Saturday, January 6, 2018

लाखौं लिएर IELTS को प्रश्नपत्र विक्री, कलेज सञ्चालकसहित १३ पक्राउ

काठमाडौंस्थित बि्रटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको 
छ ।
प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये 
विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको 
छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ ।
लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ ।
प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै थप बताएको छैन । घटनाबारे भोलि विस्तृत जनकारी 
गराइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल


चितवन– मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ । आज मौसम सुधार हुने सम्भावना रहेका कारण केही उडान हुने आशा भने कायमै रहेको विमान स्थलका अधिकारीहरुले जनाए ।
शनिबार काठमाडौं फर्कनुपर्ने कार्यक्रम रहेका माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसमेत काठमाडौं जान पाएनन् । मौसममा सुधार हुने सम्भावना नदेखेपछि अध्यक्ष दाहाल आज बिहान नौ बजे गाडीबाट काठमाडौं हिँडेको माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिए । दाहाल बिहीबार गृह जिल्ला चितवन आएका थिए ।
दाहाल काठमाडौं फर्किन नसक्दा पार्टी एकता संयोजन समितिको बैठकसमेत प्रभावित भएको खबरहरु आएका छन् । मौसमको खराबीले हिजो मात्रै काठमाडौं भरतपुर काठमाडौंका १२ वटा उठानहरु स्थगित भएका थिए । त्यस्तै पोखरा भरतपुर पोखराका दुईवटा उडानहरु पनि हुन नसकेको भरतपुर विमान स्थल कार्यालयले जानकारी गराएको छ ।

