Thursday, January 4, 2018

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं — निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ ।

शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन भएको विज्ञ समूहले यस्तो मुल्याङकनको आधारमा कमजोर विद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक स्तर उकास्न ध्यान दिनुपर्ने सुझाव दिएको छ । सुझावमा भनिएको छ, ‘त्यसो नगर्ने विद्यालयलाई स्थानीय सरकारले सुध्रन सघाउने वा नसिहत दिने प्रबन्ध गर्नुपर्छ ।’
सुरेशराज शर्मा, सुसन आचार्य, बासुदेव काफ्ले, प्रेमनारायाण अर्याल, टंकनाथ शर्मा, विनय कुशियत, युवराज संगौला, लेखनाथ शर्मा, मिनबहादुर बिष्ट, पशुपति रेग्मी, धुव्रराज थापा र शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल सदस्य रहेको समूहले दिएको प्रतिवेदनको आधारमा आयोग र कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउने छ । 
विज्ञ समूहले परीक्षा मर्यादित बनाउन किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । ‘चोरीलाई ‘मर्यादित चोरी’ मा बदल्न विद्यार्थीहरुलाई भर्ना हुनासाथ अनिवार्य रुपले उद्दरण लेख्ने तथा प्याराफ्रेज गर्ने तरिकाहरु सिकाउनुपर्छ,’ विज्ञको प्रतिवेदनमा भनिएको छ, ‘निश्चित उत्तर आउने अहिलेको प्रश्न बनाउने परिपाटी बदलेर व्यवहार, सिद्धान्त, दर्शन र अनुभव मिसाई उत्तर दिनुपर्ने प्रश्नपत्रहरु लागु गरिनुपर्छ ।’ 
विश्वविद्यालय अनुदान आयोगलाई उच्च शिक्षा आयोगमा रुपान्तरित गर्न पनि विज्ञ समूहले सुझाव दिइएको छ । 

रुपन्देहीको देवदहमा गोली हानी व्यवसायीको हत्या

२१ पुस, बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।
अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।
घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।
मृतक फर्निचर व्यवसायी हुन् ।

US and Pakistan no longer friends, says Pakistan's foreign minister

In a very aggressive TV interview Pakistan's foreign minister accused US of betrayal. However, Pakistan army maintained that USA is still an ally


Pakistan's Foreign Minister Khawaja Asif has declared US and Pakistan are no longer friends and the bilateral ties need a serious revisit. He, in fact, was so acerbic during an interview that he went on the say that US was a friend who always betrayed and added that in case of any US aggression, "Pakistan would respond in a manner that would reflect the nation's will."

"The US behaviour is neither that of an ally nor of a friend. It is a friend who always betrays," Asif said in a television interview. He said Pakistan could survive without the US assistance as it had done during the Pressler Amendment, "They did it in the past as well, which is evident from our history. They have always betrayed us in hard times." He also advocated a tough resolution by the Pakistani parliament on the issue reflecting the national sentiment.

Pakistan's Foreign Minister doubted US motives in Afghanistan, blaming a nexus between US and India as, according to him, instability in the region suits both, "They, the US and allies, have best and highly equipped forces. How come they could not perform in Afghanistan? Why there is 9000 tons of opium being produced in Afghanistan and why is Daesh present there in as much as nine provinces."

Asif asserted that his views on the matter should be seen as Pakistan's official response as "he had no individual worth and he was just a public representative."

Asif's blunt remarks contradict the stand taken by the Pakistan Army on US President Donald Trump's latest accusation that Pakistan has given the US nothing but lies and deceit thinking of US leaders as fools and now is the time to stop the financial aid to Pakistan. He blamed Pakistan for giving safe haven to the terrorists the US hunts in Afghanistan in spite of receiving $33 Billion of US aid in last 15 years.

After Trump's latest accusation, the US withheld scheduled $255 million military financial assistance to Pakistan. The White House released a statement asking Pakistan to do more in the war on terror and today came up with a list of 27 Haqqani Network terrorists and wants action against them by 15 January.

