Sunday, January 7, 2018

पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम


प्रतिकात्मक तस्वीर
२४ पुस, लमजुङ। बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरी भएको छ ।
मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो ।
मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजारी सोमराज घिमिरेले बताए ।’मंसिर १९ गते मैले शालिग्रामका शिला पूजा गरी नुहाएर राखेको थिएँ, २१ गतेसम्म शिला थियो, पुजारी घिमिरेले भने, २२ गते पूजा गर्न खोज्दा भेटिएन, मैले तत्काल समितिलाई जानकारी गराएँ ।’
शिला हराएको अघिल्लो दिन समिति सदस्य एवं पण्डित बालकृष्ण सुवेदी मन्दिरभित्र छिरेको र उनले नै शिला चोरेको पुजारीको आरोप छ । ‘शिला हराएको अघिल्लो साँझ सुवेदी गुरुले मन्दिरको साँचो माग्नुभयो, मैले आनाकानी गरेको थिए’घिमिरेले भने, सबैले मानिआएका गुरुले भगवान्को दर्शन गर्नुछ भन्नुभयो । गुरुले माग्दा के नदिनु भनेर साँचो दिएको हुँ ।’
चोरी आरोपित पण्डित सुवेदीले आफूले शिला चोरी नगरेको दाबी गरेका थिए । तर, आफूमाथि आरोप लागेपछि २४ थान शालिग्राम शिला मन्दिर व्यवस्थापन समितिलाई बुझाएको समिति सदस्य नरहरि वाग्लेले जानकारी दिए ।
पण्डित सुवेदीले बुझाएको शिला नक्कली भएको वाग्लेको भनाइ छ । ‘उहाँले शिला चोरेको होइन पनि भन्नुहुन्छ । फेरि समितिलाई २४ थान बुझाउनुभयो’ वाग्लेले भने, उहाँले बुझाएकामध्ये तीन-चार वटा सक्कली शालिग्राम हो अरु सबै नक्कली हो ।’
मन्दिरमा रहेका पुराना र महत्वपूर्ण शालिग्राम शिला चोरी भएको एक महिना पूरा भइसक्दा पनि समितिले कतै उजुरी नगर्नु कारबाहीको प्रक्रिया अघि नबढाउँदा स्थानीय आक्रोशित भएका छन् । दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
‘चोर पनि पत्ता लागिसकेको छ, समितिले न घटना सार्वजनिक गर्छ न चोरलाई कारबाही गर्छ”- स्थानिय कृष्णलाल प्रधानले भने, समितिका मान्छेको पनि मिलेमतो हुनुसक्छ, हामी यसलाई गुपचुप हुन दिँदैनौँ, दोषीलाई कारबाही हुनैपर्छ ।’
पुरानो शिला भएकाले यसको मूल्य निकै महँगो हुने सरोकार भएकाहरु बताउँछन् । पण्डित सुवेदीले महँगो मूल्यमा सक्कली शिला बेचेर खोलाबाट नक्कली ल्याएर समितिलाई बुझाउँदै उम्किन खोजेको स्थानीयको आरोप छ ।
मन्दिरमा राखिएका शालिग्राम गणना गर्न हुँदैन भन्ने विश्वासका कारण कति चोरी भए भन्ने यकिन छैन । विक्रम संवत् १६६१ मा लमजुङे राजा सचिन्द्र शाहद्वारा लक्ष्मीनारायण मन्दिरको निर्माण गरिएको र कालीगण्डकीबाट शालिग्राम ल्याएर लक्ष्मीनारायणको शक्तिको प्रतीकका रूपमा प्रतिस्थापना गरिएको अग्रजको भनाइ छ ।

‘साथीहरु डोको छोडेर भाग्थे, म समातिन्थेँ’

