Sunday, December 24, 2017
एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
काठमाडौं- सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो ।
'नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,' आदेशमा भनिएको छ।
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेकोे थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन ।
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो ।
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ ।
शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर, हवार्इ उडान प्रभावित
१० पुस, नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
तीन दिनदेखि एक्कासि चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ ।
चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।
स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ ।
चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापीबसेको देख्न सकिन्छ । नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् ।
यसैबीच, यहाँका मानवअधिकारकर्मीका संघसंस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापनपत्रमा बाँके जिल्लाका अति विपन्न परिवारलाई शीतलहरबाट जोगाउन आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।
तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ । तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत आंशिकरुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
२०७४ पुष १० गते १०:४३ मा प्रकाशित
भारतबाट फेरि प्रयोग होलान् प्रचण्ड ?
वाम गठबन्धनमा चीनको हात भए तराईमा लफडा चर्कन सक्छ
संघीय तथा प्रादेशिक निर्वाचनको परिणामपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई
थप जिम्मेवार देखाउने र नरमपना देखाउने कोसिस गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल पनि कसैप्रति आक्रामक देखिएका छैनन् । तर, दुबै दलका दोस्रो तहका नेताहरु
भावी सत्ता बाँडफाँटबारे परस्परविरोधी धारणाहरु सार्वजानिक गर्न थालिसकेका छन् ।
वास्तवमा अप्रत्यासितरुपमा सतहमा आएको वाम गठबन्धनले स्वदेशी, विदेशी सबैलाई चक्मा दिएर
नयाँ परिस्थितिको निर्माण हुन पुगेको थियो । र, यो गठबन्धनलाई नरुचाउने र यसबाट आफ्नो निहित
स्वार्थमा खतरा देख्नेहरु यसलाई छिन्नभिन्न पार्ने अभियानमा त्यही दिनदेखि लागेका छन्, जुन दिन यो गठबन्धन बन्न पुग्यो । निर्वाचनपछि दुबै दलका मझौला नेताका मतान्तरले थुप्रै आशंका जन्माइसकेको छ ।
स्थानीय तहको निर्वाचनले केही संकेत गरेको भए पनि संघीय संसद र प्रदेश सभा निर्वाचनमा
नेकपा एमालेले पाएको मत अप्रत्यासित हो । चुनावका लागि नारा वा नेता कुनै एउटा मात्र फ्याक्टरले
काम गरेको हुंदैन । दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन सत्ताधारी एकीकृत नेकपा
माओवादीसँग के थिएन ? तर, उसले अप्रत्यासित हार व्यहोर्नु परेको थियो ।
पहिलो संविधानसभा निर्वाचनपछि माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको निर्वाचित
सरकार तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई पदमुक्त गरेको प्रकरणमा ढलेपछि
राजधानीका सडकमा भारतको उग्र विरोधमा माओवादी दल उत्रँदा भारतका पूर्वराष्ट्रिय सुरक्षा
सल्लाहकार शिवशंकर मेननको माओवादीलाई ‘सवक सिकाइने’ भनाइ सार्वजनिक भएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनसम्ममा माओवादी विभाजितमात्रै भएन, अप्रत्यासित पराजयको मार
व्यहोर्न पुग्यो । त्यही भारतसँग दाहालको अहिलेको सम्बन्धको कसीमा एमाले-माओवादी
केन्द्रको गठबन्धन खरो उत्रनु अबको ठूलो चुनौति हो ।
ओलीको नेतृत्वका लागि दाहालको भारतसँगको ‘इन-आउट-इन’को सम्बन्धमात्र होइन, यो गठबन्धनबाट सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट प्रकट भएको असन्तुष्टि र नाकाबन्दीको समयदेखि नेपालभित्र शुरु गराइएको दुई राष्ट्रियताको मुद्दा अवका दिनमा पेचिलो बनेर आउन सक्छ
कसैले स्वीकार गरे पनि, नगरे पनि नेपालको आन्तरिक राजनीतिमा छिमेकी मुलुक भारत एउटा महत्वपूर्ण फ्याकटर थियो र हो । भारत पुगेर आफ्ना लागि सत्ता माग्ने र उसलाई नेपालको आन्तरिक राजनीतिमा थप सक्रिय बनाउने चाहिँ नेपाली नेताहरु नै हुन् । यसमा पनि दुबै दलका बरिष्ठ तथा मझौला तहका नेताहरुले भारतलाई सन्तुलनमा ल्याउने नाममा आन्तरिक राजनीतिका विषयमा पनि सके
उसका एजेण्डाहरुमा समर्थन गर्ने, नसके मौन बस्ने तर विरोध नगर्ने गरी ‘गुड लिष्ट’मा बस्दै आएको
तथ्य अब गोप्य छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं पनि दल तथा सत्ता स्वार्थमा पटक-पटक प्रयोग भएकै छन् । उनले दोस्रोपल्ट प्रधानमन्त्री बन्न पाउनुमा भारतको सहयोग भएको कुरा कतै छिपेको छैन ।
सो पार्टीका महासचिव कृष्णबहादुर महरा र कांग्रेस सभापति शेरबहादुर देउवाको भारतीय
मध्यस्थतामा दिल्लीमा भएको भेटपछि बाम गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी
ओलीको प्रधानमन्त्रीत्वमा बनेको आफ्नै सरकार माओवादीले ढालेको थियो । तर, प्रश्न
उठ्छ-भारतसँग लम्पसार परेको आरोप खेपिरहेका दाहालसँगको ओलीको गठजोड सजिलै कसरी
बन्न सक्यो ? केही भारतीयले आरोप लगाएजस्तो के यसमा चीनको खेलले काम गरेको छ ?