In Pakistan Army's first official response yesterday, Maj Gen Asif Ghafoor, Director-General (DG) of the Inter-Services Public Relations (ISPR), the media wing of the Pakistan Army, though had said that no amount of coercion could dictate Pakistan but had also added that* "as far as Pakistan was concerned, it considered them (the US) as allies" declaring that "the Pakistan-US relationship has had its ups and downs but still, they were friends."

When asked about reports emerging that the US is not willing to consider Pakistan a friend and ally anymore, he said Pakistan could have chosen the erstwhile USSR as its ally but instead preferred the US and still considers the country as its ally.


He, in fact, termed the US-Pakistan tension an issue of misunderstanding. He said Pakistan had taken action against the Haqqani Network but the US should give some time for its effects to become visible, "effects of these operations cannot be visible immediately. Only time will show how effective these operations were in establishing peace within the region."

फोरम नेपालको संशोधित समानुपतिक सूची : यि हुन भाग्यमानी जसको नाम छनौट भयो ?


काठमाडौं, २० पुस । संघीय समाजवादी फोरम नेपालले प्रदेशसभाको समानुपातिक नामावलीको संशोधन गरेको छ । यसअघि बुझाएको नामावलीमा क्रमसँख्या र समावेशी समूह अनुसार नमिलेको भन्दै सच्याउन भनि आयोगल पठाएको पत्र अनुसार फोरम नेपालले आज सच्याएर नाम बुझाएको छ ।
बुझाएको नामावलीमा रामकुमारी यादवको ठाउँमा राधा थापाको नाम राखिएको छ भने सीमा सिंहको ठाउँमा सुनिता देवी मोचीको नामा राखिएको छ ।
त्यस्तै, विन्दु कुमारी यादवको ठाउँमा राघिनी देवी वर्णवाल, गीता कुमारी श्रीवास्तवको ठाउँमा पूर्मति देवी दिंगा र लक्ष्मी चौधरीको ठाउँमा सुमन रायमाझीको नाम राखिएको आयोग स्रोतले जनाएको छ ।
साभारः रातोपाटी

