालको आगोमा जीउ तताउने गर्छन् । तर, परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ । अनि फेरि उस्तै कँपाइ । ‘दाउरा कहाँबाट ल्याउनु हजुर,’ स्थानीय दुःखी पासवानले भने, ‘खाना पकाउन, सुत्नदेखि ताप्न परालकै सहारा छ ।’ गिरहत (जमिन्दार) को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन् ।
चिसो बढेपछि सीतापुरमा घुर ताप्दै एक वृद्धा ।
अहिले गहुँमा सिँचाइ गर्ने, तरकारी रोप्ने सिजन भए पनि जाडोका कारण काम रोकिएको यहाँका विपन्नहरू बताउँछन् । जाडोमा दैनिक ज्यालादारीमा जान नपाएपछि बिहान बेलुकी छाक टार्ने पिरलोमा छन् उनीहरू ।
पासवान बस्तीमा मात्र होइन, मुसहर बस्तीको कष्ट पनि कम्ती अत्यासलाग्दो छैन । बस्नका लागि गतिलो घर छैन । न्यानो कपडा छैन । परालमा बस्नुपर्ने र पराल नै ओछ्याएर सुत्नुपर्ने बाध्यता छ । मुसहर बस्तीका अधिकांशको दैनिकी यसरी नै चलिरहेको छ । उमेर भएकाहरूले जसोतसो गुजारा चलाए पनि बच्चा र वृद्धलाई अप्ठ्यारो हुने गरेको छ । दिनभर घाम नलाग्ने र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ ।
यो साता चिसोका कारण गोलबजार नगरपालिका–४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, धनगढीमाई नगरपालिका ७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार २ लालपुरका ८० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
विपन्नलाई घुरकै सहारा
सिरहाको लक्ष्मीपुरपतारी–६ सीतापुरकी जहरीदेवी पासवान (६५) बुधबार बिहान परालको घुरमा ज्यान तताउँदै थिइन् । एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता उनले सुनाइन् । उनले भनिन्, ‘हाम्रा लागि जाडोको सहारा नै घुर हो ।’ एक सातादेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मुसहर बस्तीमा अत्यास बढेको छ । ‘बाँसको टाटीले घेरिएको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन,’ जहरीदेवीले भनिन्, ‘दैनिक मजदुरी गरेर खानुपर्ने हाम्रा लागि शीतलहर काल हो ।’  पराल ओछ्याएर रात काट्ने  र दिउँसो घुर बालेर ताप्ने यो बस्तीका सबैको दैनिकी बनेको छ ।
स्थानीय सरकारसँग पैसा छैन
लक्ष्मीपुरपतारी गाउँपालिका ६ सीतापुरमा मंगलबार चिसोले कठ्यांग्रिएर एक विपन्न महिलाको मृत्यु भयो । दर्जनौं विपन्न परिवार चिसोका कारण छटपटाइरहेका छन् । उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन् । तर, स्थानीय सरकारसँग न्यानो कपडा जोरजाम गरिदिने पैसा छैन ।
यो वडाका अध्यक्ष राजेश्वर साहका अनुसार वडाको खातामा शून्य रकम छ । ‘हामीले कागजकलम पनि गाउँपालिकासँग माग फारम भरेर माग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘शीतलहरबाट पीडितलाई तत्काल राहतको अवश्यकता छ तर हामीसँग पैसा छैन ।’ गाउँपालिकासँग रकम माग गरे पनि अहिलेसम्म प्राप्त नभएको उनले बताए । यो वडामा करिब डेढ सय घर मुसहर र पासवानको बसोबास छ ।
चिसो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार विद्यार्थीलाई विद्यालय पुग्नै कठिन भएकाले माघ १ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