भारतीय नाकाबन्दीताका चीनबाट थोरै सहायता र धेरै ढाडस भित्र्याएका ओली र पछिल्ला दिनमा
भारतको आशीर्वाद पाएका दाहालबीचको गठबन्धनबारे उठेका आशंका र प्रश्नको यसको भरपर्दो
जवाफ यी दुईले मात्र दिन सक्छन् । उनीहरुले सत्य जवाफ नदिए समयले यसको जवाफ देला
नै । तर,राजनैतिक सिद्धान्त र नैतिक धरातलभन्दा पनि वाहिर गएर बनेको भए पनि यो
गठबन्धनलाई जनताले स्थिरताको अपेक्षाले हेर्न पुग्नुको परिणाम अहिलेको प्रत्यक्षतर्फको
अप्रत्यासित विजय हो । र, यसमा बर्षौदेखि भ्रष्टाचारको आहालमा डुब्दै आएको र निजी स्वार्थमा
मात्र केन्द्रित नेपाली कांग्रेसको मूल नेतृत्वको चरम अलोकपि्रयता पनि उत्तिकै कारक तत्व हो ।
सँगसँगै गत स्थानीय निर्वाचनमा नै एमाललेलाई देशैभरिको प्रतिस्पर्धामा मुस्किल ब्यहोरेको
नेपाली कांग्रेसका लागि सत्ता सहयात्री माओवादी केन्द्रबाट पाएको अप्रत्यासित धोका यसको
व्यक्ति केन्दि्रत नेतृत्वका लागि ठूलो अलमलको विषय बन्न पुग्यो ।
चूडामणि भट्टराई
स्थानीय निर्वाचनमा झैं माओवादी
केन्द्र र मधेसवादीसँगको तालमेल गरेर आफू
शक्तिको केन्द्रमा टिकिरहने उसको रणनीति
एकाएक धुमिल बन्न पुगेपछिको अलमलबाट
कांग्रेससँग उम्कने कुनै रणनीति थिएन र मन फाटेका कांग्रेसी नेतासँग जाँगर पनि देखिएन ।
यसै पनि महाभूकम्पपछिको अप्ठेरोमा नेपालको संविधान आफूले भनेजस्तो नबनाएको
आक्रोशस्वरुप भारतले लगाएको नाकाबन्दीको डटेर विरोध गर्न नसक्दा र सोअनुसार राष्ट्रिय
एकता बनाउनेभन्दा शरणागत हुने काम गरेयता कांग्रेसले भारत परस्तताको चर्को आरोपको उचित
जवाफ दिन सकेको छैन अहिलेसम्म ।
निर्वाचन परिणामले एमाले एक्लैलाई प्रत्यक्षतर्फ भारी मत दिए पनि एकलौटी सत्ता सञ्चालनको
सुविधा दिएको छैन । माओवादी केन्द्रसँग टाढिएर अरु दलसँग मिलेर सरकार सञ्चालन गर्ने नैतिक
बल पनि यो निर्वाचन परिणामपछि एमालेसँग रहने छैन, किनकि गठबन्धनको दीर्घजीवनको
दावीसहित जनतासँग मत मागिएको छ ।
त्यसैले विगतमा जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अबको सत्ता खेलमा पनि
तुरुपको एक्का बनेका छन् । भारतसँगको निकटतम सम्बन्धले विद्रोहको समयदेखि नै
आरोपित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पार्टीबाट अलग भएपछिको अवस्थामा आफूलाई छिमेकी
मुलुक भारतको आलोचक नभई विश्वासयोग्य सावित गर्न दाहालले आफ्नै दलसहितको ओली
सरकार ढालेका थिए र संविधान संशोधनको भारतीय एजेण्डामा सहमति जनाएका थिए । यो
पछिल्लो घटना थियो । तर, यसअघिका घटनाक्रमहरु जस्तै, रामराजाप्रसाद सिंहलाई पहिलो
राष्ट्रपतिमा समर्थन गर्ने र तत्कालीन सहयात्री गिरिजाप्रसाद कोइरालालाई स्वाभाविकरुपमा
राष्ट्रपति हुनेबाटो छेक्ने काम भारतीय एजेन्सीकै ‘मित्रहरु’को सल्लाहमा प्रचण्डबाटै भएको
त्यसबेला छताछुल्ल भएकै हो ।
भारतले जे भन्यो त्यही नमानेकोमा राजनीतिक चक्रव्युहको शिकार भएका थिए गिरिजाप्रसाद