प्रदेश २ : राजपा र फोरमको संयुक्त सरकार बनाउने कसरत सुरु


काठमाडौं, २१ पुस । प्रदेश २ मा राजपा र फोरम मिलेर प्रदेश सरकार बनाउने तयारी गरेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन गरेर निर्वाचनमा होमिएका दुई दलको प्रदेश २ मा बहुमत छ । निर्वाचनमा जाँदा प्रदेशमा मधेसको अधिकार प्राप्ति र विकासका लागि सरकार निर्माणको जनमत दिन आग्रह गरेको र जनताले विश्वास गर्दै म्यान्डेट दिएकाले, त्यसबाट दायाँबायाँ नगर्ने उनीहरूले बताएका छन् । यद्यपि, सरकार निर्माणको औपचारिक निर्णय भने प्रदेशका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि गर्ने दुवै पार्टीका नेताहरूको भनाइ छ ।
राजपा महामन्त्री जितेन्द्र सोनलले प्रदेश २ मा जनम्यान्डेट राजपा र फोरम मिलेर सरकार निर्माण गर्ने भएकाले आफुहरू जनताको विश्वासअनुरूप अघि बढ्ने बताए । ‘प्रदेश २ मा जनताले राजपा र फोरमको गठबन्धनलाई विश्वास गरेर सरकार निर्माणको म्यान्डेट दिएका छन्,’ सोनलले नयाँ पत्रिकासँग भने, ‘त्यो म्यान्डेटको कदर गर्दै हामी प्रदेश सरकार निर्माण गर्छौँ ।’
प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी प्रदेश २ मा सांसद संख्या एक सय ७ छ । त्यहाँ सरकार निर्माणका लागि ५४ सांसद आवश्यक पर्छ । राजपाको प्रत्यक्षमा १५ र समानुपातिकमा १० गरी २५ र फोरमको प्रत्यक्षमा २० र समानुपातिकमा ९ गरी २९ सांसद छन् । दुई दलका सांसद जोड्दा बहुमतका लागि आवश्यक पर्ने ५४ सिट पुग्छ । एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा ८ गरी २१, कांग्रेसले प्रत्यक्षमा ८, समानुपातिकमा ११ गरी १९ र माओवादीले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएका छन् । प्रदेश २ मा एकजना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य डा. शिवजी यादवले प्रदेश २ मा जनमतको कदर गर्दै राजपा र फोरमले सरकार निर्माण गर्ने बताए । ‘प्रदेश २ मा जनताले राजपा र फोरमलाई सरकार निर्माणको म्यान्डेट दिएका छन्, जनमतको कदर गर्दै दुई दल मिलेर सरकार निर्माण गर्छौँ,’ डा. यादवले नयाँ पत्रिकासँग भने, ‘संघीयताको मूल फुटाएको मधेसमा हामी कार्यान्वयनको पनि नमुना बनेर देखाउँछौँ ।’
पदीय भागबन्डा सांसदको शपथपछि
प्रदेशमा सरकार निर्माण गर्न दुवै दल सहमत भए पनि औपचारिक निर्णय भने गरेका छैनन् । सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गरेपछि पहिला पार्टीमा आन्तरिक छलफल गरेर दुई पार्टीबीच छलफल गरी पदीय भागबन्डा टुंग्याउने उनीहरूको तयारी छ । ‘पहिला प्रदेशको मुकाम र प्रदेश प्रमुख तोकियोस्, सांसदहरूले शपथ लिऊन्, त्यसपछि सरकार गठनको प्रक्रिया थालनी गर्न दुई दल औपचारिक वार्ता गर्छौँ,’ सोनलले भने । पदीय भागबन्डाका विषयमा अहिल्यै केही निक्र्याैल निस्किनसकेको उनको भनाइ छ ।
यता, फोरमका केन्द्रीय सदस्य डा. यादवले आफूहरूको राजपाभन्दा धेरै सिट रहेकाले मुख्य मन्त्रीमा स्वतः दाबी रहने बताए । ‘प्रदेशमा राजपाको भन्दा हाम्रो चार सिट बढी छ, त्यसैले मुख्यमन्त्रीमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ यादवले भने, ‘अन्य पदहरू दुई दलबीचको सहमतिमा टुंग्याउँछौँ ।’ राजपा महामन्त्री सोनलले सहमतिमा पदको बाँडफाँड गरिने बताए । कुन पार्टीलाई के पद दिने भन्ने विषयमा शीर्ष नेताबीच सहमति हुने सोनलको भनाइ छ ।
दुवै दलमा मुख्यमन्त्रीका आकांक्षी
फोरमले आफ्नो धेरै सिट रहेकाले मुख्यमन्त्री स्वतः आफुले पाउनुपर्ने बताए पनि राजपाका प्रदेश सभामा निर्वाचित सांसदहरू पनि मुख्यमन्त्री बन्नलाई लबिङ गरिरहेका छन् । राजपाबाट महामन्त्रीद्वय जितेन्द्र सोनल र मनीष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । सोनल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सुमन अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोनिकट मानिन्छन् । पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने सोनलको भनाइ छ ।
‘पार्टीगत पद्धतिमा पार्टीले निर्णय गर्ने हो, जसलाई गर्छ, त्यही मुख्यमन्त्री हुन्छ, हामी मान्न तयार छौँ,’ सोनलले भने । फोरमबाट उपाध्यक्ष लालबाबु राउतको चर्चा छ । तर, केन्द्रीय सदस्य डा. शिवजी यादवले भने मुख्यमन्त्रीका रूपमा पार्टीले कसैलाई पनि अघि नसारेको बताए । ‘अहिलेसम्म कसैलाई मुख्यमन्त्रीका रूपमा हामीले प्रचार गरेका छैनौँ,’ यादवले भने, ‘पार्टीले मुख्यमन्त्री पाउनुपर्छ, पाउँछ । त्यो पदमा को व्यक्तिलाई पठाउने भन्नेबारे पार्टीले उचित समयमा उचित निर्णय लिन्छ ।’ साभारःः नयाँ पत्रिका