मिलन अमात्य
सानो छँदा पढ्नभन्दा धेरै खेल्नमै रमाउथेँ । होमवर्क गर्न साह्रै अल्छी लाग्थ्यो । होमवर्क नगर्दा कहिलेकाहीँ कान समातेर कक्षा कोठाबाट बाहिरिनु पनि पथ्र्यो । म त्यतिबेलै गीत-संगीतमा पनि सक्रिय भएकाले सरहरुले अली बढी माया गर्नुहुन्थ्यो ।
मलाई बाबाले संगीत सिकाउनु हुन्थ्यो, त्यसकारण म आमाभन्दा बाबासँगै बढी नजिक थिएँ । खाने-लाउने कुरामा खासै दुःख भएन । म फूलैफूल भएको फ्रक मन पराउथेँ रे । बाबाले ठूल्ठूला फूलको बुट्टा भएको घाँघर ल्याइदिनुहुन्थ्यो । बहिनी जुलनसँग मेरो धेरै उमेर अन्तर छैन । हाम्रो त्यति झगडा परेन ।
मलाई गहिरो पोखरीमा डुबेर नुहाउन मन पर्थ्यो । घर नजिकै खोला थियो । हामी खोलामा नुहाउन जान्थ्यौं । आँखा रातो हुँदासम्म पानीमा खेलेर बिताउथ्यौँ । त्यसवापत गाली पनि खाइन्थ्यो । हामी नुहाउन जाँदा माछा पनि मार्थ्याैं । सलले माछा मार्दा निकै मज्जा आउथ्यो ।
म रुख चढ्न खप्पिस थिएँ । अम्बा पाकेको बेलामा म टुप्पा-टुप्पामा पुगेर अम्बा टिप्थेँ । अहिले चाहीँ रुख चढ्न डर लाग्छ ।
मेरो फुपुको घर नजिकै ठूलो भोगटेको रुख थियो । फुपुहरुले पकाउन भनेर नटिपी राख्नुहुन्थ्यो । हामीलाई चाहिँ नपाक्दै खान मन लाग्थ्यो । हामी खेतखेतै भोगटे चोर्न जान्थ्यौं । म रुखमा चढेर टिप्थेँ, साथीहरु तल बसेर डोको थाप्थे ।
दुई-तीन दाना टिप्दा रुख हल्लिन्थ्यो । अनि फुपूहरुले थाहा पाउनुहुन्थ्यो । गाली गर्दै दौडेर आउनुहुन्थ्यो । डोको थाप्ने साथीहरु डोको छोडेर भाग्थे, म चाहिँ रुखबाट झर्दाझर्दै समातिन्थेँ । अनि सजायँ मैले मात्रै भोग्नुपर्थ्यो । त्यसरी चोर्न जानेहरुमा मेरो बहिनी जुलन, साथीहरु रमा, गोमा, दीपा र विना हुन्थ्यौं । सबै हामी नातेदार थियौं ।
सानो बेलामा मलाई एकपटक मलेरिया भएको थियो । मरेर बाँचेकी थिएँ । घरबाट अस्पताल पुग्न तीन घण्टा लाग्थ्यो । मलाई स्लाइन चढाउँदै अस्पताल लगेको याद छ । एक हप्ताभन्दा बढी अस्पताल भर्ना भएकी छु ।
मलाई सानो बेलामा धेरै सेलिब्रेटीको नाम थाहा थिएन । मेरो हजुरआमाले तारादेवीको नाम भन्नुहुन्थ्यो । उहाँको धेरै गीत सुनेकी छु ।

सानोमा मलाई घरमा सबैले ‘मिलु’ भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि बाबा-आमाले मायाले ‘मिलु’ नै भनेर बोलाउनुहुन्छ ।