कोइराला त्यसबेला । तर, कटवाल प्रकरणमा आइपुग्दा दाहाल र भारतबीचको सम्बन्ध अत्यन्त तिक्त
बन्न पुग्यो । त्यसपछि उनले नै भारतलाई नेपाली राजनीतिको ‘प्रभु’ भन्ने उपाधि दिएर आक्रोश
व्यक्त गरे । दाहालको भारतसँगको ‘अन एण्ड अफ’ सम्बन्धमा अधिकांश समय उनी नै प्रयोग भएका
छन् ।
जनताले पत्याए भारतसँग अड्न सक्ने आँट दोस्रो संविधानसभा निर्वाचनताका दाहालमा देखिन्थ्यो,
तर पराजयपूर्ण नतिजायताका घटनाक्रमहरुले उनी सो पक्षसँग निकटतम बन्दै आएका छन् ।
संविधान जारी गर्दा आन्तरिक राजनीतिका कारण कांग्रेससहित सबै दल एक ठाउँंमा आउनुपर्ने
त्यसबेलाको वाध्यात्मक अवस्था थियो र एमाले अध्यक्ष ओलीले भारतको सम्पूर्ण दबावको सामना
गरेर अरुका लागि सहज बनाइदिएकै हुन् । ‘ओलीलाई मनाउनुस्, हामीलाई आपत्ति छैन’ भन्नलाई
मौका मिलेको थियो ।
अर्थात् पछिल्ला बर्षका राजनीतिक उतार-चढावलाई अध्ययन गर्ने हो भने ओलीले जहाँ प्रहार गर्दै राजनीतिको मियो समातेका छन्, त्यहीँ दाहालको निकटता देखिँदै आएको छ ।
ओलीको नेतृत्वका लागि दाहालको भारतसँगको ‘इन-आउट-इन’को सम्बन्धमात्र होइन, यो
गठबन्धनबाट सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट प्रकट भएको असन्तुष्टि र
नाकाबन्दीको समयदेखि नेपालभित्र शुरु गराइएको दुई राष्ट्रियताको मुद्दा अवका दिनमा पेचिलो बनेर
आउन सक्छ ।
उता, बेल्ट एण्ड रोड इनिसिएटिभ नामक महत्वाकांक्षी परियोजनामार्फत आफ्नो छिमेक र युरोपसम्म
पनि सहजरुपमा पुग्ने नीति लिएर शासनमा उदाएका चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई
दक्षिण एशियाको प्रवेशद्वार बनाउने अवधारणा सार्वजानिक गसिकेका छन् । यसपछि नेपालमा
चिनियाँ गतिविधिमा ह्वात्तै बृद्धि भएको सन्दर्भसँग वाम गठबन्धनको जग साँच्चि नै जोडिन पुग्यो भने
त्यसले परम्परागत शक्ति भारतको आक्रोश अझ थपिने छ । उसका लागि यो सैह्य हुँदैन ।
किनकि, संविधान निर्माणमा आफूले भनेको नमानेकै आधारमा नाकाबन्दीजस्तो अमानवीय हर्कतमा
भारत उत्रिएको धेरै भएको छैन । र, त्यसको परिणाम नेपालप्रति चर्को असहयोग र तराईमा
हिंसाजन्य घटनाहरुमार्फत प्रकट हुन सक्छ ।
आफ्नो मुलुकमा अनेकौं पहिचानलाई एउटै राष्ट्रियतामा परिभाषित गरेर हिँडेको भारत नेपालमा
भने मधेसलाई छुट्टै राष्ट्रियताको वकालतलाई सहयोग गरिरहेको छ । संविधान निर्माणमा उसको
मूल असन्तुष्टि पनि यही नै हो जसलाई राजपाका नेता महन्थ ठाकुरले चर्काउँदै लगेका छन् ।
यसपल्टको चुनावमा मधेस छुट्टै राष्ट्रको आफ्नो नारालाई ठाकुरले एउटा प्रमुख मुद्दा बनाएका थिए ।
विगतमा भारतले नरुचाएको व्यक्ति प्रधानमन्त्री बन्दा तराईमा हत्या, हिंसा र राजमार्ग अवरोधका
अनेकौं घटना भएका थिए । भारतीय संरक्षणमा भएका ती घटनाहरुले तराई भूमिलाई असुरक्षित
मात्रै बनाएको थिएन, त्यहाँको सामाजिक सदभावलाई पनि तहस-नहस पारेको थियो, जसको परिणाम
धेरै नेपाली नागरिकले त्यहाँको आफ्नो सम्पत्ति आफ्नो भन्न पाएका थिएनन् र अति कम मूल्यमा