प्रादेशिक राजधानी बनाउन माग सहित वीरगञ्जमा रिले अनसन सुरु


वीरगञ्ज, २१ पुस । वीरगञ्जलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाउन माग गर्दै विभिन्न राजनीतिक दलका अगुवा संगै नागरिक समाजका ब्याक्तित्वहरुको सहभागीमा रिले अनशन सुरु भएको छ

वीरगञ्जको स्थानीइ घण्टाघर नजिकै रिले अनसन सुरु भएको हो । अनसनमा नागरिक समाजका अगुवा, युवा, विद्यार्थी, व्यापारी तथा स्थानीय सबै पार्टीका नेताहरुको सक्रिय सहभागिता रहेको छ । आज अनसनमा सहभागि भएका अनसनकारीहरुलाई फुलमाला लगायर बिरगंजका मेयर बिजय सरावगीले स्वागत गरेका थिए ।

प्रेममा किन हुन्छ धोका ? यी हुन् कारण !


अक्सर धेरैको जीवन प्रेम र ब्रेकअपको गोलचक्करमा घुमिरहेको हुन्छ । यो नव-यौवना जोडीको मात्र कुरा होइन, पति-पत्नीबीच पनि यस्तो हुन्छ । विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ ।
प्रेमी-प्रेमिकाको त कुरै छाडौं । धेरैजसाको सम्बन्ध दिगो हुँदैन । प्रेम गर्ने, ठाकठुक पर्ने, ब्रेकअप हुने क्रम उनीहरुमा चलिरहन्छ ।
प्रेम सम्बन्ध किन सधै सुमधुर हुँदैन ? किन ब्रेकअप हुन्छ ? किन एकअर्काले धोका दिन्छ ?
यसमा अनेक कारण हुनसक्छ । भनिन्छ, प्रेम विश्वासमा टिकेको हुन्छ । त्यसैले प्रेम सम्बन्धलाई जोड्ने सबैभन्दा मूख्य तत्व हो, विश्वास । त्यससँगै समझदारी आवश्यक हुन्छ । एकअर्कालाई गर्नै केयरिङ त छँदैछ ।
यद्यपी विविध कारणले दम्पती वा प्रेम जोडीबीचको समबन्धमा दुई चिरा पर्छ । उनीहरुले एक अर्कालाई धोका दिन थाल्छ । किन ?
बाहिरी आकर्षण
आफ्नो प्रेमी/प्रेमिका वा श्रीमान/श्रीमती हुँदाहुँदै तेस्रो व्यक्तितर्फ आकषिर्त हुनु धोकाको पहिलो कारण हो । मानिसलाई आफ्नो घरभन्दा बाहिर सम्वन्ध बढाउँदा रोमाञ्च र आनन्द मिल्छ । तर उनीहरु भुल्न पुग्छन् कि यस्तो सम्वन्ध अन्ततः घातक हुनेछ । मानिसहरु आफ्नो जीवनमा केही नयाँपन ल्याउने लालसामा घरबाहिर सम्वन्ध गाँस्न पुग्छन् ।
शारीरिक सम्वन्ध पनि प्रेममा धोकाको एउटा ठूलो कारण हो । नयाँ व्यक्तिसँग सेक्सको चाहले पनि अक्सर पुरुष वा महिलाहरुलाई आफ्नो पार्टनरसँग धोकाका लागि उक्साउँछ । यस्ता व्यक्तिहरुमा असन्तोषको भावना हुन्छ जसले गर्दा उनीहरु घरभन्दा बाहिर सम्वन्ध गाँस्न पुग्छन् ।
घरभित्रको असन्तोष
कैयन मानिसहरुले धोका दिने एउटा अर्को कारण हो आफ्नो घरभित्र खुशी प्राप्त नहुनु । एक अनलाइन सर्भेक्षणमा ५५ प्रतिशत मानिसहरुले आफूहरु घरभित्रको सम्वन्धबाट खुशी नभएर बाहिर सम्वन्ध गाँस्न पुगेको बताएका छन् । यस्तो बताउनेमा ३५ प्रतिशत महिलाहरु पनि थिए ।
बदलाको भावना
कहिलेकाहीँ बदलाको भावनाले पनि ‘धोका’ लाई जन्माउँछ । आफूलाई विगतमा कुनै प्रकारको हानी पुर्‍याएको व्यक्तिलाई बदला लिन खोज्नु मानवीय प्रवृत्ति नै हो । यस्तो अवस्थामा आफ्नो अहंकार सन्तुष्ट पार्नका लागि उसले धोकाको सहारा लिन्छ । उ आफ्नो प्रेमी/प्रेमिकासामु यो सावित गर्न चाहन्छ कि उसलाई चाहनेहरुको यो संसारमा कमि छैन ।