‘केपी ओलीसँग मेरो दोस्ती छ’– राजेन्द्र महतो

‘केपी ओलीसँग मेरो दोस्ती छ’– राजेन्द्र महतो (भिडियोमा समेत)
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य हुन् राजेन्द्र महतो । आक्रमक रुपमा मधेशका मुद्दा उठाउँदै आएका महतो प्रदश २ को चुनावले उत्साहित भएका छन् ।
स्पष्ट वक्ता र जोश जाँगरका धनी महतो यस पटक प्रतिनिधीसभाको चुनावमा धनुषा ३ वाट निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका हस्ती बिमलेन्द्र निधीलाई हराएका हुन् । प्रस्तुत छ, समसामायिक राजनीतिक विषयमा केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभीकालागी संवाददाता एस.के. बैश्यले गरेको कुराकानी ।
प्रतिनिधी सभा र प्रदेश सभा चुनावको नतिजा २ नम्बर प्रदेशको हकमा त तपाईले जे चहानु भएकोे थियो, त्यही भयो होईन ?
– मैले चाहेको भन्दा पनि जनताले चाहेर यो सम्भव भएको हो । २ नम्बर प्रदेशमा नै विगतमा मधेशी, जनजाती, दलित लगायत अल्पसंख्यक ब्यक्तिहरुको अधिकारका लागि ठुलो अन्दोलन भएको थियो । हो, त्यही अन्दोलनको पक्षमा मधेशका जनताले आफ्नो अभिमत दिएका हुन् । त्यो चाँही मधेशको लागि स्वागत योग्य छ ।
मधेशवादी दलहरुले २ नम्बर प्रदेशलाई मात्र किन फोकस गरेको होला ?
– सम्पुर्ण मधेशको हकमा भन्नु पर्दा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो संगठन अलि बलियो तथा राम्रो छ । मधेशको जुन–जुन जिल्ला तथा ठाउँमा मधेश अन्दोलन प्रभावकारी ढंगले भएको थियो । सोही अनुपातमा नै ती जिल्ला तथा ठाउँमा राजपाले विजय हासिल गरेको छ । यो निर्वाचनलाई पनि हामीले अन्दोलनकै रुपमा लिएर अगाडी बढेका छौ ।
तर, ब्यक्तिगत रुपममा तपाईलाई एमालेले नै भोेट दिएर जितायो भन्ने हल्ला पनि छ नि ?
– यो गलत हो । कुनै पार्टीले भोट दिएर म जितेको होईन । मलाई जनताले जिताएका हुन् । जनता कुनै पार्टीको हुँदैन । जनता जनता हुन्छ र उ स्वतन्त्र हुन्छ । वितगमा भएको निर्वाचनमा त्यही जनताले एमाले, काँग्रेस, माओवादी लगायत विभिन्न पार्टीलाई भोट दिएका थिए । तर यसपाली राजपालाई भोट दिए । यो कुनै अनौठो कुरा होईन । राजपा मधेशी, जनजाती, दलित लगायत अल्पसंख्यक समुदायको हक अधिकार स्थापित गराउनको लागि विगतमा भएको मधेश अन्दोलनमा पनि यी जनताहरुले राजपालाई साथ दिएका थिए । सोही अनुसार निर्र्वाचनमा पनि साथ दिएर मलाई जिताएका हुन् । एमालेले जिताएको हल्ला निराधार हो ।
तपाई र एमाले अध्यक्ष केपी ओली वीच ब्यक्तिगत रिसिइवी होे कि शैद्धान्तिक ?
– केपी ओलीसँग मेरो कुनै पनि प्रकारको ब्यक्तिगत रिसिइवी छैन् । तर सैद्धान्तिक रुपमा ठुलो रिसिइवी छ । जनताको हक अधिकार तथा सिद्धान्तको लागि हामी लड्छौ । त्यसको अगाडी जो आउँँछ उसँग म र मेरो पार्टी सधै लड्न तयार हुन्छ । चाहे केपी ओली हुन् वा प्रधानमन्त्री शेरवहादुर देउवा नै किन नहुन् । जो हाम्रो सिद्धान्तको अगाडि आउँछ त्योसंग हाम्रो सधै सैद्धान्तिक लडाई हुन्छ ।
राजपाका नेताहरुले अवको प्रम प्रचण्ड हुनुपर्छ भनेर सार्वजानिक रुपमा भनिरहेका छन् । यो ब्यक्तिगत धारणा हो की पार्टीकै नीति हो ?
– अबको प्रधानमन्त्री ‘प्रचण्ड’ हुनु पर्छ भनेर राजपाका नेताहरुले यदी भनेका छन् भने ब्यक्तिगत रुपमा भनेका होलान् । विगतमा ‘प्रचण्ड’ले मधेशको हक अधिकार स्थापित गर्न संविधान संसोधनको प्रक्रियामा साथ दिएको हुनाले पनि राजपाका नेताहरु ब्यक्तिगत रुपमा अबको प्रधानमन्त्री प्रचण्ड हुनु पर्छ भनेर भने होलान् । तर अबको प्रधानमन्त्री ‘प्रचण्ड’ नै हुुनु पर्छ भनेर राजपा पार्टीको कुनै पार्टीगत नीति होईन् । प्रधानमन्त्री प्रचण्ड नै हुनु पर्छ भन्ने छैन । अरु कोई पनि हुन सक्छ ।
तपाई पहाडी समुदाय र पहाडप्रति धेरै नै आक्रमक हुनु भयोे भन्नेहरु पनि छन् । किन ?
– यो गलत कुरा हो । म कुनै समुदाय प्रति आक्रमक हुने सवालै उठ्दैन । सम्पुर्ण नेपाली जनता हाम्रा लागि दाजुभाइ जस्तै हुन् । कसैले पनि जनताप्रति आग्राह– पुर्वाग्रह राख्नु हुँदैन । म र हाम्रो पार्टीले पनि कुनै समुदाय प्रति आग्रह पुर्वाग्राह राख्दैन र राखेको पनि छैन् । यो प्रचार गलत हो । अब मधेशी, जनजाती, दलित लगायत अल्पसंख्यक समुदायको हक अधिकार पाउनु पर्छ भनेर अन्दोलन गर्छौ भने त्यो समुदायको विरोध होेईन् । अधिकारको लागि लडनु भनेको कसैको विरोध होईन् । सम्पुर्ण नेपाली जनताहरुले बराबर अधिकार पाउनु पर्छ । सम्पुर्ण वर्गका नेपाली जनताको निर्णायक क्षेत्रमा समान प्रतिनिधित्व हुनुपर्छ । सम्पुर्ण वर्गका नेपाली जनताहरुले आफ्नो संस्कृति भेष–भुषा, भाषाको मान्यता पाउनुु पर्छ । हामी मधेशी, जनजाती, दलित लगायत अल्पसंख्यक समुदायलाई कुनै प्रकारको विभेद गर्न मिल्दैन ।
उपेन्द्र यादवसँग पनि तपाईकोे समय–समयमा जुँगाको लडाई भईरहन्छ ?