बेचेर लाखापाखा लाग्नु परेको थियो ।
वास्तवमै बाम गठबन्धनमा चीनको हात रहेछ भने अब तराईमा लफडा यति धेरै चर्कन सक्छ कि
त्यसले केन्द्रको गणितलाई अत्यन्त कमजोर बनाउनेछ । र, तराईको समस्यामा पश्चिमा राष्ट्रहरुले
समेत नेपाल सरकारलाई साथ दिने छैनन् मात्र होइन, अन्तर्राष्ट्रिय फोरमहरुमा तराईको
मानवअधिकार आदिका नाममा नेपाल सरकारविरुद्धको मोर्चाबन्दी कसिँदै जाने खतरा रहन्छ ।
नयाँ सरकार नबन्दै बहुमतप्राप्त गठबन्धनका प्रमुख नेताको हैसियतमा ओलीले चीनसँगको
सीमानाका रसुवागढी पुगेर दिएको विकासको नाराले भारत र चीनप्रति चनाखो रहने अन्य
शक्तिहरुलाई समेत थप झस्का दिएको छ ।
आखिर जसको प्रभावमा बनेको भए पनि बाम गठबन्धनले जनअनुमोदन प्राप्त गरिसकेको छ ।
त्यसैले स्पष्ट जनादेश पाएको नेताका हैसियतले ओली र दाहाल दुबैलाई यो वा त्यो पक्षमा
लागेर गठबन्धन तोडेर मुलुकलाई अस्थिर बनाउन गैरजिम्मेवारीपूर्ण खेल खेल्ने सुविधा प्राप्त छैन ।
यी दुबैका लागि ठूला चुनौति भनेकै आफू-आफैं र आ-आफ्नो संलग्नता हो । त्यसैले यी दुईको एकता
जति शंकास्पद बनेको थियो, विभाजन (यदि भयो भने) त्यति नै खतरनाक बन्छ मुलुकका लागि ।
यसै पनि पराजित महसुस गरेको भारतीय नेतृत्व ओली र दाहाल नेतृत्वभित्रैका पुराना मित्रहरुमार्फत
अझ बढी हस्तक्षेपकारी भएर प्रकट हुने अर्को खतरालाई कम आँक्नु पनि मूर्खताबाहेक केही होइन ।
तर, फेरि पनि प्रश्न भारतको सहयोगमा प्रधानमन्त्री बनेर स्थानीय निकायको निर्वाचन गराएका
पुष्पकमल दाहाल प्रचण्डलाई कुन त्यस्तो ब्रह्मज्ञान एक्कासी प्राप्त भयो, जसले सबै राजनीतिक
दर्शन, पद्दतिलाई छाडेर कडा आलोचक ओलीसँगको सहकार्यका लागि सहमत हुने अवस्थामा पुर्यायो ? र, आफूलाई मानसिकरुपमा असक्षम भएको आरोप लगाएर बक्तव्य जारी गर्ने दाहालसँग एकता नै गर्ने
गरी अकस्मातको निर्णय गर्न ओली कसरी तयार भए ? भन्ने नै मुख्य हो ।
के यसमा कुनै न कुनैरुपमा भारत छैन ? यसको उत्तरले नै आगामी दिनको स्थिरतालाई पनि
सम्बोधन गर्छ । त्यसैले केही वर्षयताका घटनाक्रमहरुमा दाहालको भूमिकालाई हेर्दा एमालेसँगको
गठबन्धन आश्चर्यजनक नै हो । यो विरोधाभाषका बीचमा यति छोटो अवधिमै उनी फेरि
भारतीय ब्युरोक्रेशीको चंगुलभित्रबाट बाहिरिएकै हुन् त ? यो प्रश्नको जवाफ पाउन अबका
राजनीतिक घटनाक्रमलाई कुर्नुको विकल्प छैन ।
के राष्ट्रिय स्वार्थको अडान लिएर स्वदेशभित्र पपुलर बनेका ओलीलाई सबक सिकाउने भारतीय
चाहानामा दाहाल एक सहयोगी पात्र बन्लान् ? निर्वाचनमा प्राप्त जनमतको बाध्यात्मक परिपालना
ओलीका लागिमात्र होइन, दाहालका लागि पनि हो । अब यो नैतिक राजनीतिक बन्धन हो ।

प्रदेश नं. २ को राजधानी बिरगंज मांग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