यौन अपराधको भुंग्रोमा नाबालिका


झापा – बाबुदेखि शिक्षकसम्म, छिमेकीदेखि अन्य नातेदारसम्मका व्यक्तिबाट यौन अपराधको चपेटामा पर्ने  बालिकाको संख्या लगातार बढ्दै गएको छ । केही वर्षयता यौन अपराधको घटना धेरै हुँदै आएको झापामा सन् २०१६ मा पनि धेरै बालिका र महिला त्यस्तो पाशविक अपराधको शिकार बनेका छन्। 
कुनैबेला थियो ग्रामीण क्षेत्रका विपन्न परिवारका बालिकाहरूलाई अनेकौं प्रलोभनमा पार्ने र उनीहरूको अस्मिता लुट्ने अपराध झापामा मौलाएको थियो। तर, पछिल्लो समयमा सहरका आर्थिक रुपले सम्पन्न परिवारकै बालिकाहरु पनि यस्तो अपराधबाट पीडित हुन थालेका छन् । सूचना प्रविधिको बढ्दो दुरुपयोगले सहरी क्षेत्रमा यौन अपराधका घटना बढाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। झापा प्रहरीको अभिलेख अनुसार पछिल्लो वर्ष दिनभित्रैमा १६ वर्ष मुनीका १७ जना बालिका यौन अपराधको शिकार बनेका छन् । जसमा १० जना १० वर्षभन्दा मुनीका छन् । त्यस्तै १६ वर्ष माथिका १० जना पनि त्यस्तै अपराधबाट पीडित बनेका छन् । यसले सन् २०१६ भरिमा मात्रै २७ जना बालिका र महिला बलात्कारको शिकार बनेको देखाउँछ। 
‘अहिले यौन अपराधका घटना कुनै ठाउँ विशेष वा वर्ग विशेषमा मात्रै सीमित छैन’, झापा प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले भने ‘सबैतिर उस्तै देखिन्छ । प्रविधिको दुरुपयोगले अपराध बढाएको देखाउँछ ।’ उनका अनुसार विभिन्न माध्यमबाट अश्लिल साइटमा मात्रै रमाउने लत बस्दै जाँदा अपराधमा बढोत्तरी भएको हो । सहरी क्षेत्रका किशोरहरूबाट पीडित बनेका बालिकाहरुको‘केसस्टडी’ मा यस्तो देखिएको हो। दुई वर्ष अघिसम्मको तथ्यांकमा पनि ग्रामीण क्षेत्रका विपन्न बालिकाहरूलाई प्रलोभनमा पारेर यौनशोषण भएका घटना बढी देखिएको हुन्थ्यो । चिया बगान, निर्माण क्षेत्र तथा कृषि मजदुरीमा रहने अभिभावकका छोरीहरू बढी पीडित हुनेमा पर्दथे। तर, पछिल्लो वर्ष दिनका केही घटनाले सहरी क्षेत्रका कामकाजी अभिभावकका सन्तान पनि पीडित बनेको देखाएको छ।  जसमा पीडकहरुमध्ये धेरै नजिकका नातेदार छन् । केही शिक्षक र बाबुसमेत छन्। 
बिर्तामोड नगरपालिका –४ की सात वर्षीया बालिका आफ्नै शिक्षकबाट लामो समयदेखि पीडित बनेको उनका अभिभावकले त्यसबेला मात्रै थाहा पाए, जब उनीहरु छोरी लिन शिक्षकको घरैमा पुगे । घटना गएको साउन २७ गतेको हो । अरु दिन झैँ आमाबुबा कार्यालय जाने हतारोमा थिए । छिमेकमै रहेका शिक्षकको घरमा ट्युशन पढ्न पठाएकी सात वर्षे छोरी आउन ढिला भएपछि अभिभावक उनलाई लिन भनेर गए । त्यहाँ पुग्दा देखेको दृश्यले उनीहरुलाई  मरेतुल्य पार्यो । अभिभावकका अनुसार राम्ररी बोलीसमेत फुटिनसकेकी बालिकालाई ती शिक्षकले अप्राकृतिक मैथुनमा सहभागी हुन बाध्य पारेका थिए । ‘पहिल्यैदेखि त्यसो गराउँदै कसैलाई नभन्न धम्की दिएको रहेछ’, अधिकारकर्मी अर्जुन बस्नेतले भने ‘अभिभावकले भेटेपछि त्यो कुरा खुल्यो । अहिले ती शिक्षक थुनामा छन्।’ 
शिक्षक मात्रै होइन, बाबुबाटै बलात्कृत हुन अभिषप्त छोरीहरूको संख्या पनि हरेक वर्ष देखापर्छ । बिर्तामोड –४ कै एक जना बाबुले १३ वर्षे छोरीमाथि बलात्कार गरेको पाइएपछि गएको भदौ २८ मा बाबु पक्राउ परे। अर्जुनधारा नगरपालिका –७ मा सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध असार ८ गते पक्राउ परे । ती वृद्ध बालिकाका नजिकका नातेदार थिए । ‘आफू वरिपरिकै, अभिभावक सरहका व्यक्तिबाट पीडित बन्न बाध्य भएका घटनाले समाजमा असुरक्षाको भयावहपन देखाउँछ’, इन्सेकमा पनि कार्यरत बस्नेतले भने ‘कहाँ कसलाई विश्वास गर्ने, कसलाई शंका गर्ने भन्ने विषयमै अधिकांश अभिभावकको हैरानी छ । यो असुरक्षाको चरम अवस्था हो।’ 