– जुँगाको लडाई भनेर मिडियाले लडाई दिएको हो । हाम्रो कुनै पनि प्रकारको लडाई छैन् । उपेन्द्र जीसंग मेरो धेरै राम्रो सम्बन्ध छ । पार्टीको पनि धेरै राम्रो सम्बन्ध छ । हामीले धेरै कुरामा सहाकार्य गरेका छौ । कसैको कुरामा चित्त बुझेन भने कमेन्ट गर्नु पर्छ । त्यसमा म पछि पर्दिन । कसैको कुरामा चित्त बुझेन भने म भनी हल्छु । चाहे जो कोही हुन् । यस्तै, उपेन्द्र्र जीकोे कुनै कुरामा चित्त बुझेन भने पनि कमेन्ट गरी हाल्ने मेरो बानी छ त्यति मात्र हो । अरु केही होईन् ।
प्रदेश नं २ मा मधेशी गठबन्धनको सरकार बन्छ, तर कस्को पार्टीको नेतृत्वले मूख्यमन्त्री छान्छ ? कहिलेसम्ममा टुंगो लाग्छ ?
– यसमा के छ भने सहमतीको आधारमा मधेशी गठबन्धनका राजपा नेपाल र फोरम नेपाल वीचको गठबन्धन बाट मुख्यमन्त्री तय हुन्छ । हामी बसेर निश्चित गर्छौ । जे सहमती हुन्छ सोही अनुसार मुख्यमन्त्री पनि छानिन्छ र गणितको हिसाबले भन्ने हो भने विधानसभामा हाम्रो राजपा भन्दा फोरमको केही सीट बढी छ । त्यसैले मुख्यमन्त्रीमा स्वभाविक रुपमा उसको दावा हुन सक्छ । यसमा कुनै दुई मत छैन । प्रदेश नम्बर २ मा सरकार बनाउने बेलामा हाम्रो सहमती भईहाल्छ । अहिले सम्म मुख्यमन्त्रीको विषयमा कुनै टुंगो लागेको छैन् ।
राजपा र संघीय समाजवादी फोरम वीचको एकता कति संभव छ ?
के छ भने मधेशका जनताको चाहाना हो मधेशवादी दलहरु एक हुनु पर्छ भन्ने । सोही चाहाना अनुसार मधेश आन्दोलन पछि विशेष गरि मधेशलाई लक्षित गरेर राजनीति गरिरहेका ७ वटा माधेशवादी दल मध्ये ६ दल मिलेर जनताको चाहाना अनुसार राजपा नेपाल बनेको हो । एउटा मधेशवादी पार्टी संघीय समाजवादी फोरम नेपाल बाँकी छ । उहाँलाई पनि एकै ठाउँमा आई हालौ, जनताको भावनाको कदर र सम्मान गरौ, एउटै पार्टी बनौ, एउटै पार्टी बनेर अगाडि बढौं भन्ने प्रकारको कुराकानी चलिरहेको छ । जुन दिन हाम्रो वीचमा सहमती हुन्छ त्यो दिन पार्टी एकिरण नै हुन्छ । यो असम्भव भन्ने कुरा होईन् । जसरी ६ वटा पार्टी मिलेको छ, त्यसरी फोरम नेपाल पनि मिल्छ ।
राजपा र संघीय समाजवादी फोरम वीच अहिलेसम्म के–के कुरा मिलिसकेको छ ? र के कुरा मिल्न बाँकी छ ?
– हामी वीच सबै कुरा लगभग मिलिसकेको नै छ । हाम्रो विचार मिलेकै छ । सिद्धान्त मिलेकै छ । एकता गर भने जनताको चाहना पनि छ । त्यसैले अव मिल्ने कुरामा ‘टेक्नीकल’ कुरा मात्र बाँकी रहेको छ ।
तपाई उपेन्द्र यादवलाई नेता मान्न तयार नभएकोले एकता नभएको हो भनेर धेरैको विश्लेषण रहेको छ ?
– उपेन्द्रजी त नेता नै हुन् । उनी देशकै नेता हुन् । मैले नेता नमानेर हुन्छ । र, एकताको सवालमा कुरा गर्नु पर्दा हाम्रो ‘टेक्नीकल’ कुरा मात्र नमिलेर रोकिएको हो ।
राजपाका नेताहरु ओलीको हिजोको ब्यवहार हेरेर उहाँँ मधेश विरोधी भनिरहेका छन्, त्यस्तै तपाईलाई पनि कतिपयले छुच्चो नेता हुुनुहुन्छ भनेर भनिरहेका छन् ? तपाईं किन यस्तो छवी स्थापित गरिरहनु भएको छ ?
– मलाई छुच्चो किन भने भन्दा खेरी म कुनै पनि मधेश विरोधी गतिविधी तथा अभिब्यक्ति सहन सक्दिन । त्यसको प्रतिक्रिया तुरुन्त नै दिइहाल्छु । त्यसैले मधेशको विरुद्धमा षडयन्त्र गर्नेहरु मात्र मलाई छुच्चो सोच्छन । मधेसका जनताले मलाई छुच्चो भनेका छैनन् । जो हाम्रो हक अधिकार स्थापित नहोस् भनेर चाहान्छ उ मात्र मलाई छुच्चो ठान्छ ।
तपाईले समग्रमा नेपाली राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
– नेपाली राजनीति परिवर्तनको संंघारमा छ । नेपालमा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र साथमा राजनीति अगाडी बढेको छ , नयाँ विचारको साथमा नेपाली राजनीति अहिले बढेको छ । जुन विचारको साथ जनता अगाडी बढेको छ, परिवर्तन खोजेको छ । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र सबैको भाषा, सबै नीति, भेष–भुषा , सस्कृतिले मन्यता पाउनु पर्छ । एकद्धार नीति काम लाग्दैन । यो मान्यता अनुसार काम हुनु पर्छ । हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।
अब ५ बर्षको लागि नेपाली राजनीतिको कोर्ष कसरी अघि बढ्छ ?
जनताको चाहना र भावना अनुसार हामी राजनीतिक दलहरुले मुलुकलाई स्थिरता तिर लैजाने गरी यो ५ वर्षको अवधीलाई प्रयोग गर्नु पर्छ । प्रराम्भिक कालमा नै यो संविधान संसोधनको कार्यलाई टुंग्याउनु पर्छ र मुलकलाई स्थिरता, आर्थिक विकास तिर लैजान सबै राजनीतिक दल मिलेर लाग्नु पर्छ । यो अवधीलाई भरपुर रुपमा प्रयोगगरी सबै नेपाली जनताको चाहना अनुसार काम गर्नु पर्छ ।
राजपा र राजेन्द्र महतोको अवको रोडम्याप के हो ?
राजपाको रोडम्याप के हो भने यो जुन बनेको संविधानमा त्रुटी छ, ज्ुन संसोधन गर्नु पर्ने कुरा हो, त्यसलाई संसोधन प्रक्रियामा लागेर संसोधन गर्नु पर्छ । र, सबैलाई अधिकार सम्पन्न बनाउनु पर्छ । कुनै प्रकारको विभेद मुलकमा राख्नु हुन्न । मधेशी, जनजाती, दलित लगायत अल्पसंख्यक समुदाय तथा हिलाम, पहाड र तराईमा बस्ने जनता कोही पनि विभेदमा नपरुन् । त्यसको लागि संविधानमा आवश्यक नियम कानुनको ब्यवस्था गर्नु पर्छ ।