प्रदेश नम्बर २ को राजधानी विरगंज हुनुपर्ने भन्दै केही दिनदेखी र्याली र धर्नाप्रर्दशन गर्दै आएका नेपाली काँग्रेस र बामगठबन्धनका नेताकार्यकर्ताहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बारा कलैया मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी मार्फत ज्ञापनपत्र बुझाई प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकष्र्ण गराएका हुन् ।
ज्ञापनपत्रमा प्रदेश नं. २ को राजधानी बिरगंज र प्रदेशको नाम सिम्रौणगढ हुनुपर्ने मांग गरिएको छ । मांगलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनको चेतावनी पनि दिइएको छ ।
ज्ञापनपत्र बुझाउन दरुणदल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा युवा संघ नेपालका के.स.स. धुर्वप्रसाद यादव, मोओवादी केन्द्रका केन्द्रिय सदस्य मुकेश साह, युवा संघबारा पुरोषोत्तम गुप्ता लगायतका पुगेका थिए ।
प्रदेश नं. २ मा मधेशी गठबन्धन दल संघिय समाजावादी फोरम नेपाल र राजपा नेपालको सरकार बन्ने पक्का भए पछि प्रदेशको राजधानी कहाँ हुने बिबादले बिरगंज र कलैयामा र्याली प्रर्दशन हुदैछ ।
ज्ञापनपत्र
अध्यादेश रोकेको भन्दै राष्ट्रपति बिरुद्ध नेबिसंघ सडकमा
राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।
‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाउँदै
नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको अरोप लगाएका छन् ।
बिरगंजलाई प्रादेशिक राजधानी बनाउँन मांग गर्दै कलैयामा प्रर्दशन
प्रदेश नं. २ को राजधानी बिरगंज बनाउँन मांग गर्दै शनिबार बिहान कलैयाको भरत चौकमा टायर बाली प्रर्दशन गरिएको छ ।
प्रदेश नं. २ को राजधानी जनकपुर बन्नबाट कसैले रोक्न नसक्ने : राजेन्द्र महतो
प्रदेश नं. २ को राजधानी जनकपुर बन्ने कि वीरगञ्ज हल्ला चलिरहेको बेलामा नव निर्वाचित साँसद राजेन्द्र महतोले राजनीतिक किसिमले प्रदेश नं. २ को राजधानी जनकपुर बन्नबाट कसैले रोक्न नसक्ने दावी गरेका छन ।
जनकपुर उद्योग वाणिज्य संघद्वारा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उनले आर्थिक रुपमा वीरगञ्ज नै राजधानी रहेको भन्दै राजनीतिक रुपमा प्रदेश नं. २ को राजधानी जनकपुर नै रह्ने जिकिर गरेका छन् ।
उनले जनकपुर राजधानी बनेपछि यहाँको व्यापारी वर्गमा आर्थिक क्रान्ति बताएका छन् । जउवा संघका अध्यक्ष शिवशकर साह हिराको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा साँसद महतोले प्रदेश नं. २ मा अब विधिको शासन चल्ने र तानाशाहको अन्त्य हुने बताएका छन् ।
धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित महतो र ३ को ख बाट निर्वाचित परमेश्वर साहलाई दोसल्ला ओढाएर जउवा संघले सम्मान गरेका छन् ।

त्यस्तै मधेश समाज कल्याण केन्द्रले पनि शुक्रवार नवनिर्वाचितहरुलाई सम्मान गरेका छन् ।
केन्द्रका अध्यक्ष सरिता शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नवनिर्वाचित साँसद महतो,प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साहलाई सम्मानित गरेका छन् ।