एकातिर कलिला नानीहरु यौन अपराधबाट पीडित बन्न बाध्य भएका घटनाहरूको लामो फेहरिस्त तयार हुँदै गर्दा अघिल्लो बिहीबार मात्रै झापामै अर्को डरलाग्दो घटना भयो। इलामकी एक महिलालाई बिर्तामोडको चिया बगानमा बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रयास तथा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न एकजना फरार छन् । इलामबाट सुरुङ्गामा रहेका आफन्तको घरमा आएकी ती महिला इलाम फर्कने क्रममा बिहीबार दिउँसो साढे ११ बजे भाइसँग फोटो खिच्न अर्जुनधारा ११ स्थित गिरीबन्धु चिया बगान गएकी थिइन् । त्यहीबेला हातमा खुकुरी बोकेका तीन जना युवाको समूहले उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी गर्ने प्रयास तथा लुटपाट गरेको बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। 
प्रहरीले घटनामा संलग्न भएको आरोपमा अर्जुनधारा नगरपालिका ९ का विजय बहादुर मगर र नविन डाँगीलाई पक्राउ गरेकोे छ । मगर र डाँगीकै अर्का एकजना साथी भने फरार रहेको कोइरालाले बताए। सुरुङ्गाको सिमलबाडीबाट दिदीलाई पु¥याउन आएका भाई समेतलाई चिया बगानमा फोटो खिच्दै गरेको अवस्थामा फेला पारेपछि अभियुक्तहरुले कब्जामा लिएर एकान्तमा लगेका थिए । त्यहाँ पु¥याएपछि दुई जनालाई धम्की दिदै टाँसिन, चुम्बन गर्न लगाएर फोटो खिचेका थिए । त्यसपछि फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु नत्र पैसा निकाल भनेर धम्क्याए। त्यसक्रममा उनीहरुसँग भएको १२ हजार २ सय अभियुक्तले लुटेका थिए । घटनापछि एटीएमबाट थप एकलाख रुपैंयाँ बैंकबाट निकालेर भएपनि दिनुपर्ने शर्त राखेपछि भाइलाई लिएर हाल फरार रहेका एकजना बिर्तामोड चोकमा आए । बिर्तामोड आएपछि पीडित युवकले अभियुक्तलाई झुक्याएर प्रहरी कार्यालयमा गएर सूचना दिएका थिए। 
प्रहरीले घटनास्थलबाट पीडित महिलाको उद्दार गर्दै दुई जना पीडकलाई पक्राउ गरेको थियो। ‘उनीहरूले हामी पुग्दा युवतीको शरिरबाट सम्पूर्ण कपडा खोलेर फोटो, भिडियो खिचेका रहेछन् ’, डिएसपी कोइरालाले भने ‘त्यो फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिंदै मानसिक तनाव दिएर राखेका रहेछन्।’ 
यस्ता थुप्रै घटनाहरूले विगत वर्षहरुको तुलनामा झापामा यो वर्ष यौन अपराधको घटना बढेको देखाएको छ। सन् २०१६ को तुलनामा २०१७ मा १६ वर्षभन्दा मुनीका बालिकामाथि हुने अपराध दोब्बरको संख्यामा बढेको छ। सन् २०१६ मा झापा जिल्लाभर ९ जना बालिका बलात्कारको शिकार बनेका थिए। 
यो वर्ष त्यो संख्या १७ पुगेको छ । अघिल्लो वर्ष ६ जना महिला  बलात्कारबाट पीडित बनेको झापामा यसवर्ष १०  जना महिला पीडित बनेका छन् । यसलाई प्रहरीले पीडितहरु खुल्न थालेको अर्थ लगाएको छ। ‘पहिले पीडितहरु अनेक त्रासले खुल्दैनथे’, झापा प्रहरी प्रमुख केसीले भने ‘अहिले पीडकहरु धमाधम कारवाहीको दायरामा परेको, पीडितलाई राज्य तथा समाजबाट पनि संरक्षण मिल्न थालेको जस्ता कारणले पीडितहरु खुल्न थालेका छन्।’ 

Ranveer Singh and Deepika Padukone: Adorable pics of the alleged couple


Deepika Padukone and Ranveer Singh twin in denim jackets and white sneakers at the airport


Alleged lovebirds Ranveer Singh and Deepika Padukone are back in town from their week-long vacation in the Maldives. Ranveer and Deepika were reportedly in the Maldives to ring in Deepika’s birthday which was on January 5.