एयर एसियाले तिर्यो २ करोड, अझै २१ करोड बाँकी


काठमाडौं – बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ । 
एयर एसिया एक्सले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण ल्यान्डिङ र विसान पार्किङ शुल्क, हवाई परिवहन सञ्चार परिवहन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि तिरेको थिएन । 
पछिल्लो पटक त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियासहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले अर्बौं बक्यौता चुक्ता नगरेको विषयमा छानबिन समिति गठन गरी बक्यौता असुलीमा काम गरेपछि वायुसेवा कम्पनीले रकम तिर्न थालेका हुन् । 
तर, एयर एसिया एक्लैले सबैभन्दा धेरै २३ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गरेको थिएन । उक्त रकम गत मंसिर १४ गतेसम्मको हो । जति ताकेता गर्दा पनि अटेर गरेपछि विमानस्थल व्यवस्थापनले एयर एसियाको नेपाल उडान बन्द गर्ने चेतावनीसहितको पत्र पठाएपछि बाध्य भएर सानो हिस्सा रकम तिरेको हो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान गर्दै आएको छ ।
‘बक्यौतावापतको २३ करोड रुपैयाँ पुस २३ भित्र चुक्ता गर्न एयर एसियाको काठमाडौं कार्यालय र मलेसियाको मुख्य कार्यालयमा पत्राचार गरे पनि दुई साताभन्दा बढी बेवास्ता गरे,’ विमानस्थलका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, ‘तर, आइतबार दिउँसो अकस्मात दुई करोड रुपैयाँ चुक्ता ग¥यो र सोमबार थप १० करोड रुपैयाँ चुक्ता गर्ने जानकारी दियो ।’
 
 किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रिक र सौर्य एयरलाइन्सको प्रतिबद्धतापत्र ।
ती अधिकारीका अनुसार बक्यौता रकम एयर एसियाको मुख्यालयबाट आएको हो । बाँकी रकम पनि उतैबाट पठाइने जानकारी दिइएको छ । सोमबार ९पुस २४ गते०  थप १० करोड चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने जानकारी दिएको छ । 
एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल्स कम्पनी हो । यसका सञ्चालक हरिमान लामा ठूलो परिमाणको बक्यौता चुक्ता गर्नुपर्ने ताकेता सुरु भएपछि विमानस्थलको सम्पर्कमा छैनन् । 
बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनिएको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै उनीहरूबाट एक अर्ब ३५ करोड १५ लाख ३३ हजार रुपैयाँ उठाउन बाँकी छ ।
त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाइएको थियो । उसको जिएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । त्यसको जवाफ पनि दुई सातासम्म आएको थिएन । 
त्यसैगरी आन्तरिक वायुसेवातर्फ सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको सबैभन्दा धेरै बक्यौता रहेको छ । ती दुवैलाई पनि पुस २३ भित्र बक्यौता चुक्ता नगरे उडान रोक्ने चेतावनीपत्र पठाएपछि किस्ताबन्दीमा चुक्ता गर्ने प्रतिबद्धतापत्र सहितको योजना विमानस्थललाई पठाएका छन् । 
सम्बद्ध अधिकारीका अनुसार सिम्रिकले अब एक करोड ४० लाखहाराहारी तिर्न बाँकी छ । उसले पुस मसान्तभित्र १० लाख रुपैयाँ, आगामी माघमा ३० लाख, फागुनमा ३० लाख, चैतमा ३५ लाख, २०७५ वैशाखमा ३५ लाख र अन्तिम किस्ता जेठमा ३७ लाख तीन हजार दुई सय ३३ रुपैयाँ चुक्ता गर्ने प्रतिबद्धतापत्र पठाएको छ । 
त्यसैगरी गत मंसिर मसान्तभित्र ५० लाख रुपैयाँ चुक्ता गरेको सौर्य एयरलाइन्सले अब करिब साढे दुई करोड रुपैयाँ तिर्न बाँकी छ । उसले आगामी माघ सात मा एक करोड, माघ १७ मा ५० लाख, माघ २७ मा ५० लाख र फागुन ७ मा अन्तिम किस्तावापत ४७ लाख ८१ हजार सात सय ५३ रुपैयाँ चुक्ता गर्ने प्रतिबद्धतापत्र पठाएको छ । 
‘ठूलो परिमाणको बक्यौता उठाएपछि दोस्रो चरणमा सानो परिमाणको बक्यौता उठाउने पहल सुरु गर्छौं,’ ती अधिकारीले भने, ‘उनीहरूलाई पनि म्याद दिन्छौं र म्याद नाघे उडान रोक्ने चेतावनीसहितको पत्र पठाउँछौं ।’
नेपाल उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष
२०७३–७४ असार मसान्तसम्म एक अर्ब ९२ करोड दुई लाख ३३ हजार रुपैयाँ नतिरेको समाचार नागरिक दैनिकले मंसिर ७ गते प्रकाशित गरेको थियो । बक्यौताबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा छनबिन समिति समेत गठन भएको थियो । समितिले पुस पहिलो साता प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई प्रतिवेदन बुझाइसकेको छ । 
छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले जारी गरेको सार्वजनिक सूचनामा ‘बक्यौता रकम २०७४ मंसिर मसान्तभित्र चुक्ता गरी हिसाब राफसाफ÷मिलान गर्न र तोकिएको म्यादभित्र चुक्ता गरी हिसाब राफसाफ नगरे नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार असुलउपर गरिने’ उल्लेख थियो ।
‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।
लामो समयदेखि विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र उनको ‘टिम’ ले ठूलो परिमाणको बक्यौता उठाउन ताकेता नगरेपछि नागरिक उड्डयन प्राधिकरणले उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