काठमाडौं- सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको मनोयन हुने सरकारको भनाइ छ ।
शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बिहीबार सार्वजनिक विदा भएकाले शुक्रबार बैठक बोलाइएको हो । बाणिज्यमन्त्री मिन विश्वकर्माले शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले प्रदेश प्रमुखको मनोयन गर्न बताए । सक्रिय राजनीतिमा सहभागी नभएको, बौद्धिक छवि भएको र प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयन गर्ने तयारी सरकारले गरेको पनि उनले बताए । उनले भने, ‘शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखको मनोनय गर्ने तयारी सरकारले गरेको छ ।’
यसैगरी युवा तथा खेलकुदमन्त्री राजन केसीले पनि शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखकको मनोनयन गर्ने तयारी सरकारले अघि बढाएको बताए । संविधानको भावनाअनुसार लब्ध प्रतिष्ठित, बौद्धिक छवि भएका व्यक्तिलाई प्रदेश प्रमुख मनोयन गर्ने तयारी भएको उनले बताए । स्रोतका अनुसार सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, निर्वाचन आयोगका पूर्व आयुक्त, पूर्व प्रशासकमध्येबाट सरकारले प्रदेश प्रमुखको मनोयन गर्ने तयारी गरेकोछ । यसैगरी सरकारले प्रदेश प्रमुखलाई समावेशी बनाउन कम्तीमा एकजना मधेसी मुलका र कम्तीमा एकजना सुदूरपश्चिमबाट बनाउने तयारी भएको स्रोतको भनाइ छ । यसैगरी कम्तीमा एकजना महिला प्रदेश प्रमुख मनोनय गर्ने तयारी सरकारले गरेको छ । अनुराधा कोइराला, रुक्मागंत कटुवाल, दोलखबहादुर गुरूङको नाम प्रदेश प्रमुखमा चर्चामा रहेको छ । यसैगरी केदारभक्त माथेमा, निलाम्बर आचार्य, राधेश्याम अधिकारीको नाम पनि चर्चामा छ ।
सरकारी स्रोतका अनुसार प्रदेश दुईमा प्रमुख मनोयन गर्न सरकारले राजपा र संघीय फोरमका नेताहरूसँग अनौपचारिक सरसल्लाह गरेको छ ।  सक्रिय राजनीतिमा सहभागी नभएका र बौद्धिक व्यक्तिमध्येबाट नाम दिन सरकाले राजपा र फोरम नेपालको नेतासँग नाम मागेको स्रोतको भनाइ छ । प्रदेश नम्बरमा २ मा संघीय फोरम र राजपा गठबन्धनको सरकार बन्ने भएकोले राजपा–संघीय फोरम गठबन्धनलाई सहज बनाउन प्रदेश दुईमा   प्रमुखको मनोनय गर्ने तयारी भएको  स्रोतको भनाइ छ ।  प्रदेश प्रमुखको मनोनय नभई निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाउन सकेको छैन । संविधानअनुसार प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने प्रावधान छ । प्रदेशसभाको अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको बीस दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गर्ने संविधानमा व्यवस्था छ । तर सरकारले प्रदेश  प्रमुखको मनोनय गर्न ढिलो गर्दा प्रदेशसभाका सांसदहरूले सपथग्रहण गर्नसमेत पाएका छैनन् । यसबाट प्रदेशसभाका सांसदहरू यतिखेर अलमलमा परेका छन् ।
अस्थायी केन्द्र तोक्न अलमल
प्रदेशसभाका सांसदलाई सपथ गराउन तथा प्रदेशसभाको बैठक बोलाउन अस्थायी केन्द्र तोक्न भने सरकार अलमलमा परेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट अस्थायी केन्द्र पनि प्रदेश प्रमुखसँगै तोकिने सम्भावना रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने, ‘तत्काल काम चलाउनको लागि अस्थायी केन्द्र तोक्न सरकारले सकेसम्म राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको छ ।’ अस्थायी केन्द्र तोक्न सरकारले दुई तीनवटा विकल्पामा छलफल गरिरहेको पनि उनले बताए । ‘पहिलो विकल्पमा उच्च न्यायलयमा रहेको ठाउँमा अस्थायी केन्द्र तोक्ने हो कि भन्ने कुरा पनि आएको छ । यसैगरी प्रदेशभित्रै कुनै अर्को ठाउँमा अस्थायी केन्द्र तोक्ने कि भन्ने कुरा पनि आएको छ । सबै विकल्पमा छलफल भइरहेकोछ ।’ काठमाडांैमै सातवटै प्रदेशसभाका सांसदलाई सपथ खुवाउने सोचबाट भने सरकार पछि हटेको छ । काठमाडांैमै सपथ खुवाउने सरकारको योजनाप्रति  प्रदेशसभाका सांसदले तीव्र विरोध जनाएपछि सरकार सो योजनबाट पछि हटेको हो । सरकारले एमाले र माओवादीसँग सहमति जुटाई अस्थायी केन्द्र तोक्ने तयारी गरेकोछ । अस्थायी केन्द्र तोक्ने वित्तिकै यसबारेमा विवाद उत्पन्न हुने भएपछि सरकार अस्थायी केन्द्र तोक्न अलमलमा परेको हो ।  सरकारले सातवटा प्रदेशको अस्थायी राजधानी तोक्न केही दिनअघि एउटा कार्यदल बनाएको थियो । सो कार्यदलले एक नम्बरको विराटनगर, दुईको जनकपुर, तीनको भक्तपुरको सानोठिमी, चारको पोेखरा र पाँचको दाङमा अस्थायी राजधानी बनाउन सिफारिस गरेको थियो । यसैगरी कार्यदलले ६ नम्वर प्रदेशमा सुर्खेत र सात नम्वर प्रदेशमा दिपायललाई अस्थायी मुकाम बनाउन सिफारिस गरेको थियो । सो  सिफारिसलाई सरकारले कार्यान्वयन गर्ने तयारी पनि गरेको थियो । तर प्रदेश राजधानीको विषयलाई लिएर ठाँउठाँउमा विवाद शुरू हुने स्थिति देखिएपछि सरकारले  प्रदेशसभाको अस्थायी राजधानी तोक्ने विवादमा सकेसम्म नफस्ने निष्कर्षमा पुगेको हो ।