The duo was snapped by the shutterbugs at the airport. While Ranveer sported his stylish look in a white tee, grey pants, denim jacket and sunglasses, Deepika looked chic in a peach-coloured jumpsuit with a denim jacket. With white sneakers and shades on, they were all smiles for the paparazzi.
Reports were rife that the alleged couple was going to get engaged on Deepika’s birthday in Sri Lanka.
Amidst ‘Padmavati’ row, Deepika Padukone and Ranveer Singh spotted on a dinner date


While the controversy surrounding their film ‘Padmavati’ rages on, lead stars and rumoured lovers Ranveer Singh and Deepika Padukone were spotted heading out on a dinner date. The alleged couple arrived together in Ranveer’s swanky new ride for their intimate date night at a five-star hotel in south Mumbai.

Going by Ranveer’s Instagram story, the couple gauged on their favourite Asian cuisine with their customised chopsticks. Post their quiet evening, the couple made a silent exit and looked quite disinterested in posing for the waiting shutterbugs. Ranveer got behind the wheel with Deepika by his side as they drove off.

The two stars and the makers of ‘Padmavati’ are currently in the middle of a raging battle against a few fringe groups and political parties that are opposing the release the film on the claims that director Sanjay Leela Bhansali has “distorted history”.

The film that also stars Shahid Kapoor, was slated to release on 1 December but was later postponed to an undisclosed date.
Pic: Ranveer Singh and Deepika Padukone gush looking at each other at Mukesh Ambani’s bash

Mukesh Ambani threw a lavish bash yesterday on the occasion of Ganesh Chaturthi. From Amitabh Bachchan and family to Tiger Shroff and alleged girlfriend Disha Patani, many B-town celebs were seen making their presence felt in the venue, clad in their best of outfits for the evening.
What caught our attention here was the mushy romance between the rumoured couple Ranveer Singh and Deepika Padukone, who seemed to totally in awe of each other.
The gorgeous diva was seen wearing a golden saree with a black blouse, and statement golden choker. Ranveer, on the other hand, opted for a light blue kurta.

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागः दोषिलाई कारबाही र पिडितलाई क्षतिपूर्ति देउ


काठमाडौं, २२ पुस । तराई मधेशमा आन्दोलनको क्रममा भएको क्षति बारे छानविन गर्न गठिन समितिले सरकार समक्ष पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । विभिन्न संघ संस्थाहरुले पूर्व प्रधानन्यायधिश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको उच्च छानविन समितिले मधेशका विभिन्न जिल्लामा आन्दोलनको समयमा राज्य पक्षबाट भएको दमन तथा आन्दोलनकारीद्धारा गरिएको प्रतिकारको विषयमा छानविन गर्न गठित समितिले केही दिन अगाडि सरकारलाई प्रतिवेदन बुझाएका थिए । सो प्रतिवेदन अनुसार दोषि ठहर गरिएकालाई कानून अनुसार कारबाही तथा पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरेका छन् । तराई मधेश राष्टिय परिषदले आज माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरि तत्काल सो प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेका छन् ।

चिसोले कठाङ्ग्रिएर रौतहटमा थप एक जनाको मृत्यु


रौतहट, २२ पुस । रौतहटमा चिसोले कठाङ्ग्रिएर गएराति थप एक जनाको मृत्यु भएको छ । विगत केही सतादेखी बढेको चिसोबाट कठाङ्ग्रिएर रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ४ देवाहीका ४८ वर्षिय भभिखन पटेलको ज्यान गएको छ । राति खाना खाएर ओछयानमा सुतेका पटेल आज विहान मृत अवस्थामा फेला पर्नुभएको थियो । पटेलसँगै रौतहटमा अहिलेसम्म चिसोबाट कठाङ्ग्रिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शीतलहरबाट सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो

राजविराज, २३ पुस । विगत एक सातायताको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । जाडोले शनिवार थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाँका ५५ वर्षिय सुजान ठाकुरको जाडोका कारण मृत्यु भएको छ । यसअघि महदेवा गाँउपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षिया नाजो बेगम र १० का ६५ वर्षिया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।
जाडो कारण जनजीवन कष्टकर हुन थालेपछि सप्तरीका सामुदायिक विद्यालयहरुमा २६ गतेसम्मका लागि विदा दिएको छ । जिल्ला शिक्षा कार्यालयको निर्णयअनुसार जिल्लाको ४१२ वटै समूदायिक विद्यालयहरुमा २६ गतेसम्मका लागि विदा दिएको हो ।
यसअघि, कार्यालयले विहिवार र शुक्रवारसम्म विदा दिएको थियो । तर, मौसममा सुधार नआएपछि थप ५ विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिएका छन् ।

प्रदेशको राजधानीबारे अमेरिकी अनुभवः ठूला शहर ‘हानिकारक’

