Wednesday, January 3, 2018

राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा प्रधानमन्त्रीसँग एमालेको आपत्ति

२० पुस, काठमाडौं । निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी-जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एमाले नेताहरुले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्ने भन्ने हल्ला सत्य हो भने त्यो ठीक नहुने बताए । राष्ट्रियसभा निर्वाचन १०/१५ दिनभित्र गर्न सकिने दाबी एमाले नेताहरुको थियो ।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गरेर तत्कालै मिति तोक्ने भन्दै यसमा बिलम्ब नगर्ने जवाफ दिए । तर, एमाले नेताहरुले भने सरकारका गतिबिधि सत्ता लम्ब्याउनेतर्फ केन्दि्रत भएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकामा हामीले आपत्ति जनायौं । नयाँ सरकार गठनको प्रक्रिया बिलम्ब हुने गरी सरकारका गतिबिधि भइरहेकोमा हामीले गम्भीर आपत्ति व्यक्त गरेका छौं ।’
बैठकमा एमाले नेताहरुले कामचलाउ सरकारले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेभन्दा पनि नियुक्ति सरुवा बढुवा र राज्यकोषबाट करोडौं रुपैया सत्ताधारीलाई बाँड्ने काम गरेको आरोप लगाएका थिए । देउवाले आफूले त्यसो नगरेको जवाफ दिएपछि आफूहरुले खानेपानी संस्थानको जिएम र पछिल्ला राजनीतिक नियुक्तिबारे प्रश्न उठाएको एमाले नेता अग्नि खरेलले बताए ।

फोरमसँग छिट्टै पार्टी एकता : राजेन्द्र महतो


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिट्टै पार्टी एकता हुने स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’
यसका साथै, उनले सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारेको छ।
महतोले मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सरकार निर्माणका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल नगरिएको दाबी गरे। नेता महतोले संविधान संशोधन भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने स्पष्ट पारे।
उनले संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने योजना उनले सुनाए।
राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ। नेता महतोले राष्ट्रपतिले अध्यादेश जारी नगर्दा मुलुकमा संवैधानिक जटिलता थपिएको तर्क समेत गरे।

चिसो बढ्यो: काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६



२० पुस, काठमाडौं । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो 
महसुस गरिएको छ ।
काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले
 जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।
काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
 उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ ।
‘काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै
 चिसो बढ्नेछ’, उनले भनिन्।  बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई 
समस्या भएको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर
 पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ ।
आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने
 बताइएको छ । आज सबैभन्दा कम जुम्लामा माइनस ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० 
डिग्री सेल्सियस छ ।

प्रदेश राजधानी माग्दै रुपन्देहीमा एक घण्टा चक्काजाम


२० पुस, बुटवल । प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गर्दै रुपन्देही कांग्रेसले एक घण्टा चक्काजाम गरेको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काजाम गरेको हो । बिहान बिद्यालय जाने र कार्यालय जाने समयमा गरिएको चक्काजामले बिद्यार्थी र कर्मचारी बढी मारमा परे ।

बुटवलको अस्पताललाइनमा आयोजित बिरोधसभामा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापती हरि लम्सालले सरकारले राजधानी रुपन्देही बाहिर लगे जनताले सिंहदरबार घेर्ने बताए । उनले थप आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
नगर सभापति खेलराज पाण्डेले बुटवलमा प्रदेश राजधानी नभएसम्म नेपाली कांग्रेस अव संघर्षको मैदानबाट नफर्किने बताए  ।
सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।
प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ  ।
सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।

Radhika Apte confirms doing a movie with this Oscar-nominated actor


While many of her peers make a lot of noise about their upcoming movies by not letting go of the spotlight and giving bytes wherever possible, Radhika Apte is one of the few actresses who would rather let her work speak about her caliber. She may not have had a glitzy Bollywood debut but she is considered as one of the most powerful actresses in Bollywood right now.
Radhika Apte has some interesting movies on hand that will come out later this year. For starters, there is PadMan that is scheduled to release this month. She is playing Akshay Kumar's wife in the movie, that also stars Sonam Kapoor. She will also be seen in Baazaar, with Saif Ali Khan and debutant Rohan Mehra, as well as in Sriram Raghavan's movie with Ayushmann Khurrana. 