मिथिला में तीला-सक्रैत पावैनक ओरियान


अपन मिथिला सर्वश्रेष्ठ मिथिलाक जार में मैथिल स्त्री
तीला-सक्रैत पावैनक ओरियान में लागल छथि। बड ओरियान
होई छैक चूड़ा मुड़ही गूड़ तील आदि हाट-बजार सौं अना वा
चूड़ा कुटि मुड़ही भुजि सब अंगना में चुरलाई मुरलाई तिलबा
आदिक संगठन में अस्तव्यस्त छथि।सब पावैन एक दू दिन में भय
जाई अछि किन्तु तीला-सक्रैत पावैन में बनल चीज भरि जार
मैथिल लोकनि भोर साँझ बड सुवाद सौं पनपियाई करै छथि
खासकऽ बौआ-बुच्ची सबके त अहि पावैनक बनल सामग्री बड
रूचै छनि।सीरके तर में कियो चुरलाई तिलबाक आनन्द लैत छथि त
कियो बाबाक घूर लग बैसि।मैथिल माय सब भरि जारक जलखै
से निश्चिंत रहै छथि धियापुता जलखै मंगलक त मुरलाई हाथ में द
देली, कनितो बच्चाक हाथ में गोलगोल मुरलाई भेटलाक बाद
हुनक क्रन्दन हंसी में बदलि जाई छनि।जारक मास में पाचनतंत्र
कनि ठीक सेहो रहै छैक तें कनि बेसियो खेला सौं दुष्प्रभाव नै
परै छैक। नवका धान भेला सौं गरीबो मैथिलक अहि पावैन में
बेसी परेशानी नहिं रहै छनि।कतेक अंगना में दस दिन पूर्वहि सौं
चिलौर सब बनय लगैत अछि त कियो बना रहल छथि जिनका
अहिठाम देरी भल जाई छनि नेना सब माँ मैंञा के तंग करय लगै
छथिन जे गै तू कहिया बनेबही सब बनेलकै तखन हुनको घर में बनल
आ नेना सब आनन्दित भय गेल आ चुरलाई बनैत काल "जय हनुमान
बज्जर बांग" केर नारा सौं चिलौर के मजबूती प्रदान करै छथि
जाहि से भहरल नहिं सक्कत भेल।आकार-प्रकारक तिलबा देखै में
बड सुहनगर लगै छैक आ खाई में त जुनि पूछू।

डा. केसीकाे समर्थनमा नयाँ शक्तिकाे प्रदर्शन (फाेटाे फिचर)



काठमाडौं –डा. गाेविन्द केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुको संयोजकत्वमा आयोजित विरोध प्रदर्शनीमा सर्वोच्च अदालतका न्यायधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
विरोध प्रदर्शनीमा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने सहभागी भएका छैनन् । माइतीघर मण्डला डा. केसीको गिरफतारीविरुद्ध उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
यसअघि मंगलबार आयोजित विरोध प्रदर्शनमा भने पूर्वप्रधानमन्त्री एवं नयाँशक्तिका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो । त्यस्तै डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।



Powered by Blogger.