उपेन्द्र यादवलाई ११.२५ किलोको माला

राम्रा योजना बनाएर दिन जनप्रतिनिधीहरुसँग आग्रह

 सप्तरी क्षत्रे नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ११ किलोको माला लगाएर स्वागत गरिएको छ । प्रदेश सभाका सदस्यहरुलाई ६/६ किलोको माला लगाएर स्वागत गरिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, कार्यकारी अधिकृत उमेश यादव तथा कर्मचारीहरुले बुधबार यादवलाई ११ किलोको मालाले स्वागत गरेका हुन् । प्रदेश सभा २ को १ का सदस्य शैलेन्द्र साह तथा २ को २ का सदस्य मनिष सुमनलाई ६/६ किलोको मालाले स्वागत गरे ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै एक महिनापछि विकासे छलफलकासप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधीसभा, प्रदेशसभाका सदस्य, जनप्रतिनिधि र कर्मचारी प्रमुखहरु भेला भएका थिए । छलफल कार्यक्रममा राजविराज नगरपालिकासहित तिलाठी-कोइलाडी, महदेवा र छिन्नमस्ता गाउँपालिकाका प्रमुख, उप-प्रमुख र केहि वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले स्थानीयस्तरमा राम्रो योजना बनाउन जनप्रतिनिधीहरुसँग आग्रह गरे ।
उनले जनताको भावना अनुसार योजना बनाएर अघि बढ्न आग्रह गर्दै भने, “जनताको भावनालाई समेटेर राम्रो योजना बनाउनुस् । स्थानीय तहमा कार्यान्वयन हुने तपाईंहरु कार्यान्वयन गर्नुस् ।”
उनले राजविराजलाई मुटु मानेर लिंक रोडहरु जोड्नका निम्ति सबै सडकहरुको मर्मत सम्भार र निर्माण गर्नका निम्ति सबैले तदारुकता देखाउनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्यद्व शैलेन्द्र साह र मनिष सुमनले पनि प्रदेशस्तरमा कार्यान्वयन गराउनका निम्ति राम्रा योजनाहरु दिन जनप्रतिनिधीहरुसँग आग्रह गरे ।

मधेसी पुत्र-२ का लागि जनकपुरका कलाकारहरु समेत सडक तताउने


जनकपुरधाम । मैथिली भाषाका फिल्म मधेसी पुत्र-२ मा नेपाल सेन्सर बोर्डले कैँची चलाएपछि सेन्सर पास गर्नुपर्ने माग गर्दै सडक तताएका छन् ।
फिल्मलाई सेन्सर पास गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाका सिनेकर्मी, नाटककर्मीहरु दबाबमुलक रयालीहरुलाई निरन्तरता दिएको छ ।
यसैबीच, शुक्रबार भोली जनकपुरका कलाकारहरु समेत सडक तताउने भएको छ ।
जनकपुरका सिनेकर्मी, नाटककर्मी लगायत सम्पूर्ण कलाकारहरु शुक्रबार दिउँसो १ बजेदेखि दबाबमूलक रयाली निकाल्ने भएको छ ।
दबाबमूलक रयाली जनकपुरको जनकचोकदेखि सुरु हुँदै जानकी मन्दिर, अस्पतालरोड हुँदै रामानन्दचोक तथा पिडारीचोक हुँदै थापाचोक, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै पुनः जनकचोकमा कोणसभा गरिने जनाइएको छ ।
दबाबमूलक रयालीमा मिनापका कलाकार, रँग दर्पणका कलाकार, टिभी कलाकार सहित फिल्मका सम्पूर्ण युनिट समेत सहभागी हुने जनाइएको छ ।
फिल्म मधेसी पुत्र २ मा स्वतन्त्र मधेस गठबन्धनका सँयोजक सिके राउतको भूमिका राखेको भन्दै सिके राउतको भूमिकालाई हटाउन सेन्सर बोर्डले फिल्म कम्पनीलाई पत्राचार गरेपछि कलाकारहरु त्यसको विरोधमा उत्रेका हुन् ।
सेन्सर बोर्डको पत्रमा डा. सिके राउतको भूमिका हटाउनुका साथै प्रयोग गरिएको केही शब्दहरु म्युट गरेपछि मात्र फिल्मको सेन्सर पास गर्ने भनेर लेखेका छन् ।
फिल्मको मधेसको समाजिक, वर्तमान अवस्थालाई दर्साएको भएकोले सम्पूर्ण युवा, विद्यार्थी, व्यापारी वर्गहरु रयालीमा सहभागी हुन अनुरोध समेत गरिएको छ ।