However, there is one project that has not only excited the actress but will also have the same reaction with her fans, which involves an Oscar-nominated actor. In a recent interview with Mumbai Mirror, Radhika Apte revealed that she is a doing a movie with Dev Patel, the details of which she will announce soon. Dev Patel is known for starring in movies like Slumdog Millionaire, The Best Exotic Marigold Hotel and its sequel, ChappieThe Last Airbender etc. He was nominated for the Best Supporting Actor for last year's Lion.


In the same interview, Radhika Apte also spoke about working on Padman and Baazaar. She has said, "PadMan for me was a start-to-finish schedule. We stayed in Maheshwar for a month and wrapped it up with Akshay working eight hours a day which was amazing. It was all quick. With Baazaar we filmed all over Mumbai, every day we were on the move, and the film took time to complete. With big films you reach more people, that is the only difference."
She also spoke about working with two newcomers, Rohan Mehra in Baazaar and Akash Thorat (of Sairat fame) in Anurag Kashyap's Love and Lust. She said, "Rohan knows the industry since he was born. I’m sure he knows more about it than me. He’s a sincere and sweet boy and I really enjoyed working with him. He’s given so much time and effort to the film, his dedication is commendable. I haven’t seen Sairatyet, I must be the only one who hasn’t seen Akash’s film in Maharashtra, and I met him directly on set. Anurag has captured some stuff that is very Akash. He’s a young boy and a bit shy at times. Anurag has moulded the character according to his personality. I will catch Sairat soon."

Gal Gadot is guaranteed to help you beat those post-holiday blues in this sunshine yellow gown


Gal Gadot created history with her on-screen appearance as Wonder Woman. Based on the superhero comics, Gal as a superhero is what 2017 needed. With gaining global popularity and phenomenal response to her performance, it didn't take much time for Gal to become a household name. While we can't wait to see her sizzle on silver screen yet again, Gal recently walked down the red-carpet for the 29th Annual Palm Springs International Film Festival. 
While her smile was enough to win hearts, it was Gal's sunshine yellow gown by Esteban Cortazar that we can't stop gushing over. Although the dress is rather simple, it's the asymmetrical neckline with an open back that makes Gal look like a true wonder.