खस्कियो नेपाल एयरलाइन्सको सेवा

वर्षदिनमै मार्केट सेयर गुमाउँदै राष्ट्रिय ध्वजावाहक

२४ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडान भर्ने र यात्रुलाई सेवा दिनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा खस्किएको छ ।
दुईवटा बोइङमध्ये एउटा लिलामी र अर्काे मर्मतका लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा राख्नु परेपछि निगमको उडान ठूलो संख्यामा कटौती भएको थियो । सोही कारण निगमको सेवा कमजोर देखिएको हो ।
सन् २०१५ को तुलनामा २०१६ मा यात्रु बोक्ने र उडान भर्ने दुवै हिसाबले निगम पहिलो स्थानमा थियो । किनकि, दुई बोइङ र दुई एयरबसको नियमित उडानका कारण बजार विस्तार राम्रो देखिएको थियो ।
तर, २०१७ मा सबै विमानको सेवा नियमित हुन सकेन । र, उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।
सन् २०१७ का जनवरीदेखि जुलाईसम्मको आँकडा केलाउँदा निगमभन्दा जेट एयरवेजले त्रिभुवन विमानस्थलबाट धेरै यात्रुलाई सेवा दिएको छ । विमानस्थलका अनुसार जुलाई २०१७ सम्ममा जेट एयरवेजले २१ सय १७ पटक उडान भरेको छ । र, दुई लाख ६७ हजार चार सय ६६ यात्रु ओसारेको छ ।
उक्त अवधिमा अन्तर्राष्ट्रिय उडान गर्ने निगमका विमानले दुई लाख ३० हजार एक सय १३ यात्रुलाई सेवा दिए, जुन जेट एयरवेजको भन्दा ३७ हजार तीन सय ५३ जनाले कम हो ।
साथै, निगमका विमानले सन् २०१७ का सात महिनामा १८ सय १८ पटक मात्र उडान भरे ।
सन् २०१५ मा निगम नेपालबाट बढी उडान भर्नेमा तेस्रो र बढी यात्रु बोक्नेमा पाँचौं स्थानमा थियो । सन् २०१६ मा भने सबैलाई पछाडि पार्दै पहिलो बन्यो ।
सन् २०१५ को शुरुसम्म निगमसँग दुई वटा बोइङ मात्र थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुई वटा एयरबस–३२० विमान थपिए । केही समयपछि नै एउटा बोइङ–७५७ लिलामका लागि राखियो । र, विमान संख्या तीनमा खुम्चियो ।
अर्काे बोइङ–७५७ पनि हेभी मर्मतका लागि लामो समय सिंगापुरमा थन्किएपछि ‘मार्केट सेयर’ खस्किन पुग्यो ।
सोही डरका कारण निगमले गत साउनमा भाडामा विमान लिएर भए पनि यात्रुलाई सेवा दिने नीति अगाडि सार्‍यो । तर, हवाई नीतिअनुसार १५ वर्षभन्दा पुरानो जहाज आयात गर्न नपाइने भएकाले भुटान एयरलाइन्सको विमान भाडामा ल्याउने सम्झौता रद्द गर्नु पर्‍यो ।
भुटानी एयरलाइन्सले दिन लागेको विमान उड्न थालेको १६ वर्ष आठ महिना भइसकेको थियो ।
निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय कम्पनीहरुले एउटा विमान मर्मतमा जाँदा अथवा बिग्रँदा अर्काेमार्फत् सेवा दिन्छन् । तर, हामीले त्यसो गर्न सकेनौं, भाडामा पनि ल्याउन पाएनौं । त्यसैले व्यापार खस्कियो ।’
निगमले अहिले भारतका नयाँदिल्ली, मुम्बई, बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, हङकङ र संयुक्त अरब इमिरेट्सको दुबईमा उडान भरिरहेको छ ।
यसअघि नयाँदिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवतजावत गर्न बाध्य थिए । बजार विस्तार हुँदै गर्दा विमान अभावका कारण धमाधम उडान कटौती गर्न बाध्य भएको छ, राष्ट्रिय ध्वजावाहक ।

मनाङमा पिउने पानी जम्यो, तालमाथि पैदल हिँड्न सकिने !