जाडो विदा अगावै विद्यालयहरु बन्द


जनकपुरधाम । तराईमा बढदो चिसोको कारण सामुदायिक विद्यालयहरु बन्द भएका छन् । जस्ताको छाना, झ्याल ढोकाहरुको अभाव रहेको सामुदायिक विद्यालयहरुमा चिसोको कारण विद्यार्थीहरुको उपस्थिति कम हुन थालेको थियो । तर निजी विद्यालयहरु चालु छन् । दिन रात नै चिसो हावा चलिरहेको कारण तापक्रम घटेको छ ।
एकनासले २४ घण्टा नै चिसो हावा चलिरहेको कारण मध्य तराईको तापक्रम घटेको छ । रातदिन एकै नास जस्तो तापक्रम रहने गरेको कारण अत्यधिक जाडो बढेको छ । तराईमा सरदर न्यून्तम तापक्रम ८ दसमलव ८ डिग्री सेल्सियस र  अधिकतम् तापक्रम   १२ दसमलव ६ डिग्री  सेल्सियस रहेको देखिन्छ । कठ्याग्रिदो जाडोको कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्युन हुन थालेपछि विदा दिईएको छ ।
सामुदायिक विद्यालयहरुमा झ्याल ढोकाको कमि र जस्ताको छानाको कारण बढि नै चिसो हुने गरेको विद्यार्थीहरु बताउँछन् ।रातभरि छानामा परेको सितले बिहान कोठाहरुमा अत्यधिक चिसो लाग्दा छात्रछात्राहरुले जाडो लाग्न थालेपछि विदा दिएको बताए ।महोत्तरी जिल्लाको दुर्गा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त छात्र जितेन्द्र कुमार महतोले माथिल्लो कक्षा भन्दा तल्लो कक्षाका विद्यार्थीहरुमा बढी जाडो लाग्ने गरेको बताए ।
‘साना बालबालिकाहरु पढने कोठामा त झ्याल, ढोका केहि छैन्’ उनले भने, ‘ जाडो बढेपछि विद्यार्थीहरुको संख्या एक दम पातलिएको थियो ।’
तराईमा पुस र माघ महिनामा सर्वाधिक जाडो हुने गरेको छ । खासगरि मध्य पुसदेखि मध्य माघ सम्मको कठ्याँग्रिदो चिसोमा बालबालिकाहरुलाई जोगाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।
चिसो अत्यधिक बढेको कारण विद्यालयहरुमा जाडो विदा दिईएको छ । प्रदेश नम्बर २ का जिल्लाहरुमा सामुदायिक विद्यालयहरुमा दिईएको विदामा एकरुपता देखिएको छैन् । जिल्लाहरुमा ३ दिन देखि दुई हप्ता सम्म विद्यालयहरु बन्द गरिएका छन् । जाडो विदा भन्दा अगावै चिसो बढेकोले केहि पहिले नै विदा दिईएको जिल्ला शिक्षा अधिकारीहरुले जनाएका छन् । अगावै दिईएको विदालाई जाडो  विदामा समायोजन गर्ने धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले जनाए ।
‘जाडो विदा भन्दा केहि दिन अगावै विद्यालय बन्द भएको छ ’उनले भने, ‘ नियमित जाडो विदामा हालको विदा समायोजन गरिनेछ ।’
सामुदायिक विद्यालयहरु बन्द भएपनि निजी विद्यालयहरुमा पठनपाठन बन्द भएको छैन् । तर शिक्षा अधिकारी खड्काले निजी विद्यालयहरुलाई पनि बन्द गर्न आग्रह गरिएको बताए ।