खर्च २५ लाख, भोट २२९


दाङ- राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।
रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । यो खर्चअनुसार निकै अस्वाभाविक देखिन्छ । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको प्रतिक्रिया नागरिकलाई दिए । ‘म मतगणना नसकिँदै निस्कें त्यसैले मेरो भोट कति भनेर मलाई नै थाहा छैन,’ उनले भने, ‘निर्वाचन कार्यालयले तथ्यांक राखेको होला ।’
उनले सबैभन्दा बढी खानपानमा खर्च भएको बताए । ‘म र मेरा प्रतिनिधिले निर्वाचन कार्यालयले दिएको खर्च विवरणसम्बन्धी फाइलमा एकएक विवरण भरेका छौं,’ उनले भने, ‘सबैभन्दा खर्च कार्यकर्ताको खानपानमा भएको छ ।’ यसैगरी सवारीसाधन प्रयोग, इन्धनलगायत चुनाव प्रचारप्रसार सामग्री निर्माणमा रकम खर्च भएको उनले बताए । ‘चुनावका हरेक चिजको व्यवस्थापनमा यति रकम खर्च भइहाल्छ नि,’ उनले भने, ‘कार्यकर्ता परिचालन, चुनावी सामग्री निर्माणमा सामान्य खर्चले कहाँ पुग्छ र ?’ उनले खर्चअनुसार मत भने प्राप्त गर्न नसकेको स्विकारे । ‘उहाँले आफ्नो चुनावी खर्च पेस गरेको विवरण नै हाम्रा लागि आधिकारिक हो,’ निर्वाचन कार्यालयका एक अधिकारीले भने ।
यो क्षेत्रबाट निर्वाचित माओवादी नेता कृष्णबहादुर महराले पेस गरेको खर्च २१ लाख २८ हजार रुपैयाँ रहेको निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका राजु खनालको चुनावी खर्च २० लाख ७० हजार ५ सय पेस भएको छ । 
यसैगरी दाङ क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमबाट निर्वाचन लडेका अशोककुमार यादवको मत पनि चुनावी खर्चको तुलनामा अस्वाभाविक देखिएको छ । चुनावमा चार लाख ३४ हजार रुपैयाँ खर्च गरेका अशोकले ५ सय ७३ मतमात्रै पाए । ‘खर्चअनुसार मैले प्राप्त गरेको मत कम नै हो,’ उनले भने ‘तर चुनाव हो, अपेक्षित मत सबैको आउँछ भन्ने हुँदैन ।’ उनले चुनाव अवधिको एक महिनामा गाडी प्रयोगमा मात्रै डेढ लाख रुपैयाँ खर्च भएको विवरण खुलाएका छन् । यसैगरी कार्यकर्ता परिचालनमा २ लाख खर्च भएको उनले बताए । ‘कार्यकर्ता परिचालन, गाडी प्रयोग तथा प्रचारप्रसार सामग्री निर्माणलगायतको खर्च ४ लाख ३४ हजार त सामान्य नै हो,’ उनले भने ।
दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी ८१ उम्मेदवार थिए । तीमध्ये हालसम्म १८ उम्मेदवारले खर्च विवरण पेस गरेका छन् । मत परिणाम घोषणा भएको ३५ दिनभित्रमा चुनावी खर्च बुझाइसक्नुपर्छ ।
खर्च विवरण बुझाउनेमा प्रतिनिधिसभातर्फ माओवादीका महरा (निर्वाचित), कांग्रेसका खनाल, एमालेका हिराचन्द्र केसी (निर्वाचित), राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका रोका र संघीय समाजवादी फोरमका यादव छन् ।
यसैगरी प्रदेशसभातर्फ एमालेका शंकर पोखरेलले पनि खर्च विवरण पेस गरेका छन् । उनले निर्वाचन आयोगले तोकेको अधिकतम सीमासम्म नै खर्च गरेका छन् । आयोगले प्रदेशसभाका लागि १५ लाख रुपैयाँ चुनावी खर्च तोकेको थियो । दाङ २ (क) बाट निर्वाचित उनले १५ लाख रुपैयाँ चुनावमा खर्च भएको विवरण बुझाएका छन् । खर्च विवरण बुझाउने प्रदेशसभा उम्मेदवारमा नयाँ शक्तिकी पद्मा बानियाँ, राष्ट्रिय जनमोर्चाका खडानन्द खनाल माओवादी केन्द्रका  इन्द्रजित थारु (निर्वाचित), एमालेका अमरबहादुर डाँगी (निर्वाचित), उत्तरकुमार ओली (निर्वाचित), रेवतीरमण शर्मा (निर्वाचित), कांग्रेसका भरतबहादुर न्यौपाने, संघीय समाजवादी फोरम नेपालका सीताराम यादव, भरतलाल चौधरी, माओवादी केन्द्रका जगप्रसाद शर्माले पनि खर्च विवरण पेस गरेका छन् ।
‘यो पुस महिनाभरि चुनावी खर्च पेस गर्ने अवधि बाँकी रहन्छ,’ निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले भने, ‘अहिले उम्मेदवार चुनावी खर्च पेस गर्न आइरहनुभएको छ ।’