काठमाडौंलाई थाहा हुँदैन मनाङको मौसम

फाइल तस्वीर
२४ पुस, मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसोका कारण धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको छ ।
स्थानीय खोलाको पानी र उपल्लो मुस्ताङको तालको पानी जमेको छ । तालमाथि मानिस हिँड्न सकिने गरी बरफ जमेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउने पानीका मुहानहरु जमेका छन् ।
प्रजिअ पन्तले अनलाइनखबरसँग भने, ‘धारामा पानी जमेकाले पानी आउन छाडेको छ, पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था छ ।’
पन्तका अनुसार गंगापूर्ण तालको पानी मान्छे हिँड्न मिल्ने गरी बरफ बनेको छ । स्थानीय खोलानाला समेत जमेका छन् । तर, अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन ।
अत्यधीक चिसोका कारण पानी जमे पनि मनाङमा हिमपात भने सुरु भइसकेको छैन । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको देखिन्छ । हिमपात सुरु भएमा जनजीवन अझै कष्टकर हुने प्रजिअ पन्त बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सदरमुकाम चामेमा अहिले घाम लागेको छ, तर चिसो अत्यधिक छ । इन्टरनेटमा तापक्रम चेक गर्दा सोमबार बिहान १० बजेतिर माइनस १२ डिग्री सेल्सियस देखाएको पन्तले जानकारी दिए ।
उनका अनुसार आइतबार माइनस १४ डिग्री देखाएको थियो ।
चहल-पहल शून्य
चिसो अत्यधिक बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन् । जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा जाने गरेका छन् ।
जाडोका कारण बजार र गाउँघरमा चहलपहल छैन । अधिकांशका घरमा वृद्धवृद्धा, बालबालिका, अशक्तहरुमात्रै देखिन्छन् ।
सरकारी कार्यालयहरुमा पनि सेवाग्राही फाट्टफुट्ट आउने गर्दछन् । विद्यालयहरु बन्द छन् ।
‘आगो बाल्ने दाउरा पनि पर्याप्त हुँदैन, पुर्‍याई पुर्‍यााई बाल्नुपर्छ,’ प्रजिअ पन्तले भने, ‘झ्यालढोका बन्द गरेर, सिरक ओढेर बस्ने, तातो चिज खाने गरेर दिन बित्छ ।’
हुलाकमार्फत काठमाडौं आइपुग्छ मौसमी विवरण
चिसोले जिल्लाको जनजीवन अस्तव्यस्त हुँदा पनि सरकारसँग मनाङ जिल्लाको आधिकारिक रेकर्ड छैन ।
काठमाडौंमा रहेको मौसम पूर्वानुमान महाशाखाले देशका मुख्य-मुख्य स्थानको तापक्रम हरेक दिन सार्वजनिक गर्ने गरेको छ । तर, मनाङ यस्तो जिल्ला हो, जहाँको तापक्रम महाशाखाले समेत महिनामा एकपटक मात्रै थाहा पाउँछ ।
अझै रोचक त के छ भने तापक्रमको विवरण हुलाकमार्फत महाशाखासम्म आइपुग्छ ।
महाशाखाका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘टेक्नोलोजी र सञ्चार सम्पर्क नहुँदा मनाङको तापक्रमको विवरण हुलाकमार्फत महिनामा एकपटक आउने गर्छ । अहिले त्यहाँको तापक्रम कति छ भन्ने जानकारी हामीलाई छैन ।’

Sanjay Leela Bhansali's Padmavat will release on January 25: Reports



After myriad controversies and possible release dates, Sanjay Leela Bhansali's ambitious project Padmavat will apparently exhale on January 25, reports Mumbai Mirror. Sources said that producer Viacom 18 finalised upon the aforementioned date as they hope to release Padmavat within the next 18 days.

However, if Padmavat releases on January 25, it will end up clashing with Akshay Kumar's PadMan - R Balki's film was earlier scheduled for January 26 but was preponed, earlier this week.

Mumbai Mirror, thus, reports that Padmavat was granted a U/A certificate on Friday.

Also Read: PadMan vs Padmavati: Akshay Kumar's film will release as scheduled, say makers

"On Friday, the Central Bureau of Film Certification (CBFC) granted Padmavat a U/A certification. The certified runtime of the Ranveer Singh, Deepika Padukone and Shahid Kapoorstarrer is 2 hours and 43 minutes (163 minutes)," sources told Mumbai Mirror.

Padmavat, formerly titled Padmavati, witnessed severe dissent ever since it began filming, from fringe outfits, initially and the censor board soon after. The film was originally scheduled for December 1, 2017, but its release was deferred due to imcomplete paperwork. Padmavat has now been cleared by the censor board after dropping the letter 'i' from its title.

As far as the box-office clash is concerned, PadMan makers have said that the film's release date on January 25 will not be altered amid speculation that Padmavat may release on the same day.

"I am clueless what is happening... with the clash. I have no idea about it. Even we have heard about it. All we know is PadMan is releasing on January 25. Akshay announced it officially. Padmavati is a very important film. It's a beautiful film and it should release soon. I am also looking forward to see it. It depends on Viacom 18 Motion Pictures and Sanjay Leela Bhansali Productions to decide on the date," Prerna Arora, one of the producers of PadMan, said.

Sidharth Malhotra's Aiyaary, on the other hand, was also scheduled for January 25, and has reportedly been postponed to February 9, when it might clash with Anushka Sharma's Pari.

Padmavat casts Deepika Padukone, Shahid Kapoor and Ranveer Singh in principal roles. Sanjay Leela Bhansali is expected to make an official announcement on Monday.