यस्तो छ अमेरिकी राज्यहरुको राजधानी र विकेन्द्रीकरण


अमेरिका आफैंमा देश नभएर महादेश हो । यो झण्डै सिंगो युरोपजत्रै छ । सम्पूर्ण युरोपको क्षेत्रफल १,०१,८०,००० वर्ग किलोमिटर छ भने अमेरिकाको चाहिँ ९८,३३,००० बर्ग किलोमिटर छ । यत्रो ठूलो भूक्षेत्र भएकाले र इतिहासमा भिन्नभिन्न स्वामित्वमा रहेका भूभागहरुको एकीकृत स्वरुप भएकाले, अमेरिका जन्मँदै संघीय संरचनामा जन्मिएको मुलुक हो ।
अमेरिकाको भव्यता र विकासको आधार भनेको समानुपातिक विकासे अवधारणा पनि हो । यत्रो ठूलो भूगोलमा हरेक सानो स्थानीय इकाईसम्म सरकारको उपस्थिति र सरकारी कामको विकेन्द्रित प्रकृति नै यहाँको एकदम उत्कृष्टता पनि हो । धेरै ठूलो देश भएकाले, अमेरिकाका धेरै राज्यहरु ठूला छन् ।
अलास्काको क्षेत्रफल १४,७७,९५३ वर्ग किलोमिटर छ, जुन नेपाल भन्दा झण्डै १० गुणा ठूलो हो । तर, ध्रुबीय प्रदेश भएकाले यहाँ एकदम थोरै जनसंख्या छ । अमेरिकाको मूलभूमिमा टेक्सास सबै भन्दा ठूलो राज्य हो, जसको क्षेत्रफल ६,७६,५८७ वर्ग किलोमिटर छ, जुन नेपालभन्दा झन्डै ४.६ गुणा ठूलो हो ।
यसैगरी ३७ वटा राज्यको क्षेत्रफल १ लाख वर्ग किलोमिटरभन्दा बढी छ । यसबाट नै अञ्दाज हुन्छ, अमेरिकी राज्यहरुको बनावट । यहाँका राज्यहरुको राजधानी कसरी राखिएको छ र सरकारी कार्यालयहरुको व्यपस्थापनको कुरा नेपालका लागि उपयोगी हुन सक्छ ।
राज्य र यसका राजधानीहरुको कुरा गर्दा जनसंख्या मात्र राज्य होइन, भूगोल पनि राज्य हो भन्ने सापेक्षिक अर्थ अमेरिकाको संघीय राज्यहरुको राजधानी हेर्दा महसुस हुन्छ । झण्डै २५० वर्ष अगाडिदेखि राज्यहरु निर्माण सुरु भएको हो । त्योबेला गरिएका निर्णयहरु अहिले पनि उत्तिकै महत्वपूर्ण छन् ।
राज्यको राजधानी निर्धारण गर्दा बढी जनसंख्यालाई आधार मानिएको देखिँदैन । ठूलो भूगोल भएकाले समानुपातिक विकासको सिद्धान्तलाई आधार मानिएको देखिन्छ । सामुद्रिक किनारा छेउमा बढ्दो सहरीकरणले गर्दा टाढा–टाढाबाट बसाइँ सराइ बढ्ने, रोजगारीको समानुपातिक विकास नहुने भएकाले, ठूला सहरहरुमा राजधानी नराखी भूगोलको बीचमा पर्ने गरी र तुलनात्मकरुपमा साना सहरहरुमा राखिएको पाइन्छ ।
ठूला सहरहरुमा यसै पनि प्रशस्त रोजगारीका अवसरहरु छन्, त्यहाँ अझै सुबिधा थप्दा अन्य क्षेत्रबाट बसाइ सराइको चाप बढ्ने र दुरदराजका गाउँहरु रित्तिदै जान्छन् र मानव शून्य अवस्थामा पुग्छन् भनेर यो कुरा विचार गरिएको छ ।
संसारकै ठूलोमध्ये एउटा न्युयोर्क शहर न्युयोर्क राज्यमा पर्छ । तर, न्युयोर्क राज्यको राजधानी न्युयोर्क चाँहि होइन, अल्बानी हो
संसारकै ठूलोमध्ये एउटा न्युयोर्क शहर न्युयोर्क राज्यमा पर्छ । तर, न्युयोर्क राज्यको राजधानी न्युयोर्क चाँहि होइन, अल्बानी हो, जुन न्युयोर्क सहर भन्दा झन्डै ३०० किलोमिटरको दुरीमा छ । वाशिंगटन राज्यको ठूलो सहर सियाटल हो, यहाँ ओलम्पिक खेल पनि भएको हो, तर वाशिंगटनको राजधानी झण्डै १५० किलोमिटर टाढा ओलम्पिया भन्ने ठाउँमा छ । अर्को ठूलो राज्य क्यालिफोर्नियाका ठूलो सहर सान फ्रान्सिस्को र लस एञ्जलस हुन्, तर राजधानी रहेको सहर साक्रामेण्टो सान फ्रान्सिस्कोबाट १५० किलोमिटर र लस एञ्जलसबाट ६४० किलोमीटर टाढा छ ।
कतिपय राज्यका ठूला सहरहरु राज्यको बीचमा परेको अवस्थामा त्यही सहरमा पनि राजधानी राखिएको छ । जस्तै–जर्जियाको एट्लाण्टा ।
तलको चार्टमा केही राज्यको राजधानी र त्यस राज्यको ठूलो सहर अनि तिनीहरुको बीचको दुरी उल्लेख गरिएको छ ।
अमेरिकी राज्यहरूको राजधानी  ठूला सहरवीचको दुरी

राज्यराजधानीठुलो सहरठुलो सहर र राजधानीको दुरी
न्युयोर्क,अल्बानी,न्युयोर्क,सबैभन्दा ठूलो सहर न्युयोर्कबाट ३०० किलोमिटर टाढा
क्यालिफोर्निया

साक्रामेण्टोसान फ्रान्सिस्को, लस एञ्जलससान फ्रान्सिस्कोबाट 150 किलोमीटर र लस एञ्जलस बाट 640 किलोमीटर टाढा
वाशिंगटनओलम्पियासियाटल150 कि मि
अलाबामा