जाडोका कारण नेपाली सेनाबाट चिया र आगोको व्यवस्था

महोत्तरी :  अति जाडोकाकारण बेला नेपाली सेनाले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको पाँच स्थानमा तातो चिया बाँड्नाका साथै दाउरा बालेको छ


जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले आज बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताउनुभयो ।

सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर र चिया पिलाएको थियो ।

प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल


प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।




सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।” उहाँले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि कुनै ढिलाइ आफूहरुलाई सैह्य नहुने अवगत गराएको जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसका सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,
काँग्रेस नेताहरु विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरु सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, माओवादी नेताहरु श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत


लहान– हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर 
छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।  लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।
यो आँखा अस्पताल प्रदेश नम्बर २ का लागि ‘चिकित्सा पर्यटन’ को बलियो स्रोत बनेको छ । चिकित्सा पर्यटनले लहान नगरको व्यापारलाई बढाएको छ । यो अस्पतालले यस क्षेत्रका करिब चारसय नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘यसबाट होटेल, लज र खुद्रे पसलको ब्यापारमा वृद्धि भएको छ । ‘रोजगारीका अवसरहरु पनि सिर्जना भएका छन्,’ अस्पताल प्रबन्धन अभिषेक रोशनले भने, ‘कूल विरामीमा झन्डै ६० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ ।’
गुणस्तरीय, सस्तो र सबैखाले सहजताले उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए । यो अस्पताल बिरामीले तिर्ने न्युन्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ । यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३ सय २० चिकित्साकर्मी एवं प्रसासनिक कर्मचारी छन् ।
अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या ३ लाख ४५ हजार र शल्यक्रिया गराउनेहरुको संख्या करिब ६० हजार छ । गत वर्ष जचाउन आउने बिरामीको संख्या ३ लाख ३८ हजार ५ सय ४५ र शल्यक्रिया गराउनेहरुको संख्या ५४ हजार थियो । गत वर्षको तुलनामा यो तत्यांक निकै बढी हो ।
उक्त अस्पतालमा दैनिक औसत आउने ७ सय आँखाका बिरामीमा ४० प्रतिशतमात्र स्थानीय नेपाली हुन्छन् । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्र्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैर नाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।
यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन(स्वीकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन सल्यक्रिया यहाँ हुन्छ । यहाँ चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ ।
बस्न लाग्ने खर्च, औषधिसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक रोशनका अनुसार यस वर्ष मंगलबारसम्म शल्यक्रिया गराएका ५८ हजार ९ सय १७ गराएका आँखा बिरामीमा ७३ प्रतिशत मोतिया बिन्दुका र अन्यमा, रेटिना एवं जलबिन्दुलगायतका छन् ।
प्रबन्धक रोशनले भने, ४८ रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ । ‘नेपालमा मात्र नभइ अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं ।’ यही उपचार अन्य आँखा अस्पतालमा गराउँदा २४ हजारदेखि २ लाख रुपैयाँसम्म पर्छ,’ उनले भने ।
‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं,’ उनले भने । बढी रकम खर्चेरमात्र स्तरीय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको यो अस्पताल सशक्त जवाफ भएको उनले बताए ।
दायाँ आँखाको मोतीबिन्दुको शल्यक्रिया गराएको महिना दिनपछि बायाँ आाँखाको मोती बिन्दु शल्यक्रिया गराउन आएका भारत विहार अररिया जिल्लाका रामचरित्र सिंह भन्छन्, ‘उतै(विहारमै) थुप्रै अस्पताल छन्, तर भरपर्दो उपचार छैन ।’ उनले थपे, ‘यहाँको उपचार भरपर्दो भएकाले उपचारका निम्ति आएका हौँ ।’ मेरो मात्र नभएर धेरै मानिसको भरपर्दो आँखा उपचार केन्द्रको रुपमा यो अस्पतालले विश्वास जितेको सिंहको भनाइ छ ।
शल्यक्रियाको संख्या, उपलब्ध सुविधा, न्युन्तम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले यो अस्पताल विश्वका उत्कृष्ट आँखा अस्पतालहरुको सूचीमा पर्छ । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको अस्पताल प्रसानले जनाएको छ । यहाँ दृष्टिविहीन नेपाली बिरामीले १३ हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउँन सक्छन् । यो सेवा यस अस्पतालले मंगलबारबाट मात्र सुरु गरेको छ ।
मंगलबार भारत विहार राज्य भिमनगरकी मनसरीदेवी सदायलाई दायाँ आँखाको नानी प्रत्यारोपन गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पतालका कोर्निया विज्ञ डा. रीना यादवले उनको आँखाको नानी प्रत्यारोपन गरेकी थिइन् ।  आर्थिक विपन्न उनको आँखाको नानी प्रत्यारोपन निःशुल्क गरिएको अस्पताल प्रबन्धक रोशनले बताए ।
नेत्र विशेषज्ञका लागि ‘पाठशाला’
आँखा उपचारमा नाम कमाएको सगरमाथा चौधरी आँखा अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलोसमेत हो । अस्पतालले नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृती लिएर ‘नेत्र विशेषज्ञ कोर्ष’ अध्यापन गराउँदै आएको छ ।
गुणस्तरीय सेवा र आधुनिक शल्यप्रविधिका कारण विदेशमा पनि नाम फैलाउन सफल यो अस्पताल नेत्र विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रुपमा समेत चिनिन थालेको छ । गुणस्तरसँगै विरामीको चापका कारण विश्वभरिका नेत्रविशेषज्ञले यो अस्पताललाई हबका रुपमा लिएको प्रबन्धक रोशनले बताए ।
अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविष्कार ‘फिस हुक’ प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया विदेशी नेत्रविशेषज्ञका लागि नौलो र अनुकरणीय बनेको रोशनले बताए । यो प्रविधि सिक्न न्युजिल्यान्ड, भारत, अमेरिका, इजिप्ट, साउदी अरेबीयाका नेत्रविशेषज्ञहरु पनि यहाँ आएर फिस हुक प्रविधि सिक्ने गरेको अस्पताल प्रसाशनले जनाएको छ ।
इन्डोनेसियाका तीन जना नेत्रविशेषज्ञ एक महिने ‘फेको इमलसिफिकेशन’ तालिम लिएर भर्खैरै फर्किएको रोशनले बताए ।
लहानका समाजसेवी अशोक अमात्यका अनुसार लहान आँखा अस्पताल यो प्रदेशका लागि बलियो स्रोत हो । यो स्रोतको संरक्षण, सम्बद्र्धन गर्दै प्रबद्र्धन गर्नसके चिकित्सा पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन सक्छ ।

चर्चित युवा सरोज मिश्र बाणिज्य संघको उपाध्यक्ष पदमा भिड्दै


जनकपुर, २० पुस । जनकपुरमा चर्चित अभियानी युवा सरोज मिश्र जनकपुर उद्योग बाणिज्य संघको आउँदो कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने निश्चित भएको छ । जनकपुरमा ससक्त तरिकाले राजनीतिक र समाजिक अयिभानमा सन्चालन गर्दै आएका युवा मिश्र स्थानीय जनकपुरमा व्यवसायी पनि सन्चालन गर्दै आएका छन् । यहि आउँदो पुस २९ गते हुन लागेको जनकपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संघर्षशील , जुझारू युवा सरोज कुमार मिश्रा सहजै जित्ने सम्भावना प्रवल रहेको छ ।
Powered by Blogger.