चिसो हावा र सितलहरले तराईको जनजीवन कष्टकर



सर्लाही, १९ पुस । एक साता यता बढेको चिसो र सितलहरका कारण सर्लाही सहित तराईका अधिकांश क्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्ने, घाम नलाग्ने,चिसो बतास चल्ने गरेपछि तराईको जनजीवन कष्टकर भएको हो । विशेषगरी निम्न आयस्रोत भएका र विपन्न मजदुर वर्ग बढी चिसोबाट प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको मलंगवा नगरपालिका वडा नं. १० बस्ने राकेश शर्माले बताउनुभयो । चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् । आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएको चन्द्रनगर १ किसनपुरका किसान देवल महतोले जानकारी दिनुभयो । चिसोले गर्दा स्थानीय वजारहरुमा पनि मानिसहरुको चहलपहल घट्नुका साथै वृद्धवृद्धा र बालबालिका समेत चिसोका कारण प्रभावित भएका छन् । चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वास लगायतका रोगीहरु उपचारका स्थानीय स्वास्थ्य क्लिनीक तथा स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको सर्लाही अस्पताल मलंगवाका मेडिकल अधिकृत अभिनाश सिंहले बताउनु भयो । चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ भने केही विद्यालयहरुले जाडोलाई मध्यनजर गर्दै स्कल विदा समेत दिएका छन् । यस्तै बाक्लो हुस्सुकै कारण सवारी साधन चलाउन समस्या हुने गरेको, दिउसो नै हेटलाईट बालेर सवारी चलाउनु परेको हरिवन सासापुरका ट्रक चालक शम्भु न्यौपानेले बताउनु भयो । चिसोकै कारण सवारी दुर्घट्ना समेत बढेका छन् । गएको एक साताभित्र मात्रै जिल्लामा सवारी दुर्घट्नाबाट ६ जनाले ज्यान गुमाई सकेको जिल्ल ट्राफिक प्रहरी प्रमुख पाँचु चौधरीले बताउनु भयो ।

बोक्सीको आरोपमा महिलालाई कुटपिट, आमाछोरी प्रहरी नियन्त्रणमा


 कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला आज पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की रितादेवी दासलाई स्थानीयको सहयोगमा रक्तामय गरी कुटपिट गरेको हो । पुष १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतीर रितालाई गालीगलौज गर्दै उनीहरुले ‘मलाई बोक्सी लगाउंने तिमी नै हो ।’‘ आफ्नो पतिलाई पनि रोगी बनाउंने तिमी नै हो ।’ ‘मेरो घर परिवारमा रोग बसाउंने तिमी नै हो ।’ भन्दै उनीहरुले रितालाई निलमले कपाल समाती पछारेका थिए । उता, निलमकी आमा ईनरदेवीले बांसको लठ्ठी लिएर उनलाई बेसरी कुटपिट गरी रक्तामय पारेको जाहेरीमा उल्लेख छ । उनका पति सिल्टु दासले एक बर्षदेखि मधुमेह रोग लागेर औषधी लिइरहेका छन् । बोक्सीको आरोप लगाउंदै रितालाई निलम र ईनरदेवीले भूईमा पर्छार्दै घिर्सादै बांसको लठ्ठीले कुटपिट गरी नग्याएरको र जिउभरी निलडाम पारेको छ ।
कुटपिट गर्नेपक्षले विगत दूई बर्षदेखि विजुली धामी (झाक्री) लाई बोलाएर घरमा गुहाइर गर्दै आएका छन् । धामीले रितालाई बोक्सी लगाएको भन्दै गाउंमा उनीमाथी उत्पात मचाउंदै आएको छ ।
रितालाई तीन पटक बोक्सीको आरोपमा कुटपिट गर्दा गाउंमै छलफलबाट मिलाउंने गरेको थियो । यस पटक आफु निर्दोष हु भन्दै कानुनी उपचारको लागि रिताले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उजुरीका आधारमा कुटपिट गर्नेपक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि एमालेका नेता कार्यकर्ताहरुले आमाछोरी ईनर र निलमलाई थुनामुक्त गराउंन प्रहरीलाई दवाव दिएका छन् । घाईते भएकी रिता दासको उपचार लहान अस्पतालमा भएको छ भने कुटपिट गर्नेपक्षलाई थुनामुक्त गर्न कसरत भइरहेको छ । साभारः नवसंग्राम
Powered by Blogger.