मोन्टगोमरी बिर्मिङ्घम160 कि मि
अलास्का जुनुअङ्ग्कोरेज1,400 कि मि
फ्लोरिडा तलाहासीमियामी, ज्यक्सन्भिल800 कि मि
इलिनोइस्प्रींगफिल्डसिकागो350 कि मि
 कन्सासटोपेका विचिता250 कि मि
 केन्टकी फ्र्यान्कफर्ट लुइस्भिल100 कि मि
 लुइजियानाबार्टोन रग न्यु ओर्लियन्स140 कि मि
 मेइनअगस्टा पोर्टलेण्ड100 कि मि
मेरिलेण्डअन्नापोलिसबाल्टिमोर55 कि मि
मिनेसोटा सेन्ट पलमिनियापोलिस35 कि मि
मिजौरी जेफर्सन सिटिकन्स्यास सिटि275 कि मि
 मोण्टानाहेलेनाबिल्लिङ्ग्स400 कि मि
 नेब्रास्का लिंकनओमाहा100 कि मि
 न्यु ह्याम्प्शायर कोङ्कर्ड म्यानचेस्टर45 कि मि
न्यु जर्जि ट्रेण्टन न्युअर्क100 कि मि
 नर्थ क्यारोलिनारयाले सार्लोट275 कि मि
नर्थ डकोटा विस्मार्कफार्गो325 कि मि
ओहायो कोलम्बससिन्सिनाती,  क्लिभ्लेण्ड200 कि मि
 ओरेगन सलेम पोर्टलेण्ड100 कि मि
पेन्सिलभेनिया ह्यारिस्बर्गफिलाडेल्फ़िया180 कि मि
 साउथ क्यारोलिना कोलम्बिया चार्ल्स्टन200 कि मि
 साउथ डकोटापियरिसिउक्स फ्लक्स375 कि मि
टेक्ससअस्टिनह्युस्टन275 कि मि
 भर्मोण्ट मोन्टपेलियर बर्लिङ्गटन70 कि मि
 भर्जिनिया रिचमण्ड नोर्फोक160  कि मि , उत्तरी भर्जिनिया मा बाक्लो बस्ति छ, त्यहाँ बाट पनि उस्तै दुरी पर्छ
वाशिंटन ओलिम्पिया सियाटल150 कि मि
 वेस्ट भर्जिनिया चार्ल्स्टन हन्टिंगटन90 कि मि
 विस्कनसिन म्याडिसन मिल्वाकी150 कि मि
मान्छे जहिले पनि सम्भावना र अवसरको खोजीमा रहिरहने हुनाले बसाइँ सराइ जहिले पनि भइरहन्छ । अवसर सबैतिर प्राप्त हुने स्थितिमा जाने र आउने क्रम उस्तै हुनाले जनसांख्यिक असर कम पर्छ । तर, सबै अवसर एकै ठाउँमा थुपार्ने हो भने समयको अन्तरमा गाउँहरु झन् निर्जन हुँदै दुरदराज मान्छेबिनाको ‘भुत गाउँ’ हुने खतरा हुन्छ ।
सुविधाको विकेन्द्रीकरण
अर्को अचम्मको कुरा के छ भने राजधानी भनेर राख्दा सबै कुरा केन्द्रीकृत हुन्छ भनेर कतिपय राज्यस्तरीय कार्यालयहरु विभिन्न ठाउँहरुमा राखिएको हुन्छ । राजधानी भएको ठाउँमा संसद चाहिँ हुन्छ, तर राज्यस्तरीय अदालत र अन्य राज्यस्तरीय कार्यालय चाहिँ हुन्छन् भन्ने छैन । जस्तै–क्यालिफोर्नियाको राजधानी साक्रामेण्टो हो तर, उच्चअदालत १५० किलोमीटर टाढा सान फ्रान्सिस्कोमा छ । केन्द्रीय मन्त्रालय र विभागका कार्यालयहरु राज्यभरिका विभिन्न सहरहरुमा आवश्यकताअनुसार छरिएका छन् ।
सबै अवसर एकै ठाउँमा थुपार्ने हो भने समयको अन्तरमा गाउँहरु झन् निर्जन हुँदै दुरदराज मान्छेबिनाको ‘भुत गाउँ’ हुने खतरा हुन्छ
राज्यस्तरीय कार्यालयहरु सिधै जनसम्पर्कका कार्यालयहरु हुँदैनन् सामान्यतया । तर, पनि त्यहाँ हुने रोजगारीले त्यस स्थानको आर्थिक चक्रमा प्रभाब पारेको हुन्छ । अमेरिकामा कुनै पनि राज्यको राजधानी यस्तो छैन, जहाँ सबै राज्यस्तरीय कार्यालयहरु एकै ठाउँमा होउन् । राज्यभित्र पनि हरेक कुराहरुलाई समानुपातिक तरिकाले छरेर राखिएको छ । कर्मचारीहरुको बसाइले त्यस ठाउँको आर्थिक प्रणाली असर पर्ने हुनाले सकेसम्म छरिएको हुन्छ ।
जनसम्पर्कका कार्यालयहरु पनि सामान्यतया सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म दैनिक ९ घण्टा र शनिबार ८ बजेदेखि दिउँसो १२ बजेसम्म ४ घण्टा गरेर साप्ताहिक ४९ घण्टा सेवा दिन्छन् । कर्मचारीको त्यहीअनुरुप रोटेसन मिलाइएको हुन्छ । त्यो समयको फ्रेममा जुनसुकैबेला पनि सेवा उपलब्ध हुन्छ । सेवा दिने कर्मचारी बाहिर निस्कँदा सट्टामा काम गर्ने अर्को कर्मचारी अघि आइसकेको हुन्छ । धेरैजसो काम त अनलाइनमै गर्ने भएको हुनाले अहिले झन सजिलो नै छ ।
केन्द्रीय सरकारको कामको विकेन्द्रीकरण
सबैलाई लाग्न सक्छ, अमेरिकाको राजधानी वाशिंगटन डीसी भएकाले केन्द्रीय सरकारका काम त्यही मात्र हुन्छन । तर, यो सत्य होइन । उदाहरणका लागि, अमेरिकामा पासपोर्ट बनाउन, निवेदन बुझ्नका लागि हुलाकमा बुझ्ने व्यवस्था गरिएको हुन्छ । सबैले बुझाउने स्थानीय हुलाकमा नै हो ।
पासपोर्ट इस्यु गर्ने सेन्टरहरु वाशिंगटन डीसीमा छैनन् । देशभरि २७ ठाउँबाट मात्रै पासपोर्टको काम हरु हुन्छ । अनि केन्टकी र न्यु ह्याम्प्सायर दुृई ठाउँमा भिसाको काम हुन्छ, जुन राजधानीभन्दा हजारौं किलोमिटर टाढा छन् ।
अमेरिकामा कुनै पनि राज्यको राजधानी यस्तो छैन, जहाँ सबै राज्यस्तरीय कार्यालयहरु एकै ठाउँमा होउन् । राज्यभित्र पनि हरेक कुराहरुलाई समानुपातिक तरिकाले छरेर राखिएको छ
अमेरिकाका लागि बुझाइएका सबै भिसा को फारम त्यसको प्रकृति हेरी या त केण्टुकी पुग्छ, या न्यु ह्याम्प्सायर पुग्छ । केण्टुकी र न्यु हम्प्सायरका ती ठाउँहरुले प्रत्यक्ष र अप्रत्यक्षरुपमा आर्थिक लाभ लिएका छन् ।
त्यस्तै अमेरिकाका क्यालिफोर्निया, नेब्रास्का, टेक्सास, भर्मण्ट र भजिनियामा नागरिकता र आप्रवासनसम्बन्धी काम गर्नका लागि ५ ठाउँमा सर्भिस सेन्टरहरु छन् । यी कुनै ठाउँमा पनि आफू जान पर्दैन, सबैमा अनलाइन अथवा हुलाकबाट बुझाउनुपर्छ ।
विश्वविद्यालयहरु
राज्य सरकारले स्वास्थ्य सेवा र उच्च शिक्षामा उच्च लगानी गरेको छ । विश्वविद्यालयहरु पूर्ण सरकारी हुँदैनन् । स्टेट युनिभर्सिटीहरुमा राज्यको लगानी हुन्छ र बोलीचालीको भाषामा सरकारी विश्वविद्यालय भनेर बुझिन्छ । तर, नेपालको जस्तो पूर्ण सरकारी चाहिँ हुँदैनन् । विश्वविद्यालयले केही निश्चित अनुदान मात्र पाउने हो ।
अमेरिकामा पासपोर्ट बनाउन, निवेदन बुझ्नका लागि हुलाकमा बुझ्ने व्यवस्था गरिएको हुन्छ । सबैले बुझाउने स्थानीय हुलाकमा नै हो
धेरैजसो विश्वविद्यालयहरु ठूला शहरभन्दा बाहिर छरिएका हुन्छन् । ती विश्वविद्यालयको शिक्षक, विद्यार्थी, कर्मचारी र अन्य सरोकारवालाको कारणले त्यहाँ सानो सहर नै निर्माण भएको हुन्छ । बोलीचालीको भाषामा त्यस्तो ठाउँलाई युनिभर्सिटी सीटी भनिन्छ । यसले गर्दा धेरै पर कुनै गाउँमा सहरीकरण भएको हुन्छ, अवसर पुगेको हुन्छ, सहर को भिड र कोलाहल पनि कम भएको हुन्छ ।
अमेरिकाका धेरै विश्वविद्यालयको ठेगाना हेर्नुस् तीमध्ये धेरैजसो चाहिँ केन्द्रीय राजधानी, राज्यको राजधानी अथवा नाम चलेका ठूला सहर मा नभएर धेरै पर, सानो ठाउँमा छन् ।

अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

कानुनमन्त्रीको प्रश्न– प्रदेश राजधानी तोक्ने हामी को हौं ?

२३ पुस, काठमाडौं । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकालेको छ ।
सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने तर प्रदेशका अस्थायी राजधानी नतोकिने कानुनमन्त्री यज्ञबहादुर थापाले अनलाइनखबरलाई बताए ।
मन्त्री थापाले भने– प्रदेशको राजधानी तोक्ने हामी को हौं ? प्रदेशसभाको दुईतिहाई बहुमतले गर्ने काम यो सरकारले गर्दैन । हामी भोलि प्रदेश प्रमुख नियुक्त गर्छौं र तत्काल सपथग्रहण तथा पहिलो बैठक काठमाडौंमै पनि हुन सक्छ ।
देशैभरि आन्दोलनको संकेत
सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै देशका कम्तिमा ७ जिल्लामा आन्दोलन भइरहेको छ । १ नम्बर प्रदेशको धनकुटा र सुनसरीमा आन्दोलन शुरु भएको छ । सो प्रदेशको अस्थायी केन्द्र बिराटनगर तोकिने चर्चासँगै अन्यत्र आन्दोलन भएको हो ।
त्यस्तै २ नम्बर प्रदेशको मुकाम जनकपुर हुने भनिएपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ । ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर तोकिने चर्चासँगै काभ्रेपलाञ्चोकमा आन्दोलन शुरु भएको छ । हेटौंडा र चितवनले पनि असन्तुष्टि जनाइसकेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवा पनि प्रदेश सांसदहरुको सपथग्रहण र प्रदेशका कामकारवाही सञ्चालन गर्ने ठाउँका बारेमा बीचको बाटो खोज्न परामर्शमा रहेको कानून मन्त्री थापाले बताए
प्रदेश नम्बर ५ को अस्थायी केन्द्र दाङ हुने भनिएसँगै बुटवल र नेपालगन्जमा आन्दोलन शुरु भइसकेका छन् । कपिलवस्तुमा समेत राजधानी माग्दै आन्दोलन शुरु भएको छ ।
प्रदेश ७ को मुकाम धनगढी हुने चर्चा आएपछि दिपालयमा आन्दोलन चर्किएको छ ।
जताततै प्रदेश राजधानीको आन्दोलनको आगो चर्किएका बेला सरकार आगोमा घिउ थप्ने पक्षमा नरहेको मन्त्री थापाले बताए । प्रदेश राजधानीको आन्दोलन हिंसात्मक र साम्प्रदायिक हुने खतरा भविश्यमा पनि रहेको उनले दाबी गरे ।
अस्थायी राजधानी नतोकी काठमाडौंमै सपथग्रहण ?
चुनावबाट बहुमत पाएको बामपन्थी गठबन्धन असहिष्णु ढंगले प्रस्तुत भएको र प्रदेशको अस्थायी केन्द्र तोकेपछि असन्तुष्ट भेगको आक्रोशमा खेल्ने कोशिस गरेकाले सरकारले कुनै पनि प्रदेशको अस्थायी केन्द्र नतोक्ने कानून मन्त्री थापाले अनलाइनखबरलाई बताए ।
उनले अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई नभएको प्रष्ट पारे । प्रधानमन्त्री शेरवहादुर देउवा पनि प्रदेश सांसदहरुको सपथग्रहण र प्रदेशका कामकारवाही सञ्चालन गर्ने ठाउँका बारेमा बीचको बाटो खोज्न परामर्शमा रहेको कानून मन्त्री थापाले बताए ।
‘त्यो बीचको बाटो भनेको तत्कालका लागि काठमाडौंमै सपथग्रहण गराउने हुनसक्छ’ मन्त्री थापाले भने ।
प्रदेश सांसदको सपथग्रहण नगरी कुनै पनि काम अघि नबढ्ने भएकाले प्रदेश प्रमखुको नियुक्ति पहिलो प्राथमिकता रहेको थापाले बताए । प्रदेश प्रमुख नभई निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणामसमेत बुझाउन नपाउने भएकाले सोमबारको मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख नियुक्त हुने उनले जानकारी दिए ।
प्रदेश प्रमुख नियुक्ति गर्न सकेसम्म निर्विवाद र भोलिको बामपन्थी सरकारले समेत हटाउन नसक्ने खालका अनुहार खोजिने कानून मन्त्री थापाले बताए ।

‘ट्रम्पलाई राष्ट्रपति बनेको विश्वास नै लागेन, साथीको पत्नी मन पर्छ’

माइकल वुल्फको किताबका पाँच ठूला दाबी


 
२२ पुस, काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि हैरान थिए र उनी आफैंलाई आफ्नो जितमा विश्वास थिएन । यसका साथै हृवाइट हाउसमा आफ्नो सपथ समारोहका दौरान पनि डराएको महसुस भएको थियो ।

यो दाबी एक नयाँ किताबमा गरिएको छ । पत्रकार माइकल वुल्फले आफ्नो किताब ‘फायर एण्ड फ्युरीः इनसाइड द ट्रम्प्स हृवाइट हाउस’ मा लेखेका छन् कि ट्रम्पकी छोरी इन्वाका ट्रम्प पनि अमेरिकी राष्ट्रपति बन्ने इच्छा राख्छिन् ।

यद्यपि हृवाइट हाउसले किताबमा गरिएको दाबी झुटो र भ्रमित गर्ने भएको बताएको छ । तर, माइकल वुल्फले भनेका छन् कि उनको किताब २०० भन्दा बढी अन्तर्वार्तामा आधारित छ । यो किताब शुक्रबार सार्वजनिक भएको छ ।

किताबले गरेको १० दाबीः

१. वुल्फले आफ्नो किताबमा दाबी गरेका छन् कि नोभेम्बर २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आफ्नो जितप्रति हैरान थिए । वुल्फले किताबमा लेखेका छन्, ‘चुनावको रात करिव ८ बजे, जब चुनावको ट्रेन्ड आउन सुरु भयो, तब यो अनुमान लगाउन थालियो कि शायद डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव जित्न सक्छन् । तब ट्रम्पका छोरा ट्रम्प जुनियरले आफ्नो एक साथीलाई भनेका कि शायद उनका छोरा आगामी राष्ट्रपति बन्ने बाला छन् । यो खबरले मेलेनियाको आँखामा आँशु थियो, लगभग एक घन्टापछि स्टिभ बेननको अनुमान सही सावित हुने देखियो । ट्रम्प यो कुरामा विश्वास गरिरहेका थिएनन् कि उनी राष्ट्रपति बनिसकेका छन् ।’

२. शपथ समारोहको आनन्द लिन सकेनन्

वुल्फले लेखेका छन्, ‘ट्रम्प आफ्नो शपथ समारोहको आनन्द लिइरहेका थिएनन् । उनी ए-लेवलको स्टार्स यस समारोहमा नभएकोमा उनी निराश थिए । उनलाई ब्लेयर हाउस पनि खासै मन परेको थिएन र ट्रम्पले आफ्नो पत्नीसँग झगडा गरेको देखिएको थियो । यस्तो लागेको थियो कि मेलेनियाले आँशु झार्नेछिन् ।

यद्यपि मेलेनिया ट्रम्पको निवासले यो दाबी अस्वीकार गरेको छ । एक वक्यक्तमा सञ्चार निर्देशक स्टिफिन गि्रशमले भनेका छन्, ‘श्रीमती ट्रम्पले आफ्नो पतिको राष्ट्रपति चुनाव लड्ने निर्णयको सँधै समर्थन गरिन्, उनले सँधै हौसला बढाए । उनलाई आफ्नो पतिको जितमा विश्वास थियो र जितप्रति खुशी थिइन् ।’