जाडो बढेपछि धनुषाका सम्पूर्ण निजी विद्यालयमा तीन दिन विदा



जनकपुरधाम, पुस २३ गते । 
अत्यधिक चिसोले विद्यालय आउन बालबालिकालाई समस्या भएपछि तीन दिनको लागि धनुषाका सम्पूर्ण निजी विद्यालयहरु बन्द हुने भएको छ । निजी विद्यालयहरुको संगठन प्यावसन र एन प्यावसनले पुस २४ देखि २६ गतेसम्म तीन दिनको लागि धनुषाका सम्पूर्ण निजी विद्यालयमा विदा दिने निर्णय गरेको प्यावसन धनुषाका अध्यक्ष विश्वलाल सिंहले जानकारी दिनुभयो । 
अत्यधिक चिसोले विद्यार्थीहरु कठ्यांग्रिनु पर्ने अवस्था सृजना भएकाले निजी विद्यालयहरुमा जारी रहेको त्रैमासिक परिक्षा ३ दिनको लागि स्थगित गरि विदा दिइएको उहाँको भनाई छ । 
चिसोको कारण यस अघि गत पुस १९ गतेदेखि माघ १ गतेसम्मको लागि धनुषाको सम्पूर्ण सामुदायिक विद्यालयमा विदा दिइसकिएको छ ।

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

राजधानीको मुद्दामा आन्दोलित नहुन एमाले नेताको निर्देशन


२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ ।
सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन ।
यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाइनेछ ।
तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए । एमाले नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रदेशसभाबाट चुनिएका सदस्यहरुलाई काठमाडौंमा सपथ गराउनु भन्दा ठूलो जग हँसाइ के हुन्छ ?’
समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए ।
साथै ज्ञवालीले यदि प्रदेशको अस्थायी राजधानी नतोक्ने हो भने प्रदेश प्रमुख पनि नियुक्त नगर्न सरकारलाई सुझाव दिए । ‘गर्न नहुने सबै गर्ने तर, गर्नुपर्ने कुराचाहिँ नगर्ने ?’ उनले भने, ‘त्यसो भए राष्ट्रपतिसँगै सपथ गराए भयो, प्रदेश प्रमुख किन तोक्ने ?’
अहिले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले स्वीकार नगर्ने संकेत गर्दै ज्ञवालीले भने, उहाँहरुले सहमति गर्नुहुन्न, सहमति नगरेपछि प्रदेश प्रमुखको आयु डेढ/दुई महिना होला । किनभने त्यो निर्णयप्रति हामी जवाफदेही हुँदैनौं ।’
एमाले सचिव ज्ञवालीले अघि भने, त्यसो भए बाधा अड्काउ फुकाएर उच्च अदालतका मुख्य न्यायाधीशलाई रिपोर्ट -निर्वाचन परिणाम) बुझाउने र सपथ गराउन प्रवन्ध मिलाउन सकिन्छ ।’
तर, सरकारले अहिले अस्थायी मुकाम नतोक्ने र भोलि प्रदेशसभाले निर्णय गरेपछि जहाँजहाँ असन्तुष्टि देखिन्छ, त्यहाँ खेल्ने ‘छुद्र राजनीति’ गर्न खोजेको ज्ञवालीको आशंका छ ।
राजधानीको मुद्दामा आन्दोलित नहुन निर्देशन
वाम गठबन्धनका प्रभावशाली नेता ज्ञवालीले प्रदेशको अस्थायी मुकामलाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न अपील गरेका छन् । सरकारले एमालेले औपचारिक रुपमै कार्यकर्तालाई आह्वान गर्न लागेको समेत उनले जानकारी दिए ।
प्रदेश नम्बर ४ र ६ बाहेक अन्य प्रदेशको राजधानीलाई लिएर विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादीका नेता कार्यकर्ताका साथै सांसद र प्रदेशसभा सदस्यसमेत सहभागी भएका छन् ।
तर, एमाले सचिव प्रदीप ज्ञवालीले अस्थायी राजधानीलाई लिएर तरंगित नहुन अपील गरेका छन् । अहिले भइरहेको आन्दोलन रोक्न अपील गर्दै उनले भने, ”अस्थायी केन्द्र तोक्ने कुरा नितान्त अस्थायी प्रवन्ध हो । यसमा तरंगित नहुनुस् ।’
प्रदेशको नाम र राजधानी प्रदेशसभाले दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था छ । यद्यपि प्रदेशसभाको पहिलो बैठकका लागि सरकारले अस्थायी मुकाम तोक्नुपर्ने हुन्छ ।
‘एउटै पार्टी वा गठबन्धनको दुई तिहाइ नै होला तर, विभिन्न ठाउँबाट चुनिएर आएका प्रदेशसभा सदस्यहरु छन् । विराटनगरबाट पनि चुनिएर आएका छन्, धनकुटाबाट पनि छन् । दाङबाट पनि चुनिएर आएका छन्, बुटवलबाट पनि छन्’ एमाले सचिव ज्ञवालीले अनलाइनखअबरसँग भने, दुबैतर्फको चित्त नबुझाई केन्द्र तोक्नै सकिँदैन । भोलि सहमति गर्ने ठाउँ छ र तपाईहरुले नै चुनेका प्रतिनिधिले टुंगो लगाउने हो । त्यसैले अहिले तरंगित नहुनुस् ।’
ज्ञवालीका अनुसार एमालेले आफ्नो आन्तरिक च्यानलमा पनि यही आग्रह गरेको छ ।
आवश्यक पर्‍यो भने पार्टीले संस्थागत रुपमा नै पनि अपील गर्न सक्ने बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने, ‘आन्तरिक च्यानलमा भनेका छौं, दुबै ठाउँका जनताले हामीलाई मत दिएका छन् । विराटनगर भर्सेस धनकुटा वा दाङ भर्सेस बुटवल गर्न जरुरी छैन ।’
Powered by Blogger.