३. ट्रम्पलाई साथीको पत्नी मन परेको छ

किताबको एक खण्डमा लेखिएको छ कि डोनाल्ड ट्रम्प आफ्नो साथीको पत्नीसँग सुत्न मन पराउँछन् र उनलाई लाग्छ कि यस्तो गर्दा जिन्दगी जिउन लायक बन्छ ।

‘उनी आफ्नो साथीको पत्नीको पिछा गर्छन् र त्यसक्रममा उनी प्रयास गर्छन् कि साथीको पत्नीसँग नजिक पुग्न सकौं, जोआफ्नो पतिसँग खुसी छैनन् ।’

४. अलग-अलग कोठामा सुत्छन् ट्रम्प र मेलेनिया

वुल्फले आफ्नो किताबमा लेखेका छन् कि डोनाल्ड ट्रम्प हृवाइट हाउसमा डराएको जस्तो देखिन्छन् ।

‘ट्रम्पलाई हृवाइट हाउस खास मन परेको छैन, यहाँसम्म कि उनी केही डराएको जस्तो देखिन्छन् । उनले आफ्नो बेडरुम पनि परिर्वतन गरेका छन् । क्यानेडीपछि पहिलो पटक कुनै पनि जोडी हृवाइट हाउसमा अलग अलग कोठामा रहे । ट्रम्पको कोठामा पहिल्यै टीभी थियो तर, पनि उनले पहिलो दिन नै दुई टीभी अडर गरे । साथै उनले कोठाका लागि ताला पनि मगाए ।’

५. इन्वाका बन्न चाहन्छिन् राष्ट्रपति

डोनाल्ट ट्रम्पकी छोरी इन्वाकाले आगामी दिनमा अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छिन् । वुल्फका अनुसार इन्वाका र उनका पतिले यसबारे सम्झौता पनि गरेका छन् ।

‘उनीहरुले निकै सोचविचार गरेर यो फैसला गरेका छन् कि वेष्ट विंगका काम सम्हालेनछन् । दुबैले मिलेर यो सोचेका छन् सक आगामी दिनमा मौका मिल्यो भने इन्वाका राष्ट्रपति चुनाव लड्न सक्छिन् । अमेरिकाको पहिलो महिला राष्ट्रपति हुन सक्छिन् ।’

जनकपुरमा एका विहानै एक महिला मृत भेटिए


जनकपुरधाम, २२ पुस ।
एकाविहानै जनकपुरमा एक अधबैसैँ महिला मृत अवस्थामा फेला परेको छ ।
जनकपुर उपमहानगरपाकिा वडा नं. ८ रामानन्दचोक स्थित विहानै एक महिलाको बेबारिसे शव फेला परेको हो  । 

मृतक महिला महोत्तरीको लोहरपटटी नगरपालिका वडा नं. ४ खुटटा पिपरारी बस्ने अन्दाजी बर्ष ५१ की रतिया देवी यादव  रहेको स्थानीयहरुले जनाएका छन् ।
तरकारीको व्यापारी गर्दै आएकी रतिया देवी यादव लाई राती नै कसैले हत्या गरी बसको मुनी फालेको आशँका गरिएको छ ।  मृत अवस्थामा मर्निँग वाकमा निस्केका स्थानीयहरुले देखेपछि प्रहरीलाई जानकारी गराइएको हो । 


यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायक उपरीक्षक डिएसपी प्रविन धितालले प्रहरीको टोली घटनास्थल पुगी सकेको जनाएका छन् ।
हत्या कसले र किन गरिएको हो भनेर अनुसन्धान पोष्टमार्टमपछि गरिने प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि जनकपुरमा अञ्चल अस्पतालमा पठाइएको डिएसपी धितालले न्युज ब्युरोलाई बताए ।
घटनाको थप विवरण प्रहरीको अनुसन्धान अनुसार आउन बाँकी छ । 

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम


२ पुस, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।

नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।

हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ ।अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

दाङको तुल्सीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘तत्कालै त्यस्तो योजना छैन, अहिले पाइलट पनि छैनन्, विमान पनि कम छन् । भएका गन्तव्यमै नियमित उडान भर्न समस्या छ, पछि विमान थपिए विस्तार गरिन्छ ।’

निगमले सानो विमानले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।

निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।

९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

२२ पुस, पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए । एमाले र माओवादी दुबै पार्टीले पार्टीको पोजिसनलाई अडानका रुपमा नलिएको र आगामी दिनमा पनि नलिने स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि ।’
ज्ञवालीले ८/९ रेक्टर स्केलको भूकम्प आएपनि पार्टी एकता नतोडिने दाबी गरे । देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुने उनको दाबी छ ।
दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए ।
अहिले पार्टी एकता भाँड्ने नियतले अनुमानको खेती र टिका टिप्पणी हुने गरेको सुनाउँदै एमाले सचिव ज्ञवालीले दुई अध्यक्ष प्रचण्ड र ओली नभेट्दैमा र एकता संयोजन समितिको बैठक नबस्दैमा एकता नभाँडिने दाबी थियो ।
एमाले सचिव ज्ञवालीले शेरदबहादुर देउवा नेतृत्वको सरकार संघीयताप्रति ईमान्दार रहेको आरोप समेत लगाएका छन् । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसकेको भन्दै उनले भने, ‘सरकार संघीयताप्रति इमान्दार छैन, यसप्रति सरकार र सरकारबादी दलहरुको ओंठेभक्ति मात्रै हो ।’

प्रदेश मुकाम अस्थायी रुपमा तोक्न लागिएको भन्दै उनले तरंगित हुन नपर्ने बताए । साथै प्रदेश मुकाम तोक्न माग गर्दै भइरहेको आन्दोलन स्थगित गर्न आग्रह गरे ।
Powered by Blogger.